Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

साहित्य

Image

सही गलत के हो ? जान्ने बेला हो यो
भ्रष्टलाई दुष्टलाई लौरो हान्ने बेला हो यो
आ–आफ्नो हातले आफ्नै भाग्यरेखा कोर्न
असल नागरिकलाई छान्ने बेला हो यो ।

       – लक्ष्मी मुडवरी पण्डित

लक्ष्मी मुडवरी पण्डित

असामाजिक तत्वहरू जिलाउँदै लानुपर्छ
मानव हितका बस्तुहरू बचाउँदै लानुपर्छ
चेतनाको दियो बाली अन्धकारहरू मास्ने
अन्तरमनको अठोटहरू जोगाउँदै लानुपर्छ ।

    – अरूण कुमार भुजेल

दोषहरू देखाउन नहुने भो आजभोलि
अर्ति अनि उपदेशले नछुने भो आजभोलि
दशै दिशा भ्रष्टाचारी लोभी अनि पापी हुँदा
गङ्गा जलले कुनै पाप नधुने भो आजभोलि ।


    – अर्जुन अधिकारी

पहाडी भागमा छुकछुके मनो रेल आयो
मदेशतिर भान्साको धारामा  तेल आयो
हामी कौवा जस्ता जनताकालागी भने!
सिख्रो बोटमा काँचो र कट्मेरो बेल आयो।

    – शंकर ज्ञवाली

Image

खानेमुख ठूलो तिनैले बाउने भए
भ्रष्टाचार गर्न तिनैले पाउने भए
कसलाई जिताउने केको मरिहत्ते
देश नाङ्गेझार तिनैले बनाउने भए ।

इन्द्रकुमार श्रेष्ठktm
Image

देश बिकासको छलाङ मार्छौं मार्छौं भन्दैछौ
स्वीट्जरल्यान्ड नै बनाउ“छु बनाउ“छु भन्दैछौ
भो नबनाउ स्वीट्जरल्यान्ड, नमार छलाङ
झूठ बोलेको पत्याउनन्, सत्य बोले“े भन्दैछौ ।

देवी काफ्ले
Image

साथीजस्तो हा“स्नु थियो हा“स्नै दिएनन्
रमाउ“दै नाच्नु थियो, नाच्नै दिएनन्
पापी रैछ संसार आमा, गाह्रो भयो नि
थिचे मेरो घा“टी आमा बा“च्नै दिएनन् ।
    – पुष्पा केसी भण्डारी

पुष्पा केसी भण्डारी

तिम्रो छत्रछाया“मा ऐतिहासिक जनबिश्वास मौलाउनु पर्छ
तिम्रो गन्तव्यमा अनन्त अनन्त त्यो दूरदर्शिता छेडिनु पर्छ 
आस्थाको केन्द्रबिन्दु तिमी, तिम्रो त्यो बिशाल उचाईमा  
भारी जनबिश्वासको त्यो कीर्तिमानी झण्डा खोपिनु पर्छ ।

– गंगा दाहाल

सबैसँग मन खोलेर  कुरा बताउने नगर्नु
दुःख सुख जे जति छन् जताउने नगर्नु
हाँसो उडाउँने गर्छन् यहाँ सबै थोक जानेर,
मिठो बोल्यो भन्दैमा  छिटो पताउने नगर्नु ।

 

Image

घरमा पुज  मन्दिर जाउ उनै  शिवै शिव
मनमा राख  श्रद्धा  गर्दै  उनै  शिवै शिव
शिवत्वको मर्म बुझे त्यही नै ठुलो  पूजा 
जसले चिन्छ आफैलाई उनै शिवै  शिव ।

गुरुदत्त ज्ञवालीktm
Image

जो जस्तो छ बरै त्यसैमा  रमाउन देउ
चड्न खोज्दैछ कोहि हात समाउन देउ
के लानु छ र कहाँ नतान खुट्टा ण्कसैका 
कमाउछ भने उ इतिहास कमाउन देउ ।

गंगा दाहाल

 मैले निलो आकाश दिएकी थिएँ
जुनेली रातहरू दिएकी थिएँ
तर तिमीले कहिले बुझेनौं प्रिय
मेरा निस्वार्थ भावनाहरू दिएकी थिएँ ।

– टीका चापागाईं

Advertisement Banner
Image

     अझ ह्वाङ्ङै हुँदै छन्
    अझ छ्याङ्ङै हुँदै छन्
    नचिन्ने बाँकी को होला ?
    अझ नाङ्गै हुँदै छन् !!

इन्द्रकुमार श्रेष्ठktm
Image

व्यथालाई कथा बनाउ लेख्न सक्नेछौ
हेर्ने नजर फरक बनाउ देख्न सक्नेछौ
निष्ठुरी हो थाहै थियो भन्नु के छ र तर
मायाको बाँध बाँधी हेर छेक्न सक्नेछौ ।

पुष्पा केसी भण्डारी
Image

नारीलाई कैदी बनाउँछ आफ्नै घरले सधैं 
इज्जतको जनाई दिन्छ आफ्नै थरले सधैं 
हरेक प्रहर हिंसा सहदै संघर्ष गर्छिन् नारीले
तड्पी तड्पी बाच्छिन इज्जतको डरले सधैं ।

usha kcdd
Image

एकमा एक जोडेर चार हुने भए
झूटो बोलेर जित्नेको हार हुने भए 
नक्कली प्रेम कसैले पनि गर्दैन थिए
माया नाप्ने तेस्तो कुनै औजार भएको भए ।

लक्ष्मी नेपाल
Image

एकछाक छोड्नु मृत्युको खवर सुन्दा 
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर 
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।

bhandariktm

घरि हुरि आउँछ घरि पानी अ।उँछ
देखेका जिन्दगीका सफरहरू बगाउँछ
देख्नु पर्छ सपना पनि मुस्किलले यहाँ
देखेका सपनाले ओठमा हाँसो ल्याउँछ ।

सधै रङ्ग रमितामा छाउनेलाई के भनौं 
जिवन्त सतही माया लाउनेलाई के भनौ 
भन्न मन थियो जीवनअनमोल उपहार हो
बास्ना खोज्दै कस्तुरी धाउनेलाई के भनौ ?

इन्दु तोदी

Image

सधै रङ्ग रमितामा छाउनेलाई के भनौं 
जिवन्त सतही माया लाउनेलाई के भनौ 
भन्न मन थियो जीवनअनमोल उपहार हो
बास्ना खोज्दै कस्तुरी धाउनेलाई के भनौ ?

गंगा दाहाल
Image

बलवान हुन्छ समय आफैँ, पर्खन सक्नुपर्छ
नकारात्मक प्रभावबाट सधैँ तर्कन सक्नुपर्छ
मत्लबमा हात चाट्ने, पछि कुरा काट्ने चिनेर
दर्जा अनुसारको व्यवहार छर्कन सक्नुपर्छ । 

गीताश्री शर्मासिक्किम
Showing 4 of 12 Pages