Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

पहाड, मधेसलाई अलग गर्न पाइदैन

२८ सोमबार , मंसिर २०७२११ बर्ष अगाडि

 हिमानी शाह, पूर्वयुवराज्ञी। हिमानी ट्रष्ट स्थापना गरेर समाजसेवामा लागेकी छिन्। यिनी सामाजिक सञ्जालमा पनि सक्रिय रहेकी छिन्। यिनको फोटो र यिनका ८ विचारले भन्न खोजेको कुरा बुझ्नेले खुलस्तै बुझ्न सक्छन्। १. हाम्रो देशमा, कर्मचारी र नेता नीतिगत र संस्थागत भ्रष्टाचार गर्छन्। अदालत र अख्तियार सफाई दिन्छन्, भ्रष्ट्रकै उपस्थितिमा भ्रष्टाचार विरूद्ध दिवस मनाईन्छ। २. चाहे प्रजातन्त्र आओस्, चाहे गणतन्त्र आओस्, चाहे संघीयता आओस्, केही परिवर्तन हुनेवाला छैन। जबसम्म परिचालन गर्ने नेतृत्वको बिचार परिवर्तन हुँदैन। ३. साँच्चै सबैभन्दा बलवान त समय पो देखेँ मैले त। यसले मात्र सबैलाई परिवर्तन गर्ने सामर्थ्य राख्दो रहेछ। ४. नाकाबन्दी भए पनि नेपालीलाइ त तस्कारले वचाउने रैछन्। आम्मै, ग्याँस र पेट्रोल फालाफाल सडक नै भरी, दोकानै पिच्छे। ५. भारतले सीमामा प्रतिकिलोमिटर २४ एसएसबी राख्या छ, नेपालले जम्मा ३ शसस्त्र। नेपालले नि २४ पुर्‍याएर १० गजा खाली गराउन सक्नुपर्‍यो, अधिकार लिनुपर्छ। ६. जनताहरूले बिकास माग्दा नेताहरू मुख्यमन्त्री बन्ने लोभमा सबै समुदाय मिलेर बसेको देशमा आज संघीयता लादे, संघीयता बिकास होइन, हिंसाको माध्यम बन्न गयो। ७. पावरमा रहेका नेतालाइ के फरक पार्छ नाकाबन्दीले? उनीहरुलाई त रुघा लाग्ने बित्तिकै विदेशको ढोका खुल्ल्ला भै हाल्छ। मर्ने त सोझा जनता न हो। ८. हामी नेपाली जनताले पनि एक स्वरमा भनौं– “पहाड र मधेशलाई अलग गर्न पाइदैन“।