Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

एसइई परिक्षाका लागि उमेर नपुगे विवरण सच्याउन सकिने

०६ शुक्रबार , मंसिर २०८२३ महिना अगाडि

एसइई परिक्षाका लागि उमेर नपुगे विवरण सच्याउन सकिने

माध्यमिक शिक्षा परीक्षा(एसइई) मा सहभागी हुन १४ वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी व्यवस्था रहेकाे छ । एसइई परिक्षा देने सालकाे चैत्र मसान्तमा १४ वर्ष उमेर पुगेको हुनुपर्ने भएपनि यसवर्षकाे परिक्षामा कतिपय विद्यार्थीहरूको उमेर १४ वर्ष नपुग्दा एसइई परीक्षा दिनबाट बञ्चित हुनुपर्ने अवस्था देखिएपछि विवरण सच्याउन सकिने भएकाे छ ।  

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसइई परीक्षामा सहभागी हुनका लागि परीक्षा आवेदन फाराम भर्ने भराउने तथा एसइई २०८३ मा सहभागी हुनका लागि हाल कक्षा ९ मा रजिस्ट्रेसन फाराम भर्ने भराउने सूचना जारी भइसकेको छ भने विद्यार्थीहरूको उमेर १४ वर्ष नपुग्दा एसइई परीक्षा दिनबाट बञ्चित हुनुपर्ने अवस्था देखिएपछि अभिभावक र विद्यार्थीहरू चिन्तित भएका छन् ।

विद्यार्थीले आवेदन फाराम भरेकाे विद्यार्थीहरूको आवेदन फाराम प्राप्त हुने क्रममा शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ७८ (६) १४ वर्षको उमेर पुगेको हुनुपर्ने भन्ने व्यवस्था रहेकोमा कतिपय विद्यार्थीहरूको उपरोक्त अनुसारको उमेर नपुगी एसइई परीक्षाबाट वञ्चित हुनुपर्ने अवस्था भएको भनी विभिन्न विद्यालयबाट आवश्यक व्यवस्थाका लागि राष्ट्रिय परीक्षा बोर्ड र पञ्जिकरण विभागमा समेत अनुरोध गरिएको छ ।

उमेर नपुगेमा सबै विवरण सच्याउन सकिने व्यवस्था भए अनुसार कानुन, न्याय तथा संघीय मामिला मन्त्रालयद्वारा २०८२ साउन १४ गतेको नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा ७२ को राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा भएको संसोधनको (२) (क) १ मा कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनु परेमा सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सकिनेछ भन्ने व्यवस्था रहेकाे छ ।

विवरण सच्याउन सकिने व्यवस्था भए अनुसार परीक्षा बोर्डले उमेरका कारण एसइई परीक्षाबाट बञ्चित नगराउनको लागि सबै स्थानीय तहलाई उमेर सच्याउनमा समन्वय र सहजीकरण गर्न आग्रह गरेको छ ।