Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

आज विश्व टेलिभिजन दिवस मनाइँदै

०६ शुक्रबार , मंसिर २०८२११ घण्टा अगाडि

आज विश्व टेलिभिजन दिवस मनाइँदै

हरेक वर्ष झैँ यसवर्ष पनि आज नोभेम्बर २१ का दिन विश्व टेलिभिजन दिवस  मनाइँदै छ । निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसंघको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने थालिएको हो ।

सन् १९९६ को नोभेम्बर २१ र २२ मा संयुक्त राष्ट्रसंघले पहिलो विश्व टेलिभिजन फोरम आयोजना गरेर विश्वका प्रमुख सञ्चारकर्मीहरूलाई एकै स्थानमा ल्याएर बदलिँदो विश्वमा टेलिभिजनको भूमिका, प्रभाव र अन्तरराष्ट्रिय सहकार्य कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो । त्यसपछि हरेक वर्ष नोभेम्बर २१ तारिकलाई विश्व टेलिभिजन दिवसका रूपमा मनाउन थालिएको हो ।

त्यस्तै टेलिभिजनलाई सूचना आदानप्रदानबाट विश्वभरका समुदायलाई जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने र सार्वजनिक धारणा निर्माणमा सहायता पुर्याउने प्रमुख माध्यमका रूपमा लिने गरिन्छ ।