Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

साहित्य

Image

पिडामा छु बेदनाको हुरी बोकी आए हुन्छ
भाला तरवार र  खुकुरी बोकी आए हुन्छ
बास बस्न मुटु दिँए, आगो झोसी गयौ अब,
थापिदिन्छु गलो रेट्न छुरी बोकी आए हुन्छ ।

प्रेम कटुवाल
Image

कतै रमाईलो छ जिन्दगी कतै अर्थ हिन छ
संघर्ष धेरै गर्दा गर्दै पनि ठेगाना बिहिन छ
चल्न त चलिरहेको हुन्छु सधैं आफ्नै धुनमा
बाहिर फिक्का मुस्कानभित्र दुखको रिनैरिन छ 

विकाश कठेत समर्पणindia
Image

बसन्तका फूल, पातहरुले सताउदा 
सधै गुनगुनाउने बातहरुले सताउदा
किन होला जोडले ढुक्ढुकिन्छ मुटु 
अनिदा काला रातहरुले सताउदा ।

गंगा दाहाल
Image

भन्ने मानिदिए कति बेस हुन्थ्यो
मनले जानिदिए कति बेस हुन्थ्यो
हुन्थ्यो बेस मनसित मन मिल्ने भए,
आफ्नो ठानिदिए कति बेस हुन्थ्यो । 

निता गुरूंगअसम
Image

आफ्नै नियति–गङ्गामा बग्ने म नित्य छाल हुँ
गैरो चिन्तनको नौलो अभिशप्त म ताल हुँ  
हुँ रूप राजनीतिको यद्वा दर्शनको कुनै
चुनावी मञ्चमा खुल्ने सत्ताको भ्रम–जाल हुँ ।

केशवराज आमोदी
Image

हरेक महिना मन्त्रीमण्डल थपघट हुन्छ 
सिंहदरबारमा बुख्याँचाहरुको जमघट हुन्छ
आर्यघाटको तारतम्य मिलाउँदा मिलाउँदै
पाँचबर्षमा सरकार अठारपल्ट थपघट हुन्छ ।

देवी काफ्ले
Image

यो समय सबैभन्दा भ्रष्ट सावित भयो
यो समय सबैभन्दा असक्षम सावित भयो
इतिहासमै कलङ्कको कालो टिका लगायौ सरकार 
यो समय सबैभन्दा नालायक सावित भयो ।

राधेश्याम लेकालीकाठमाडौं
Image

प्रकृति स्वयं मासिएको हेर्न कति लाचार छ ऊ
हतासिदै बतास प्रदूषण खेप्न कति लाचार छ ऊ
लाचार छ सधंैसधैं बेमौसमी मेघ गर्जन र बर्सन  
कृष्णभीर जसरी ओइरिन कति लाचार छ ऊ ।

गंगा दाहाल

जनतालाई दुई छाक, टार्न गारो भयो
अधुरा सपना साकार, पार्न गारो भयो
कहीँ कतै समस्याको समाधान भेटिदैन
विनासकारी दुष्ट कीरा, मार्न गारो भयो ।

    –लक्ष्मी मुडवरी पण्डित

Image

रातको जस्तै अँध्यारो दिनको कहानी भएको छ 
महामारीजस्तै अर्को प्रलयको कहानी भएको छ 
नाना थरिका प्राकृतिक आपत विपदमा पनि हाँसेर 
मान्छेको सहारा भगवान, नयाँ कहानी भएको छ

    – ओमकुमारी रानाभाट

ओमकुमारी रानाभाट
Image

हर मोडमा कति जीवन बाँधिएको देख्छु यहाँ
मानिसहरु त्यसै–त्यसै आत्तिएको देख्छु यहाँ
स्वार्थीपनमा मान्छेको मन साटिन थालेपछि
बिना अर्थ साटेको मन भाँचिएको देख्छु यहाँ ।

