Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

आज दल दर्ताको समयसीमा सकिँदै

०१ आइतबार , मंसिर २०८२१६ घण्टा अगाडि

आज दल दर्ताको समयसीमा सकिँदै

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि ताेकिएकाे दल दर्ताको समयसीमा आज सकिँदैछ । गत भदाै २३ र २४ गतेकाे जेनजी आन्दाेलन पश्चात बनेकाे अन्तरिमा सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाकाे निर्वाचन गर्ने मिती ताेकेकाे थियाे ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको समयावधि अनुसार इच्छुक राजनीतिक दलहरूले आज साँझसम्म आफ्नो दर्ता प्रमाणपत्र लिइसक्नुपर्नेछ । यता निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान गरेसँगै थुप्रै नयाँ राजनीतिकदलहरू दर्ता भएकाे बताइएकाे छ ।

अहिलेसम्म १२६ दलले आधिकारिकता पाइसकेका छन् भने प्रक्रियामा रहेका केही दलहरूले आज आफ्नो प्रमाणपत्र प्राप्त गर्नेछन् । आजको अन्तिम दल दर्ताको दिनपछि हालसम्म आधिकारिकता पाइसकेका १२६ दलकाे संख्यामा केही थपघट हुन सक्ने आयोगले जनाएकाे छ ।

दल दर्ताको समय सकिएपछि भाेलि मंसिर १ गतेदेखि १० गतेसम्म प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले निवेदन दिने समय तोकिएको छ । निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आयोगले सम्पूर्ण तयारी अगाडि बढाइसकेको बताइएकाे छ ।