
२०८२ मंसिर २, काठमाडौं ।
साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुल्ला "आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता - २०८२" को सूचना सार्वजनिक गरेको छ । सो प्रतियोगिता अमेरिकामा रहनु हुने समाजसेवी सपना राउतले रकम प्रायोजन गर्ने पनि जनाएको छ ।
सो प्रतियोगिताको लागि कविता समसामयिक विषयमा लेखिएको हुनुपर्ने पनि जनाएको छ । साथै प्रतियोगितामा ४० वर्ष उमेर ननाघेकाहरू मात्र सहभागी हुन पाउनेछन् र कविता अप्रकाशित हुनुपर्ने पनि संघका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुनेले रु. ३०,०००/- , दोश्रा हुनेले रु. २०,०००/- र तेस्रा हुनेले रु. १०,०००/- सहित प्रमाणपत्र पाउने पनि उल्लेख गरिएको छ । साथै सहभागी उत्कृष्ट २५ कविलाई प्रमाणपत्र प्रदान प्रदान गर्ने पनि जनाइएको छ ।
संघले प्रतियोगिताको लागि कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८२ पुसमसान्तलाई तोकेको छ ।
प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरूको सङ्ग्रह प्रकाशित गर्ने पनि जनाएको छ । साथै प्रतियोगिताको लागि कविता पठाउन Sapasa2029@gmail.com इमेल आइडी पनि उल्लेख गरेको छ ।


