
कुरा गर्दा सर्वस्व जाला जस्तो भए पनि
पराईले सर्लक्कै खाला जस्तो भए पनि
सहयोग बिना त जीवन चल्न कठिन हुन्छ
मिलेरै बस्नुपर्छ अरुको चाला जस्तो भए पनि

तिम्रो मन घरतिरै छ भन्ने मभित्र विश्वास छ
तिम्रो तन गाउँतिरै छ भन्ने मभित्र विश्वास छ
अरुले जेसुकै भनुन् प्यारा म सुनेर उडाइदिन्छु
तिम्रो सोच देशतिरै छ भन्ने मभित्र विश्वास छ ।

मेरै कालीको चिसो पानी पिउन मन छ
दशकौं पहिले हराएका घरा सिउन मन छ
लिपुलेक, कालापानी कैयन मेरा अङ्ग
यही मेरो अँगालोमा सँगालेर जिउन मन छ ।

रातको जस्तै अँध्यारो दिनको कहानी भएको छ
महामारीजस्तै अर्को प्रलयको कहानी भएको छ
नाना थरिका प्राकृतिक आपत विपदमा पनि हाँसेर
मान्छेको सहारा भगवान, नयाँ कहानी भएको छ

हर मोडमा कति जीवन बाँधिएको देख्छु यहाँ
मानिसहरु त्यसै–त्यसै आत्तिएको देख्छु यहाँ
स्वार्थीपनमा मान्छेको मन साटिन थालेपछि
बिना अर्थ साटेको मन भाँचिएको देख्छु यहाँ ।

जनताको भोटले जित्नेहरु, सत्ता र कुर्चीको खेलमा छन्
कोही कंमिसनको दौडमा अनि कोही आँसुको भेलमा छन्
सम्वृध्दीको नारा खोक्नेको चटक हेर्दै मजदुरी गरी खानेहरु,
बिचरा, कोरोनाको त्राससंगै, लकडाउनको जेलमा छन ।

जनतालाई दुई छाक, टार्न गारो भयो
अधुरा सपना साकार, पार्न गारो भयो
कहीँ कतै समस्याको समाधान भेटिदैन
विनासकारी दुष्ट कीरा, मार्न गारो भयो ।

अधिकार दाउमा पर्छ एक भोट लाउँदा अचेल
दश दुनियाँले कुर्छ गरिबको घर धाउँदा अचेल
बदलिएछ मतलबी दुनियाँ यो हाम्रो
मुख बन्द गराइदिन्छ सत्य गीत गाउँदा अचेल ।

जलेर जान्छ एकदिन यो जिन्दगानी
जसरी सुकेर जान्छ खहरेको पानी
आज तिम्रो धन भोली अर्कोमा सर्छ,
धनको घमण्ड गर्दै नगर खानदानी ।
भाइ भन्छ फकाउन काकालाई पनि
हात लिन्छ भाइमार्न डाँकालाई पनि
मोटाउँदैमा आफ्नै छोरो बाउ हुन्न बुझ
नदी तर्न कागजको नाउ हुन्न बुझ ।
भोकै राखेर सकारात्मक सोच भन्छ सरकार
भोकै राखेर आदेश पालन गर भन्छ सरकार
घरभित्र बन्दी बनेर खै कहिलेसम्म भोकै बस्ने हजुर
भोकै राखेर ब्रम्हलुटबारे नबोल भन्छ सरकार ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युत कटौती गरेर भारतमा निर्यात
