सुरेशकुमार पाण्डे–नेपाली काग्रेसले प्रधानमन्त्री पायो, एमालेले प्रधानमन्त्री पायो, एमाओवादीले पनि प...
अदालतले बिस्फोट पुष्टि भएन, घरमा बम बिस्फोट भएको होइन, मृतकहरूलाई ईटाभट्टामा हालेर मारेको पुष्टि भएन...
जेठ १५ गतेदेखि राजतन्त्र र हिन्दुवादीले सडक बिद्रोह गरिरहेका छन् । उनीहरूले संवैधानिक राजतन्त्रसहितक...
बीपी कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेसले ०६३ सालपछि लय बिर्सेको छ । सिद्धान्त, चरित्र, नीति, न...
नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले सरकार किसानप्रति गैरजिम्मेवार बनेको भन्दै आन्दोलनको चेतावन...
Ty McCormick and Isabel Kua------------US Secretary of Defense Pete Hegseth was talking at an annual...
President Donald Trump's administration has sought to ramp up deportations and revoke student visas ...
नेपाल सरकारका अर्थमन्त्रीले आर्थिक वर्ष २०८२र०८३ को बजेटमा एक लाइन बोले — ूलैङ्गिक तथा यौनिक अल्पसंख...
राप्रपाको आज बिहान बसेको संसदीय दलको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ...
सप्तकोशि नदिमा बेपत्ता गोताखोरको शुक्रबार बिहानै बाट खोजी कार्य शुरु भएको छ । सप्तरी,...
सरकारले निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम मागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त...
काठमाडौं महानगरपालिकाले ‘वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सञ्चालनमा ल्याएको छ । महानगर क्षेत्रभित्र ...
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा २०८२ जेठ २३ गते, शुक्रबार बिहा...
बाढीको सम्भावित जोखिम रहेकाे ९ जिल्लामा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको ...
देशभरिका स्थानीय तहका उपप्रमुख र कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्षको राष्ट्रिय सम्मेलन आजदेख...
वैदेशिक राेजगारिका लागि संयुक्त अरब इमिरेट्स (युएइ) जाने कामदारका लागि न्यूनतम तलब एक हजार दिराम निर...
अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र हङकङ बराबारीमा राेकिएकाे छ । हिँजाे साँझ भएकाे खेलमा न...
Because of the increasing competition from other major trading blocs, the 27-member European bloc fi...
Seventy-five years ago, a war broke out on the Korean peninsula. At the instigation of the US, the R...
सर्वाधिक चासो - भरतपुरको मेयर को ? चितवन । भरतपुर नगरपालिकाको मेयरमा देवी ज्ञ...
What is stupidity? If one were to define it beyond the confines of cognitive disability or mere igno...
LET US MARCH TOWARDS THE FUTURE AS A POWERFUL COUNTRY UNDER THE UNFURLED FLAG OF THE KOREAN CHILDREN...
काठमाडौ । कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने ब्यबस्था छ । कसैले कुनै गल्ती गर्य...
कुकर्मलाई रोक्न अब बलियो सिमाना रेखिनुपर्छ
आफूले गरेको कर्मको फल सामुन्नेमा देखिनुपर्छ,
भुइँ मान्छे हुँ सधैँभरि, म धुलोसँगै रमाइ रहन्छु
भन्दिनँ म इतिहासमा कतै, मेरो नाम लेखिनुपर्छ।
कसैलाई अन्याय कसैलाई घात गरेको छैन मैले
फूलमाथि बसी बाटोमा काँडा छरेको छैन मैले
थाहा छैन तिमी फूल सोच्छौ कि काँडा मलाई
कसैको सामु यो शिर झुकाउनु परेको छैन मैले ।
सत्ताको कमान खुस्क्यो, खुडाको धार हाँस्यो
नेताको कमान खुस्क्यो, सत्ताको सार हाँस्यो
लाशमाथि उभिएकाले लोकलाई लाश बनाए
विधिको कमान खुस्क्यो, विणाको तार हाँस्यो ।
देशभक्तिको मिठो गीत,गाउन अब भाका बनाउँ
धनी गरीब समेटिने निश्पक्षको ,खाका बनाउँ
कार्यकर्ता बन्न छोडी,नेपाली जनता भएर अब
भ्रष्टलाई देश निकाला ,गर्ने एउटा नाका बनाउँ ।
सोच्दैनौं आफ्नु तिमीलाई सम्झेर रोएँ
बोलेनन् तिम्रा बात नगर्ने तस्बिर छोएर रोएँ
गयौ टाढा फर्केर नहेरी नचिनेको झै गरी
मेटिएन माया कसैगरी आँसुले धोएर रोएँ ।
के गल्ती भयो प्रिय के कारणले दुखायौ त्यो मन
किन भित्रभित्रै एक्लै आफै जलेर सुकायौ त्यो मन
न जान्न सके दुख न मलम लाउनै सके तिम्रो घाउमा
छोड्यौ साथ मायाको किन हारले झुकायौ त्यो मन ।
– दुर्गाकिरण तिवारी
फेसबुके ठुटेनेता वाद विवादमा दिन काट्छन्
उता ठूला नेताहरू भित्र भित्रै कुर्सी साट्छन्
के देलान् र के नै पाउँला भन्नेलाई गाह्रो हजुर
पद पाउने आसले होला तिनकै तलुवा चाट्छन् ।
– विद्या भण्डारी
भेट्न मन लाछ बरै बैरीहरूको डर
मनको कुरा खोल्नु थियो भयौ परपर
तिम्रो मुहारको पीडा पढ्छु हुन्छ गारो
हुन मन छ माटो र ढुङ्गा झैं भर ।
– लीला दाहाल
सडकमा वाल–वालिका धुलो खेल्दै रम्छन्
अधिकारको कुरा गर्ने तारे होटल जम्छन्
चप्पल उठाई सेल्फी खिच्ने निर्दोष यी देख्दा
टिठ लाग्छ सरकारमा बस्नेहरू नारामा गम्छन् ।
– अम्बिका अधिकारी
गर्भमै हत्या हुन्छ आमा धर्तिमा कसरी आउनु
आफन्तकै कुदृष्टि पर्छ आमा सुरक्षा कहाँ पाउनु
अब त मलाई जन्माउन संघर्ष नगर है आमा
आफन्तबाटै लुटिएकी मैले निसाफ कहाँ पाउनु ?