    – पौडेल रुपा

पौडेल रुपा

कुरा गर्दा सर्वस्व जाला जस्तो भए पनि
पराईले सर्लक्कै खाला जस्तो भए पनि
सहयोग बिना त जीवन चल्न कठिन हुन्छ 
मिलेरै बस्नुपर्छ अरुको चाला जस्तो भए पनि

Advertisement Banner
Image

भाइ भन्छ फकाउन काकालाई पनि
हात लिन्छ भाइमार्न डाँकालाई पनि
मोटाउँदैमा आफ्नै छोरो बाउ हुन्न बुझ
नदी तर्न कागजको नाउ हुन्न बुझ ।

       – जीविका अश्रु, सिक्किम
 

जीविका अश्रुसिक्किम
Image

बन्द छन् बजारका पसलहरु, बन्द हुने भो गाँस पनि
तहसनहसको सम्भावनासँगै, असुरक्षित भो बास पनि 
उपाय बिहिन हुँदैछ अवस्था, समस्यै समस्या थुप्रिएर 
अब त लाग्दैछ बचेखुचेको, हराउने भो आस पनि ।

    – रवि श्रेष्ठ, अर्घाखा“ची

रवि श्रेष्ठ
Image

मलाई आज आफ्नैं धूनमा बाँच्न मन छ,
रुमलिएका सपनाहरूलाई साँच्न मन छ
दुनियाँले कतिबेला पाउलो फेर्छ थाहा छैन,
आफूलाई पूरा हृदय खोली हाँस्न मन छ ।

गीता श्री शर्मा
Image

आफ्नो अस्मिता बेचेर मान्छे नाम कमाउँछ 
आफूलाई नै बेचेर मान्छे दाम कमाउँछ 
कस्तो रहर हो अग्लो हुन आफ्नो कद सानो बनाउँछ
आफूलाई नै लिलाम गरेर मान्छे  भ्रमको उचाई कमाउँछ

        – राधेश्याम लेकाली, काठमाडौं
 

राधेश्याम लेकालीकाठमाडौं
Image

यदि तिम्रो भावनामा चोट पु¥याएको भए 
बिना कसुर आफ्नु शिर नझुकाएको भए
आज जिन्दगीले अर्कै मोड लिन्थ्यो होला
तिम्रा निम्ति हजारौं रिस्ता नगुमाएको भए ।

       – तारा आचार्य

तारा आचार्य
Image

आफ्नै नियति–गङ्गामा बग्ने म नित्य छाल हुँ
गैरो चिन्तनको नौलो अभिशप्त म ताल हुँ  
हुँ रूप राजनीतिको यद्वा दर्शनको कुनै
चुनावी मञ्चमा खुल्ने सत्ताको भ्रम–जाल हुँ ।

       – केशवराज आमोदी

केशवराज आमोदी
Image

पिडामा छु बेदनाको हुरी बोकी आए हुन्छ
भाला तरवार र  खुकुरी बोकी आए हुन्छ
बास बस्न मुटु दिँए, आगो झोसी गयौ अब,
थापिदिन्छु गलो रेट्न छुरी बोकी आए हुन्छ ।

      – प्रेम कटवाल

प्रेम कटुवाल
Image

कसैले साँच्चै भने पनि भ्रामक जस्तो लाग्ने भयो
कसैले यथार्थै बताए पनि नाटक जस्तो लाग्ने भयो
हामीलाई यस्तै कुरामा अभ्यस्त बनाए त के गरौँ !
कसैले गौरवकै कुरा बताएनि धाक जस्तो लाग्ने भयो ।

इन्द्रकुमार श्रेष्ठktm
Image

फूल फुल्छ डालीमा काँडा नि हुन्छ
हेर्दा राम्रो लाग्ने कतै डाँडा नि हुन्छ
विश्वासको डोर टुट्ना साथ प्रेममा
मनमा बसेकाहरू टाढा नि हुन्छ ।

देवी काफ्ले
Showing 5 of 12 Pages