Advertisement Banner
Advertisement Banner

२५ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मृत्यु कि जीवन ? दोसाँधमा देश

०३ मंगलबार , मंसिर २०८२९ महिना अगाडि

मृत्यु कि जीवन ? दोसाँधमा देश

जेनजीले बिद्रोह गरेर जिते । यो युद्ध जितेभन्दा ठूलो जित थियो जेनजी पुस्ताको । जेनजी असंगठित थिए, षडयन्त्रकारी नेताहरूले जेनजी पुस्तालाई यसरी फुटाइदिए कि आफैले बनाएको सरकारका गृहमन्त्रीले जेनजीलाई हपारेर भनेका छन्– को को कुन कुन दल खोल्ने, दलमा समाहित हुने हो भए हुन्छ, निर्वाचनमा गए हुन्छ । जेनजी समूहले दिएको चेतावनीलाई सुशीला कार्की सरकारले बेवास्ता गरेको छ । यही संविधान, यिनै दल, यही व्यवस्था कायम राखेर जेनजी पुस्ताको त्याग र बलिदानको खिल्ली उडाउन थाले दलहरू । जेनजीहरू भनिरहेका छन्– प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीका निर्वाचन । भ्रष्टाचारको अन्त्य, सुशासन । जेनजीका यी सबै मागहरू संवोधन भएनन् ।  जेनजीलाई परास्त गरियो ।
बुद्धिजीवी भन्छन्– संवाद, सहमति र सहकार्यले मात्र राष्ट्र जिवन्त हुनेछ ।