– देवी काफ्ले
न घर घर जस्तो लाग्छ
न सहर सहर जस्तो लाग्छ
हिजो हरियाली लाग्ने सबै ठाउँ
आमा तिमी बिना बगर जस्तो लाग्छ
– विकास कठेत समर्पण
उसैले डर जन्माउँछ मान्छे आफैले मान्छ पिर
छट्पटी हुन्छ बिरामी पर्छ सुकेर ज्यान झिर
उसैले रच्छ झाँक्री र लागो, मसान उसकै मन
फर्केर फेरि सुल्टरी हेर बिग्रेको कता तिर ।
– गुरुदत्त ज्ञवाली
Despite being rich in natural resources, spiritually abundant, and culturally vibrant, why is Nepal ...
नेपालका लागि विभिन्न ५ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदा...
चीनले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई निम्त्यायो, उच्च सम्मान र सन्देश पनि दिएको छ । चिनियाँ उपरा...
Rulers and decision makers must deter aggression and a calculated pursuit of violence in today's wor...
NEW YORK, NY— In a solemn ceremony that bridged continents and histories of shared grief, an all-par...
Urgent transition from fossil fuels needed to avoid glacier tipping pointsDUSHANBE, TAJIKISTAN, Thur...
आज न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपाल भ्रमणमा आउँदैछन् । नेप...
Senator Mushahid Hussain Sayed, Chairman- Pakistan-China Institute Lenin once said that t...
विकासको कथा कथामात्र भयो
राजन कार्की
विकासको कथाले गति पायो भने समृद्धि आउने हो । जब विकासको कथा कथामात्र बन्छ, भाषणमा सिमित हुन्छ, त्यतिबेला समृद्धि सपनाको खेती हुन्छ । आकासको भर पर्ने किसानले पनि बेला बेलामा पर्ने झरीबाट लाभ लिन्छ र खेतीकिसानीलाई गति दिन्छ । त्यसैको परिणाम हो, आत्मनिर्भरतामा आउने गति, आश्वस्तता र जीवन धान्न सकिने आशा । अनि विश्वास । तर, विकासको कथा भन्ने बाचकहरूले जनमत संग्रहताका विकासको कुरा गरे, जनमतमा हार्नासाथ विकासको कथालाई गति दिन सकेनन् । ०४६ सालको आन्दोलनमा पनि विकास, शान्ति, समृद्धिका अनेक कथाहरू सुनाइयो । कथाबाचकहरू सक्षम थिए, जनताले कथा सुने, विश्वास गरे, समर्थन गरे, फलतः परिवर्तन आयो । परिवर्तन आउनु के थियो, कालारात्रि सुरू भयो । शुभरात्रि देश र जनताले देख्नै पाएनन् ।
यही समय थियो, आमूल परिवर्तन, सर्वहाराको सत्ताका लागि जनयुद्ध सुरू भएको थियो । १० वर्षे जनयुद्धका बेलामा अनेक कथा हालियो । समानताका, सर्वहाराको शक्ति र सत्ताको कुरा भयो । जसले जे चाहन्छ, उसैको हुने सपना देखाइयो । यही समयमा हुनुसम्मको अन्याय भयो । द्वन्द्वमा १७ हजार मारियो । जनयुद्धका नेता प्रचण्डले टुडिखेलमा उभिएर भने म ५ हजारको जिम्मा लिन्छ । हालैमात्र जनयुद्धकारी डा.