आफ्नै नियति–गङ्गामा बग्ने म नित्य छाल हुँ
गैरो चिन्तनको नौलो अभिशप्त म ताल हुँ
हुँ रूप राजनीतिको यद्वा दर्शनको कुनै
चुनावी मञ्चमा खुल्ने सत्ताको भ्रम–जाल हुँ ।
रुमानी बर्षातमा सँगै हिडौं न
मायाँको भेलमा निथ्रुक्क भिजौं न
एउटै छातामुनि ओतिँदै रमाउँदै
रुझ्दै रुझाउँदै चुर्लुम्म डुबौने ।
अनि पो हुन्छ हामीलाई जिउने निहुँ,
रोपौं बोटबिरुवा हामी सबैले यहाँ
अनि आनन्दसँग हामी सास लिऊँ ।
इमानन्दार मान्छेको सबै कुरा चल्छ
काम गर्ने मान्छे कै हातखुट्टा गल्छ
हातमा घाउ भो चित्त नदुखाउ राजा
नाम र दाम त मेहनत कै बोटमा फल्छ
म स्वाधीनता चाहान्छु, स्वाभिमान चाहन्छु
मेरो भोटको प्रत्युत्तरमा नेता इमान चाहन्छु
मसँग दुश्मनी गर्नुछ भने नाम कमाए र आउनु
खुब दुश्मनी निभाउन दुष्मन कीर्तिमान चाहान्छु
सबैको नजरमा यही फूल जस्तै फुल्न सकुँ म
गजल मुक्तकको काफिया जस्तै खुल्न सकुँ म
सम्मान गर्छु सम्पूर्ण साहित्यप्रेमी मनहरुलाई
अमिट मीठो मायाँ सबको मनमा घुल्न सकुँ म
कुरा गर्दा सर्वस्व जाला जस्तो भए पनि
पराईले सर्लक्कै खाला जस्तो भए पनि
सहयोग बिना त जीवन चल्न कठिन हुन्छ
मिलेरै बस्नुपर्छ अरुको चाला जस्तो भए पनि
तिम्रो मन घरतिरै छ भन्ने मभित्र विश्वास छ
तिम्रो तन गाउँतिरै छ भन्ने मभित्र विश्वास छ
अरुले जेसुकै भनुन् प्यारा म सुनेर उडाइदिन्छु
तिम्रो सोच देशतिरै छ भन्ने मभित्र विश्वास छ ।
मेरै कालीको चिसो पानी पिउन मन छ
दशकौं पहिले हराएका घरा सिउन मन छ
लिपुलेक, कालापानी कैयन मेरा अङ्ग
यही मेरो अँगालोमा सँगालेर जिउन मन छ ।
रातको जस्तै अँध्यारो दिनको कहानी भएको छ
महामारीजस्तै अर्को प्रलयको कहानी भएको छ
नाना थरिका प्राकृतिक आपत विपदमा पनि हाँसेर
मान्छेको सहारा भगवान, नयाँ कहानी भएको छ
हर मोडमा कति जीवन बाँधिएको देख्छु यहाँ
मानिसहरु त्यसै–त्यसै आत्तिएको देख्छु यहाँ
स्वार्थीपनमा मान्छेको मन साटिन थालेपछि
बिना अर्थ साटेको मन भाँचिएको देख्छु यहाँ ।
जनताको भोटले जित्नेहरु, सत्ता र कुर्चीको खेलमा छन्
कोही कंमिसनको दौडमा अनि कोही आँसुको भेलमा छन्
सम्वृध्दीको नारा खोक्नेको चटक हेर्दै मजदुरी गरी खानेहरु,
बिचरा, कोरोनाको त्राससंगै, लकडाउनको जेलमा छन ।
जनतालाई दुई छाक, टार्न गारो भयो
अधुरा सपना साकार, पार्न गारो भयो
कहीँ कतै समस्याको समाधान भेटिदैन
विनासकारी दुष्ट कीरा, मार्न गारो भयो ।
अधिकार दाउमा पर्छ एक भोट लाउँदा अचेल
दश दुनियाँले कुर्छ गरिबको घर धाउँदा अचेल
बदलिएछ मतलबी दुनियाँ यो हाम्रो
मुख बन्द गराइदिन्छ सत्य गीत गाउँदा अचेल ।
जलेर जान्छ एकदिन यो जिन्दगानी
जसरी सुकेर जान्छ खहरेको पानी
आज तिम्रो धन भोली अर्कोमा सर्छ,
धनको घमण्ड गर्दै नगर खानदानी ।
भाइ भन्छ फकाउन काकालाई पनि
हात लिन्छ भाइमार्न डाँकालाई पनि
मोटाउँदैमा आफ्नै छोरो बाउ हुन्न बुझ
नदी तर्न कागजको नाउ हुन्न बुझ ।
भोकै राखेर सकारात्मक सोच भन्छ सरकार
भोकै राखेर आदेश पालन गर भन्छ सरकार
घरभित्र बन्दी बनेर खै कहिलेसम्म भोकै बस्ने हजुर
भोकै राखेर ब्रम्हलुटबारे नबोल भन्छ सरकार ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युत कटौती गरेर भारतमा निर्यात
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युत कटौती गरेर भारतमा निर्यात नगरेको बताएका छन्।अहिले नेपालमा बिजुली आपूर्तिमा समस्या भइरहेको र यसलाई बेवास्ता गरेर प्राधिकरणले भने भारतमा निर्यात गरेको भन्दै प्रश्न उठिरहेको छ।