
सधै रङ्ग रमितामा छाउनेलाई के भनौं
जिवन्त सतही माया लाउनेलाई के भनौ
भन्न मन थियो जीवनअनमोल उपहार हो
बास्ना खोज्दै कस्तुरी धाउनेलाई के भनौ ?
इन्दु तोदी

सधै रङ्ग रमितामा छाउनेलाई के भनौं
जिवन्त सतही माया लाउनेलाई के भनौ
भन्न मन थियो जीवनअनमोल उपहार हो
बास्ना खोज्दै कस्तुरी धाउनेलाई के भनौ ?

बलवान हुन्छ समय आफैँ, पर्खन सक्नुपर्छ
नकारात्मक प्रभावबाट सधैँ तर्कन सक्नुपर्छ
मत्लबमा हात चाट्ने, पछि कुरा काट्ने चिनेर
दर्जा अनुसारको व्यवहार छर्कन सक्नुपर्छ ।

धरातलमा भएर पनि सगरकै कुरा गरूँ झैँ लाग्छ
अहोरात्र सङ्घर्षरत बगरकै कुरा गरूँ झैँ लाग्छ
हरदिन हरपल कुरा काट्न तल्लीन झुण्ड देख्दा
सभ्य मानवहरू बस्ने नगरकै कुरा गरूँझैँ लाग्छ ।

जान्दैमा खान, भरिन्न पेट खाएर हुन्छ सिद्ध
खाँदैमा मात्र हुँदैन फेरि, हेर न जुनी गिद्ध
अर्थका कुरा अर्थमै हुन्छन् भावका कुरा साह्रो
यही कुरा बुझ्न नसक्दा रुने बालक देखि बृद्ध

मनमा सुन्दर गाउँ बसाउँदै जाउँ
भट्किएकोलाई बाटो देखाउँदै जाउँ
दुखले भरेको जीवनलाई बोझ नठानी,
बचेको जीवन हास्दै हसाँउदै जाउँ ।

गल्ती नदेखाई आफैं चोखिन खोज्नेलाई
अहँकारले चुलिएर पोखिन खोज्नेलाई,
कुन शब्दले सम्बोधन गर्ने ? खोज्नु छ मैले
तुलोमा आफैं बसी जोखिन खोज्नेलाई ।

घाँटी भरि माला थियो खै कस्ले उनेको ?
तिमीले लाएको स्वेटर मैले होइन बुनेको
जीवनसाथी रोज्ने रहर मेरो आफ्नै थियो
तिमीलाई मैले हैन हेर मेरो बाउले चुनेको ।

फेसबुके ठुटेनेता वाद विवादमा दिन काट्छन्
उता ठूला नेताहरू भित्र भित्रै कुर्सी साट्छन्
के देलान् र के नै पाउँला भन्नेलाई गाह्रो हजुर
पद पाउने आसले होला तिनकै तलुवा चाट्छन् ।
ज्ञान, भक्ति र सेवा गीताको निचोड
सकिदैन उठ्न नलिए जीवनले मोड
मोह एउटा उल्झन हो बझ्नुपर्छ सबले
गर्नुपर्छ श्रद्धा र प्रेमले अंहकारको फोड ।

कस्तो सिकायो यो मनले हाँसेर रून सधैं
किन जिस्काउँछ धनले हासेर रून सधैं
भो चाहिदैन खोलाले बगाउने पापी धन
बरू साथ दिदैछ तनले हासेर रून सधैं ।

हर उल्झनका हलमा कमिला
तर छैन कुनै छलमा कमिला ।
किन मानिस बन्छ निरीह स्वयम्
अति कर्मठ छन् बलमा कमिला ।

तिम्रो मायाँको के अर्थ अँधेरी रातमा जिएन भने
तिम्रो त्यागको के अर्थ अधरको आँसु पिएन भने
शरीरको नाता गाँस्दैमा कहाँ भयो आफन्त त्यो,
बेर्थ नाताको के काम घायलमा मुटु सिएन भने ।

यदि तिम्रो भावनामा चोट पु¥याएको भए
बिना कसुर आफ्नु शिर नझुकाएको भए
आज जिन्दगीले अर्कै मोड लिन्थ्यो होला
तिम्रा निम्ति हजारौं रिस्ता नगुमाएको भए ।

पिडामा छु बेदनाको हुरी बोकी आए हुन्छ
भाला तरवार र खुकुरी बोकी आए हुन्छ
बास बस्न मुटु दिँए, आगो झोसी गयौ अब,
थापिदिन्छु गलो रेट्न छुरी बोकी आए हुन्छ ।

कतै रमाईलो छ जिन्दगी कतै अर्थ हिन छ
संघर्ष धेरै गर्दा गर्दै पनि ठेगाना बिहिन छ
चल्न त चलिरहेको हुन्छु सधैं आफ्नै धुनमा
बाहिर फिक्का मुस्कानभित्र दुखको रिनैरिन छ

बसन्तका फूल, पातहरुले सताउदा
सधै गुनगुनाउने बातहरुले सताउदा
किन होला जोडले ढुक्ढुकिन्छ मुटु
अनिदा काला रातहरुले सताउदा ।

भन्ने मानिदिए कति बेस हुन्थ्यो
मनले जानिदिए कति बेस हुन्थ्यो
हुन्थ्यो बेस मनसित मन मिल्ने भए,
आफ्नो ठानिदिए कति बेस हुन्थ्यो ।

आफ्नै नियति–गङ्गामा बग्ने म नित्य छाल हुँ
गैरो चिन्तनको नौलो अभिशप्त म ताल हुँ
हुँ रूप राजनीतिको यद्वा दर्शनको कुनै
चुनावी मञ्चमा खुल्ने सत्ताको भ्रम–जाल हुँ ।

हरेक महिना मन्त्रीमण्डल थपघट हुन्छ
सिंहदरबारमा बुख्याँचाहरुको जमघट हुन्छ
आर्यघाटको तारतम्य मिलाउँदा मिलाउँदै
पाँचबर्षमा सरकार अठारपल्ट थपघट हुन्छ ।
यो समय सबैभन्दा भ्रष्ट सावित भयो
यो समय सबैभन्दा असक्षम सावित भयो
इतिहासमै कलङ्कको कालो टिका लगायौ सरकार
यो समय सबैभन्दा नालायक सावित भयो ।