Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

लाइसेन्सको विवरण अब फेसबुकमै

०६ शुक्रबार , मंसिर २०८२१० घण्टा अगाडि

लाइसेन्सको विवरण अब फेसबुकमै

यातायात व्यवस्था विभागले छपाइ भइसकेका वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण फेसबुकमै राख्ने भएको छ । विभागले एक सूचना जारी गर्दै सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने जानकारी दिएकाे हाे ।

यसअघि यस्ता लाइसेन्सको जानकारी प्रणालीमार्फत ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भनेर सन्देश पठाउने गरिएको थियो । तर जेनजी आन्दोलनमा उक्त प्रणाली ध्वस्त भएको थियो । फेसबुक पेजमा विवरणसहितको नाम समावेश भएको अवस्थामा आवेदनहरू सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्र लिई विभागमा उपस्थित हुन पनि विभागले अनुरोध गरेको छ ।