
नेपाल प्रिमियर लिग (एनपीएल) काे दोस्रो संस्करण अन्तर्गत आज सुदूरपश्चिम र पोखरा प्रतिस्पर्धा गर्दैछन् । त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेलमा सुदूरपश्चिम र पोखरा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
पहिलो खेलमा विराटनगर किङ्ससँग ५३ रनले हारेको पोखरा पहिलो जितको खोजीमा रहँदा साबिक उपविजेता सुदूरपश्चिम जितको लय कायम राख्ने लक्ष्यमा रहेकाे छ । यसअघिकाे खेलमा सर्वाधिक उच्च २२१ रनको लक्ष्य पछ्याएको पोखराले हार बेहाेर्न परेपनि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाउन सफल भएका थिए ।
यसअघि गत पहिलाे संस्करणमा पोखरा र सुदूरपश्चिमबीच लिग चरणमा एक खेल भएको थियो भने उक्त खेलामा सुदूरपश्चिमले ५ रनको झिनो अन्तरको जित निकालेको थियो । दोस्रो संस्करण अन्तर्गतकाे नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ मङ्सिर १ देखि सुरु भएर मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।


