
आज बिहान पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणकाे लागि दाङबाट आएका विद्यार्थी बाेकेकाे बस रानीमहल जाने क्रममा दुर्घटनामा परेकाे थियाे ।
उक्त दुर्घटनाका घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जनाएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेकाे बताइएकाे छ ।
यता धनकुटाको पाख्रिवासमा हाइस दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने १४ जना घाइते भएका छन् । काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी कम्पानीको हाइस माइक्रो अनियन्त्रित भई दुर्घटना भएको थियाे ।
उक्त दुर्घटनामा संखुवासभा सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेतीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । ईलाका प्रहरी कार्यालय पाख्रिबासका प्रवक्त नारायणप्रसाद भट्टराईको कमाण्डमा प्रहरी टोली पुगेर घाइतेहरूको उद्धार गरेर विभिन्न सवारीसाधनमार्फत जिल्ला अस्पताल धनकुटा पुर्याइएको छ ।


