रातको जस्तै अँध्यारो दिनको कहानी भएको छ
महामारीजस्तै अर्को प्रलयको कहानी भएको छ
नाना थरिका प्राकृतिक आपत विपदमा पनि हाँसेर
मान्छेको सहारा भगवान, नयाँ कहानी भएको छ
हर मोडमा कति जीवन बाँधिएको देख्छु यहाँ
मानिसहरु त्यसै–त्यसै आत्तिएको देख्छु यहाँ
स्वार्थीपनमा मान्छेको मन साटिन थालेपछि
बिना अर्थ साटेको मन भाँचिएको देख्छु यहाँ ।
जनताको भोटले जित्नेहरु, सत्ता र कुर्चीको खेलमा छन्
कोही कंमिसनको दौडमा अनि कोही आँसुको भेलमा छन्
सम्वृध्दीको नारा खोक्नेको चटक हेर्दै मजदुरी गरी खानेहरु,
बिचरा, कोरोनाको त्राससंगै, लकडाउनको जेलमा छन ।
जनतालाई दुई छाक, टार्न गारो भयो
अधुरा सपना साकार, पार्न गारो भयो
कहीँ कतै समस्याको समाधान भेटिदैन
विनासकारी दुष्ट कीरा, मार्न गारो भयो ।
अधिकार दाउमा पर्छ एक भोट लाउँदा अचेल
दश दुनियाँले कुर्छ गरिबको घर धाउँदा अचेल
बदलिएछ मतलबी दुनियाँ यो हाम्रो
मुख बन्द गराइदिन्छ सत्य गीत गाउँदा अचेल ।
जलेर जान्छ एकदिन यो जिन्दगानी
जसरी सुकेर जान्छ खहरेको पानी
आज तिम्रो धन भोली अर्कोमा सर्छ,
धनको घमण्ड गर्दै नगर खानदानी ।
भाइ भन्छ फकाउन काकालाई पनि
हात लिन्छ भाइमार्न डाँकालाई पनि
मोटाउँदैमा आफ्नै छोरो बाउ हुन्न बुझ
नदी तर्न कागजको नाउ हुन्न बुझ ।
भोकै राखेर सकारात्मक सोच भन्छ सरकार
भोकै राखेर आदेश पालन गर भन्छ सरकार
घरभित्र बन्दी बनेर खै कहिलेसम्म भोकै बस्ने हजुर
भोकै राखेर ब्रम्हलुटबारे नबोल भन्छ सरकार ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युत कटौती गरेर भारतमा निर्यात
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युत कटौती गरेर भारतमा निर्यात नगरेको बताएका छन्।अहिले नेपालमा बिजुली आपूर्तिमा समस्या भइरहेको र यसलाई बेवास्ता गरेर प्राधिकरणले भने भारतमा निर्यात गरेको भन्दै प्रश्न उठिरहेको छ।