
ओहो, सज्जनको बाटै अबरूद्ध छ
यहाँ फटाह नै फटाह बिरूद्ध छ
धेरै भयो हाम्रो प्यारो बुद्धभूमिमा
मरणासन्न अवस्थामा बुद्ध छ ।
यो समय सबैभन्दा भ्रष्ट सावित भयो
यो समय सबैभन्दा असक्षम सावित भयो
इतिहासमै कलङ्कको कालो टिका लगायौ सरकार
यो समय सबैभन्दा नालायक सावित भयो ।

झुक्न हुन्न सगरमाथा झैं अग्लिएका शीरहरू
सम्याउँदै लानुपर्छ हामीले असहमतिका भीरहरू
समयमै समझदारी, बिबेक र बुद्धि पु¥याएर
फर्काउँदै आफ पट्टि पनि जिम्मेवारीका तीरहरू ।

पहिलो भेटमा अलिकति लजाएकी थिईन्
मेरो मायाँ मन मुटुमा सजाएकी थिईन्
नियालेर हेरूरहुँ लाग्ने सधैं उनकै प्रतिबिम्ब
दौडिरहेको यो मनलाई कजाएकी थिईन् ।

तिमीलाई आस्वासनका लड्डु बाँड्ने यी हात
पाँच बर्ष पलेंटी कसेर खाइयो बियर र भात
जो सुकैले जति सुकै लडिबुडी गर, मरे मर
राजनीतिमा कमिसन जति खाएनि जांदैन जात ।

नचाहँदा नचाहँदै सत्यको जितको दिन आउनेछ
प्रतिक्षाको घडिपछि रङ्गीन सपना आफै धाउनेछ
बाहिरी आवरण रङ्गाउने हैन भित्री मन रङ्गाउन सिक
अनि मानवलाई मानव नठान्नेले पनि ज्ञान पाउनेछ ।

जमिन हेरेर हाँगो समाउन सिके
मन मुटु छामेर हक जमाउन सिके
सहज अर्थपूर्ण जिवन जिउनलाई
जहा म छु जस्तो छु रमाउन सिके !
कसैलाई लाग्छ प्रजातन्त्र धरापमा छ
कसैलाई लाग्छ गणतन्त्र धरापमा छ
ए हजुर ! राजनीतिको चश्मा फ्याँकेर
हेर्नुहोस् हाम्रो राष्ट्र नेपाल धरापमा छ ।
– कृष्णबहादुर थापा
नया आयाम बसन्तको आउदैछ हेर
प्रकृतिमा हरियाली छाउदैछ हेर
कोइलीले गला तिखार्दैछ मौका छोपी
तिनले मधुर स्वरमा गाउदै छ हेर ।
– गंगा लिगल
न त कसैले किलोमा सजाउँछ अब त
न त कसैले पर्वमा बजाउँछ अब त
खरी झरेको मादल जस्तै भो जिन्दगी
सुकीर्ति छ भन्न पनि लजाउँछ अब त ।
– अरुण कुमार भुजेल
प्रेम र अहिंसाबाट नै मानवताको विकास हुन्छ
प्रत्येक जीवजन्तु प्राणीमा भगवानको बास हुन्छ
एउटै मन एउटै आत्मा बाँच्ने रहर पनि उस्तै
तर पनि जीवजन्तु स्वाद कै लागि गास हुन्छ ।

निन्द्रा आउँदैन रात ढल्दैछ म के गरूँ ?
आगो बल्दैन जीवन जल्दैछ म के गरूँ ?
तप्प तप्प चुहिने कर्कलाको पानीजस्तै
सम्झनाको ऐठनले छल्दैछ म के गरूँ ?


एकछाक छोड्नु मृत्युको खवर सुन्दा
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।
– विद्या भण्डारी

अत्याचारको परकाष्ठा रोकिएको छैन
कानूनमा लेखियो ब्यावहारमा तोकिएको छैन
दिनहु नाबालिकाका शरीर काटकुट पारेका छन्
यौनप्यास मेटाउनेलाई कोर्रा ठोकिएको छैन ।
मूल्यवान समय, शरीर व्यर्थकिया बदलते रिश्तेनातों में,
नही आना था, आ गया पागल चिकनी चुपडीÞ बातों मे,
चोट लग ही जाती हैं, प्रीत काँचकी दुनिया से लगाने में,
कचोटता है घाव फिर हरदम अन्दर काली घनी रातोंँ मे
– इन्दु तोदी
दुई दिने जिन्दगीको आशा कहिल्य मार्ने छैन
यो जीवनका गाढा सपना कुहिरोमा पार्ने छैन
आज नभएनी भोलि गर्नेछु अल्झेर सपनासँगै
संघर्षमा हिडिरहनु छ हिम्मत कहिल्य हार्ने छैन ।
– अर्जुन अधिकारी

सम्बन्धको गाँठो फुक्न सजिलो, कस्न गाह्रो हुँदोरैछ
बानी नभए पछि अरूको चिल्लो, घस्न गाह्रो हुँदोरैछ
उद्देश्य थियो बाँडीचुँडी खाएर मिलिजुली बसौं भन्ने,
बैगुनीहरूको नियतसँग मिलेर बस्न गाह्रो हुँदोरैछ ।
वसन्तमा झैँ आनन्द शिशिरमा आउँदैन
चराचुरूङ्गीले पनि सुमुधुर गीत गाउँदैन
परिवर्तन प्रकृतिको अकाट्य नियम हो
कसैले सधैँभरि एकैनासे रहन पाउँदैन ।
– अरूण कुमार भुजेल

हृदयको बगैँचामा ढकमक्क फूलहरू फुलेसरि
भमराहरू खुशी खुशी फूलबारीमा झुलेसरि
कहिले लाग्छ यो जिन्दगी छरिएको बतास झैं
संसार हेर्ने रहर बोकी मनै मनले डुलेसरि ।
जसलाई जति बिश्वास गरे पनि पाउने घातै रहेछ
जति आफ्नै ठानी साथ दिएनी छुट्टाउने बातै रहेछ
आफन्तको भेषमा आउने धुर्त स्याल छ जताततै
मजबुत सम्वन्धलाई धागो जस्तै छिनाउने नातै रहेछ

सम्बन्धको गाँठो फुक्न सजिलो, कस्न गाह्रो हुँदोरैछ
बानी नभए पछि अरूको चिल्लो, घस्न गाह्रो हुँदोरैछ
उद्देश्य थियो बाँडीचुँडी खाएर मिलिजुली बसौं भन्ने,
बैगुनीहरूको नियतसँग मिलेर बस्न गाह्रो हुँदोरैछ ।