Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

साहित्य

म आजभोलि भुइँमा छरपस्ट छिरोलिएको छु
तातो खरानीको काँचो पात झैँ पिरोलिएको छु
अलमलमा छु खासै गन्तब्य भेट्याउन नसकेर,
दो मन भएर कुईनेटो र घुम्तीमा बिरोलिएको छु  

       – शंकर ज्ञवाली

अनि पो चिनिन्छ मान्छे व्यवहार हेरेर
गर्न छोडिदिनुहोस् संगत अनुहार हेरेर
धेरै कुरा त आफैले भोगेर सिक्नु पर्छ
केही कुरा  सिक्नु होस् संसार हेरेर !

       – अर्जुन अधिकारी

एउटा मच्छ्ड सदा मेरै आसपास घुमिरहन्छ
कराउँछ चिची गरि अनि  कानमा घुसिरहन्छ
गर्दिन वास्ता कसै भन्दा पनि आइ मेरै समीप 
खान्छ मेरै दिमाग अनि मासु मेरै लुछिरहन्छ ।

       – दुर्गाकिरण तिवारी

Image

घाउ दिनेले मलहम दिनुको के अर्थ 
दिदै नदिनेले कम दिनुको के अर्थ 
जिब्रो थुतेर बोल्न लगाएजस्तो गरी
निब भाँचेर कलम दिनुको के अर्थ ।

u vetkathmandu
Image

नसोध्नुस् खै के  दियो  गणतन्त्रले 
हिजोको वाचा बिर्सियो गणतन्त्रले ।
कसैलाई गज्जवको जागिर  दियो
कसैलाई शत्रु सम्झियो गणतन्त्रले ।

u vetkathmandu

तुम हर बक्त कहते हो ‘हम सैनिक  बल  से जीते हैं’
दूर से ही कोई बोलता है ‘हम नैतिक बल से जीते हैं,
दुनिया का हर इंसान आवाज  बुलन्द कर कहता  है–
‘सत्यमेव जयते’ मन्त्रद्वारा ही  वैदिक बल से जीते हैं

– केशवराज आमोदि

मिल्दैन तिमीसँग साथ भनी छोड्यो उसैले
आफ्नो औकात आफैले बोल्यो उसैले
तिम्रो अहंकारवादी चिन्तन देख्छन् सबैले
आफ्नै आनीबानीको पोल खोल्यो उसैले ।

    – देवकी तिमिल्सिना समीक्षा

आउँदो रहेछ समय समयमा उडाइ लैजाने हुरी
कसैले ममात्र हो भनि नगरे हुन्छ धेरै चुरीफुरी
समयसँगै बडारबुडुर हुने रहेछ सबथोक यहाँ
यसो गर्ने जेन्जीलाई धन्यवाद दिउँ मुरीका मुरी

                – पवनकुमार बुढाथोकी

Image

ती नजरमा मेरै निम्ति उर्लिएको प्यार देखें
दुनियाँमा अरूको भन्दा फरक आफ्नो यार देखें
मायाँबिना वसन्ती मरूस्थल झैं उजाड हुन्छ
तिमीमा नै मैले मेरो जिन्दगीको सार देखें ।

पुष्पा केसी भण्डारी

सत्मार्गमा हिड्ने गरौं साक्षी राखी आत्मा
देव, दानव के बन्ने हो मान्छेकै छ हातमा
आस्था नै त रैछ आखिर ईश्वर भन्नु पनि 
खोजौं आफ्नै  हृदयको  भित्र  परमात्मा ।

                 – गंगा आचार्य

मनभरि पीडा वेदना खात बनेर आउँछ
ठीक त्यही बेला दिन रात बनेर आउँछ
जब सम्झन्छु आमा, देश अनि  सन्तान
नयनबाट मेरा आँसु वर्षात बनेर आउँछ ।

        – शारदा पौडेल, स्पेन

मेरो देश तेरो देश भन्दै हिड्छन यहाँ कति
बस्दै हेर्दछन् देशमा, बिग्रिएको चाल जति
काम असल भए, अघि सर्दै फुर्ति देखाउँदै
फोहोरी खेलखेल्छन् कुर्सी थाम्दै जाली कति ।

           – चन्द्रकला आचार्य

Advertisement Banner

समयको महत्व बुझे भविष्यमा राम्रो काम बन्छ
एकलव्य जस्तो विद्यार्थीको संसारभरि नाम बन्छ
अनुशासित अनि आज्ञाकारी हुनुपर्छ विद्यार्थीहरू 
वशिष्ठजस्तै गुरू पाएमा विद्यार्थी पक्कै राम बन्छ

    – अरूण कुमार भुलेल, कालेबुङ

Image

ओहो, सज्जनको बाटै अबरूद्ध छ
यहाँ फटाह नै फटाह बिरूद्ध छ
धेरै भयो हाम्रो प्यारो बुद्धभूमिमा
मरणासन्न अवस्थामा बुद्ध छ ।

इन्द्रकुमार श्रेष्ठktm
Image

यो समय सबैभन्दा भ्रष्ट सावित भयो
यो समय सबैभन्दा असक्षम सावित भयो
इतिहासमै कलङ्कको कालो टिका लगायौ सरकार 
यो समय सबैभन्दा नालायक सावित भयो ।

राधेश्याम लेकालीकाठमाडौं
Image

झुक्न हुन्न सगरमाथा झैं अग्लिएका शीरहरू 
सम्याउँदै लानुपर्छ हामीले असहमतिका भीरहरू
समयमै समझदारी, बिबेक र बुद्धि पु¥याएर
फर्काउँदै आफ पट्टि पनि जिम्मेवारीका तीरहरू ।

गंगा दाहाल
Image

पहिलो भेटमा अलिकति लजाएकी थिईन् 
मेरो मायाँ मन मुटुमा सजाएकी थिईन्
नियालेर हेरूरहुँ लाग्ने सधैं उनकै प्रतिबिम्ब
दौडिरहेको यो मनलाई कजाएकी थिईन् ।

bhandariktm
Image

तिमीलाई आस्वासनका लड्डु बाँड्ने यी हात
पाँच बर्ष पलेंटी कसेर खाइयो बियर र भात
जो सुकैले जति सुकै लडिबुडी गर, मरे मर
राजनीतिमा कमिसन जति खाएनि जांदैन जात ।

देवी काफ्ले
Image

नचाहँदा नचाहँदै सत्यको जितको दिन आउनेछ
प्रतिक्षाको घडिपछि रङ्गीन सपना आफै धाउनेछ
बाहिरी आवरण रङ्गाउने हैन भित्री मन रङ्गाउन सिक
अनि मानवलाई मानव नठान्नेले पनि ज्ञान पाउनेछ ।

usha kcdd
Image

जमिन हेरेर हाँगो समाउन सिके  
मन मुटु छामेर हक जमाउन सिके  
सहज अर्थपूर्ण जिवन जिउनलाई
जहा म छु जस्तो छु रमाउन सिके !

गंगा दाहाल

कसैलाई लाग्छ प्रजातन्त्र धरापमा छ
कसैलाई लाग्छ गणतन्त्र धरापमा छ
ए हजुर ! राजनीतिको चश्मा फ्याँकेर
हेर्नुहोस् हाम्रो राष्ट्र नेपाल धरापमा छ ।

              – कृष्णबहादुर थापा

Showing 2 of 13 Pages