Advertisement Banner
Advertisement Banner

०८ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

साहित्य

Image

जनताको भोटले जित्नेहरु, सत्ता र कुर्चीको खेलमा छन् 

कोही कंमिसनको दौडमा अनि कोही आँसुको भेलमा छन् 

सम्वृध्दीको नारा खोक्नेको चटक हेर्दै मजदुरी गरी खानेहरु, 

बिचरा, कोरोनाको त्राससंगै, लकडाउनको जेलमा छन ।

रवि श्रेष्ठ
Image

जनतालाई दुई छाक, टार्न गारो भयो 

अधुरा सपना साकार, पार्न गारो भयो 

कहीँ कतै समस्याको समाधान भेटिदैन 

विनासकारी दुष्ट कीरा, मार्न गारो भयो । 
 

लक्ष्मी मुडवरी पण्डित
Image

अधिकार दाउमा पर्छ एक भोट लाउँदा अचेल 

दश दुनियाँले कुर्छ गरिबको घर धाउँदा अचेल 

बदलिएछ मतलबी दुनियाँ यो हाम्रो 

मुख बन्द गराइदिन्छ सत्य गीत गाउँदा अचेल । 
 

संगम सुधा थापाकालिम्पोङ
Image

जलेर जान्छ एकदिन यो जिन्दगानी 

जसरी सुकेर जान्छ खहरेको पानी 

आज तिम्रो धन भोली अर्कोमा सर्छ, 

धनको घमण्ड गर्दै नगर खानदानी ।

नवराज खरेलदाङ
Image

भाइ भन्छ फकाउन काकालाई पनि 

हात लिन्छ भाइमार्न डाँकालाई पनि

 मोटाउँदैमा आफ्नै छोरो बाउ हुन्न बुझ 

नदी तर्न कागजको नाउ हुन्न बुझ ।

जीविका अश्रुसिक्किम
Image

भोकै राखेर सकारात्मक सोच भन्छ सरकार 

भोकै राखेर आदेश पालन गर भन्छ सरकार 

घरभित्र बन्दी बनेर खै कहिलेसम्म भोकै बस्ने हजुर 

भोकै राखेर ब्रम्हलुटबारे नबोल भन्छ सरकार ।

राधेश्याम लेकालीकाठमाडौं
नेपालमा बिजुलीको समस्या हुँदाहुँदै भारतमा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युत कटौती गरेर भारतमा निर्यात

शिव सिग्देलकाठमाडौं
Image
गुनासो

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युत कटौती गरेर भारतमा निर्यात नगरेको बताएका छन्।अहिले नेपालमा बिजुली आपूर्तिमा समस्या भइरहेको र यसलाई बेवास्ता गरेर प्राधिकरणले भने भारतमा निर्यात गरेको भन्दै प्रश्न उठिरहेको छ।

शाश्वत शर्मा
Advertisement Banner
Showing 11 of 11 Pages