कसलाई देखाउँ सान मेरो बुच्चै
लङ्कामामात्र हैन यतै पाइन थाल्यो सुन
लगाउँ भने छैन कान मेरो बुच्चै ।
असल काम देशको लागी गर्नु छ सबैले
नगरौं देशमा अब भ्रष्टाचार, अत्याचार कसैले
सम्पत्ति सारा छोडेर आफ्ना मर्नु छ सबैले ।
ध्वनी यन्त्र बारम्बार उठाएँ घण्टी बजेन
उनको नम्बरमा कल लगाएँ घण्टी बजेन
चोट केही दिएकी होइन मैले फेरि पनि
ढोका हतौडा ठटाएँ घण्टी बजेन ।
एकछाक छोड्नु मृत्युको खवर सुन्दा
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।
निन्द्रा आउँदैन रात ढल्दैछ म के गरूँ ?
आगो बल्दैन जीवन जल्दैछ म के गरूँ ?
तप्प तप्प चुहिने कर्कलाको पानीजस्तै
सम्झनाको ऐठनले छल्दैछ म के गरूँ ?
घरि हुरि आउँछ घरि पानी अ।उँछ
देखेका जिन्दगीका सफरहरू बगाउँछ
देख्नु पर्छ सपना पनि मुस्किलले यहाँ
देखेका सपनाले ओठमा हाँसो ल्याउँछ ।
जो जस्तो छ बरै त्यसैमा रमाउन देउ
चड्न खोज्दैछ कोहि हात समाउन देउ
के लानु छ र कहाँ नतान खुट्टा कसैका
कमाउछ भने उ इतिहास कमाउन देउ ।
मेहन्दी, चुरा, टीका, पोते साउनमा मात्र लाईँदैन
देखासिकी गरेर कहिले मठ मन्दिर तिर धाइँदैन,
व्रत, पाठ, पूजा र श्रद्धामा मन चोखो राख्छु हजुर
थाहा छ अर्काको नक्कल गरेर केही पनि पाइँदैन
– गीताश्री शर्मा
यदि तिम्रो भावनामा चोट पु¥याएको भए
बिना कसुर आफ्नु शिर नझुकाएको भए
आज जिन्दगीले अर्कै मोड लिन्थ्यो होला
तिम्रा निम्ति हजारौं रिस्ता नगुमाएको भए ।
विश्वास‘नि कस्को गर्नु, फगत वैरी हुन्छन् यहाँ
सत्य बोल्ने ग¥यो भने, जगत वैरी हुन्छन् यहाँ!
समय मात्र अलिकति, खराब चल्नु पर्छ अनि
अरूको त कुरै छोडौं, रगत वैरी हुन्छन् यहाँ ।
दक्षिणतिर फर्केर चिच्याए राष्ट्रवाद मानिन्छ
बरदानका लागि दाँत ङिँच्याए राष्ट्रवाद मानिन्छ
सीमामा गोबिन्दहरू मारिन्छन्, पिलर हराउँछन्
उसले कालापानी घिच्च्याए राष्ट्रवाद मानिन्छ ।
पिडामा छु बेदनाको हुरी बोकी आए हुन्छ
भाला तरवार र खुकुरी बोकी आए हुन्छ
बास बस्न मुटु दिँए, आगो झोसी गयौ अब,
थापिदिन्छु गलो रेट्न छुरी बोकी आए हुन्छ ।
आफ्नै नियति–गङ्गामा बग्ने म नित्य छाल हुँ
गैरो चिन्तनको नौलो अभिशप्त म ताल हुँ
हुँ रूप राजनीतिको यद्वा दर्शनको कुनै
चुनावी मञ्चमा खुल्ने सत्ताको भ्रम–जाल हुँ ।
बसन्तका फूल, पातहरूले सताउदा
सधै गुनगुनाउने बातहरूले सताउदा
किन होला जोडले ढुक्ढुकिन्छ मुटु
अनिदा काला रातहरूले सताउदा ।
गल्ती नदेखाई आफैं चोखिन खोज्नेलाई
अहँकारले चुलिएर पोखिन खोज्नेलाई,
कुन शब्दले सम्बोधन गर्ने ? खोज्नु छ मैले
तुलोमा आफैं बसी जोखिन खोज्नेलाई ।
घाँटी भरि माला थियो खै कस्ले उनेको ?
तिमीले लाएको स्वेटर मैले होइन बुनेको
जीवनसाथी रोज्ने रहर मेरो आफ्नै थियो
तिमीलाई मैले हैन हेर मेरो बाउले चुनेको ।
अहिले पनि ऊ बेलाको कहानी ताजै छ
मायालु सँग गरेका मनोमानी ताजै छ
मलाई उमेर ढल्केछ भनेर नसम्झनु है
पहाडी छाङ्गो जस्तो जवानी ताजै छ ।
दायाँ हेर्छु बायाँ हेर्छु अक्क न बक्क पर्छु
कोही कोही मानवहरू देखेर म छक्क पर्छु
यही धूपताप, सुशीतल जल अनि इन्द्रेनी छ
भन्दै यस्तै रहेछ जिन्दगी भनेर म मख्ख पर्छु
– लक्ष्मी मुडवरी पण्डित
मनमा सुन्दर गाउँ बसाउँदै जाउँ
भट्किएकोलाई बाटो देखाउँदै जाउँ
दुखले भरेको जीवनलाई बोझ नठानी,
बचेको जीवन हास्दै हसाँउदै जाउँ ।
भरीको जस्तो अस्तित्व खालीको कहाँ हुन्छ र ?
सज्जनको झैं गुणगान जालीको कहाँ हुन्छ र ?
सायद सौजन्य चिनेर गरिन्छ वस्तुको मूल्यबोध पनि
सौन्दर्यमा फूलको झैं महत्त्व मालीको कहाँ हुन्छ र ?
– दुर्गाकिरण तिवारी
भन्ने मानिदिए कति बेस हुन्थ्यो
मनले जानिदिए कति बेस हुन्थ्यो
हुन्थ्यो बेस मनसित मन मिल्ने भए,
आफ्नो ठानिदिए कति बेस हुन्थ्यो ।