Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

दोलखाको च्छो रोल्पा र दुध कुण्डमा छायांकन गरिएको सुरेश कुँवरको ‘सोच’

०४ बुधबार , मंसिर २०८२एक बर्ष अगाडि

दोलखाको च्छो रोल्पा र दुध कुण्डमा छायांकन गरिएको 
सुरेश कुँवरको ‘सोच’

काठमाण्डौं ।
र्यापर सुरेश कुँवर ‘भिलेन–३९’ को नयाँ गीत ‘सोच’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। आर एन्ड बी शैलीको यस गीतका शब्द तथा संगीत स्वयं कुँवरले नै तयार पारेका हुन्।

दोलखा क्षेत्रमा धार्मिक तथा प्राकृतिक सुन्दरता बोकेका च्छो रोल्पा ताल, दुध कुण्ड लगायतका अन्य मनोरम स्थानमा छायांकन गरिएको भिडियोमा क्यामेरामा लोकेन्द्र सुब्बा र निर्देशनमा बिक्रम तिमल्सिना रहे का छन्।

यसअघि ‘माया’, ‘रातको निन्द्रा’, ‘हामी नेपाली हो’ लगायतका थुप्रै गीत सार्वजनिक गरिसकेका कुँवरले ‘सोच’लाई फरक धारको सिर्जना भएको बताएका छन्। उनका अनुसार भिडियो दोलखाको हिमनदी क्षेत्रको सुन्दरता समेट्दै ४५८० मिटर उचाइमा रहेको च्छो रोल्पा ताल र ४७०० मिटर उचाइमा अवस्थित पवित्र दुध कुण्डमा छायांकन गरिएको हो।

यस्ता उच्च उचाइका स्थानमा छायांकन भएका भिडियो कम पाइने उल्लेख गर्दै कुँवरले यसले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। आगामी दिनमा देशका विभिन्न स्थानमा गएर अन्य गीतका भिडियो पनि छायांकन गर्ने योजना रहेको उनले बताए।

गीतको भिडियो कुँवरले ‘भिलेन–३९’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्।