बाबुराम भट्टराईले भने– विश्वमा भएको सत्ता परिवर्तनमा लाखौं मारिएका छन्, नेपालमा त १७ हजारमात्र मारिएका हुन् । बाबुरामले यो अभिव्यक्ति द्वन्द्वपीडितकै सामुन्ने बोलेपछि पीडितले आक्रोशित भएर अरू मारिनुपथ्र्यो भनेपछि बाबुरामले भाग्नुप¥यो । यतिबेला देशदर्शनमा गएका प्रचण्डले देशै माओवादी बन्न लागेकोमा खुशी व्यक्त गर्दै ०८४ को चुनावमा माओवादीमात्र देखिने दावी गरेका छन् । जबकि ६ महिनामा गर्ने भनिएको संक्रमणकालीन न्याय सम्पादन गर्न ३ पल्ट प्रधानमन्त्री बनिसकेका प्रचण्ड, प्रधानमन्त्री बनिसकेका बाबुरामले माखो पनि मार्न सकेनन् । बेपत्ता र मारिएका व्यक्तिका परिवारजन न्याय न्या भनेर चिच्याइरहेका छन् । न्याय दिने कसले हो ? कोही बोल्न तैयार छैनन् । बनाइएका आयोगहरू पनि राजनीतिक भागबण्डा र स्वार्थमा आधारित भएपछि पीडितहरू पीडामा देखिन्छन् । ०४६ को परिवर्तनपछि जो नेता सत्तामा पुगेका थिए, ०८२ मा पनि तिनै नेताहरू सत्ता, संसद, शक्ति, राजनीतिमा छन् । तिनले सुनाउने कथा उस्तै छ । कथाले सपनामात्र माग्छ सधैं । यिनीहरू सपना सुनाएर जनताको आँखामा छारोमात्र हाल्ने हो ? संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनतामा नैराश्यता छ । आक्रोश छ । यो पद्धतिले अवस्था बदल्न सक्दैन भन्ने प्रतिक्रिया छ । तर कथाबाचक बनेका नेताहरू भन्छन्– हिजो बोल्न पाइन्थ्यो ? आज बोल्न पाएको गणतन्त्रले गर्दा हो । जनतामा यो पद्धतिले के दियो ? भन्ने प्रश्न छ । यो जटिल प्रश्नको सादा उत्तर दिन्छन् नेताहरू– आज बोल्न पाइन्छ, यो पद्धतिले बोल्न दिएको छ ।
जनताको प्रश्न हो, जनजीवनमा राष्ट्रियताका सवालमा यो पद्धतिको उपलब्धि के भयो ? भन्ने हो । यो पद्धतिले दिएका भनको घरघरका युवाहरूलाई निकासी गरेको छ र तिनले पठाएको रेमिटान्समा भ्रष्टाचार यिनैले गरेका छन् । युवाहरू निकासी हुनका लागि पनि सडक, प्रशासन, एयरपोर्टसम्मै घूस खुवाउनु पर्छ । विदेश गएपछि कति बाँच्छन्, कति मर्छन, उडेर गएका कति विदेशी जेलमा छन्, कति बाकसमा फर्कन्छन्, कति अभरमा परेका छन्, राज्यले कहिले खोजखबर नै गर्दैन । शासन प्रशासन, यो पद्धति भनेको बोल्न पाइनेमात्र हो । बोल्न दिएको कथा हालेर यो पद्धतिका सञ्चालकहरूले नयाँ भ्रम सिर्जना गरिरहेका छन् । जेठ १५ गते गणतन्त्र दिवस मनाउने क्रममा पनि यिनै नेताले बोल्न पाइन्छ भन्ने कथा हाल्नेछन् । गणतन्त्र दिवसमा गण कहीँ देखिएको थिएन, देखिन्न पनि । तर स्कूलका बालबालिका, माष्टर, कर्मचारी, प्रहरी, सेनालाई उर्दी लगाएर, कवाज खेलाएर, हेलिकोप्टरबाट फूल वर्षा गराएर यसपटक पनि गणतन्त्र दिवस मनाइनेछ । टुडिखेलबाट सत्ताका कथाबाचकहरूले सुनाउने कथा दिनदिनै घोचक बन्दै गएको छ । पद्धति परिवर्तनका बेला जुन रोचक कथा सुनाइएका थिए, ती रोचकताको अन्त्य भइसकेको छ । सडकमा देखिएको सबै खाले तह र तप्काका जनआक्रोश, आन्दोलन, विद्रोह देख्दा लाग्छ, यो पद्धति, कथाबाचकका कथाकै अन्त्य हुने त होइन ? चेतना खोई ?
२७ खर्ब ऋण, १२ खर्ब बेरूजु, १८ खर्बको बजेट, १७ खर्बको व्यापार घाटा, अर्थतन्त्र निर्जिव भएको लामो समय...
समाधिमा मेरा दुई हात बाहिर निकालेर राखिदिनु ताकि मानिसहरूले देख्न सकुन् की यत्रो ...
तीन ठूला नेता ओली, देउवा र प्रचण्डवीच लुटतन्त्र बचाउने र गणतन्त्र जोगाउने सहमति भएको छ र जनताले अस्व...