सुरेशकुमार पाण्डे - - - -
अपराधी, भ्रष्टाचारी, कालो बजारी, गुण्डा, बलात्कारी, तस्कर आदी सबैको सरकारलाई कति धेरै चिन्ता छ । मानिदेउँ यदि यस्तै चिन्ता देशभक्तको हुनेथ्यो, देशको हुन्थ्यो,देशका लागि बलिदान दिएका सहीद र उन्को परिवारको हुन्थ्यो भने हाम्रो देश कस्तो हुंदोहोला ?
जसले खुलेआम अपराध गरेको छ, देशको झण्डा पोलेको छ, सम्विधानलाई आगो लगाएको छ ।चेलिबेटीको बलात्कार गरेर हत्या गरेको छ । उनैलाई सरकारे लगातार आम माफि दिएर संसारकै रिकाड तोड्यो । यो सरकारले कस्तो व्यक्तिलाई आम माफि दिन सिफारिस गर्नुपर्छ भन्ने हेक्का नै छैन् वा सरकार अपराधीको हातको खेलौना बनेको छ । यसले के कस्तो संदेश जान्छ? यसबारेमा कसैलाई भन्नुपर्दैन होला जगजाहेर नै छ । देशका जनताले साढे छे दशक सम्म लगातार बलिदानी पूर्ण शङ्घर्ष गरेर देश गणतन्त्रमा पुग्यो । तर आम सर्वसाधारणले के बुझ्न थाल्यो भने गणतन्त्र त मात्र अपराधी, भ्रष्टाचारी, तस्कर, कालोबजारी गर्ने, बलात्कार गर्ने र उन्को हत्या गर्नेहरूको लागी पो रहेछ । राष्ट्रियता र राष्ट्रिय भक्त वा क्रान्तिकारीहरूको लागी त यही गणतन्त्रपनि दुश्मन बन्यो । यस्तो अबस्थामा आम नागरिकले यो भन्दा पहिलेकै तानाशाही व्यबस्था ठिक थियो । भन्न थालिसकेकाछन् । कुल तिन करोड जनसंख्या भएको देशमा आठवÞटा राजा, आठ सभामुख, आठ उप सभामुख, एक सय तिसजना मन्त्री, आठ सय चौरासी सांसद पाल्न बाध्य भएका छौं ।
देशमा आयश्रोत केही छ भने त्यो हो कर, रेमिटेन्सी, अरू कुनै आयाश्रोत छैन् । एकजना नेपाली जन्मिदा बित्तीकै असी हजार ऋण बोक्नुपर्छ । बिना कारण देश ऋणमा चुर्लुम्मै डुबेको छ । बिकासको नाममा बिदेशीहरू संग हात जोडेर धन कमल्याउंने मन्त्रीहरूको मनस्थिती बनेको छ । देशभित्र बिकासका वा जिवन यापनका श्रोत साधनहरू प्रचुरमात्रामा छन् तर बिदेशीहरूको इसारामा देशको बिकास भन्दा देशलाई छिमेकीको मण्डि बनाएर मन्त्रीहरूले कमिसन खाने गर्दछन् । सङ्घियता त्यसैको नतिजा हो । एउटा गरिब देशले झिना मसिना बिकासको व्यबस्था गरेर युवाहरूलाई बिदेश पठाएर देशलाई युवाबिहिन बनाएका छन् ।
अहिले इजराल र प्यालेस्टाइनको लडाइले उग्ररूप लिएको छ । त्यहाँ रहनुभएका केही नेपालीहरू मध्य दश जनाले ज्यान गुमाइ सकेकाछन् भने कयौं घाइते भएकाछन् । आक्रमणमा परि घाइते हुनुभएको समाचार दिनौँ आइरहेको छ । हालै कृर्षी सम्बन्धी अध्यानगर्न भनी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत तिन विश्वविद्यालयको २६५जना विद्यार्थीहरू इजराईल पुगेका थिए जस्मा सूदुर पश्चिम विश्वविद्यालयका ४९जना थिए । उनै मध्यका १७ जना बसेको बंकर माथी हमास समूहका बिद्रोहीहरूले आक्रमण गर्दा उनि दशजना विध्यार्थीले ज्यान गुमाएकाछन् । त्यो देखेरपनि इजराइल पुगेका युवाहरूमा खौफ सिर्जित भएको छ । सन्त्रास बनेको छ ।
त्यहाँ रहनुभएका सबै नेपालीहरू कसरी सुरक्षित रहन सकिन्छ भन्ने उपाय सरकारले अबिलम्वन खोज्नुपर्दछ । मानिस मरिसकेपछि दिने अनुदान वा आश्वासनको कुनै महत्व हुँदैन । बरू समय छँदै अन्य देशहरूमा पुगेका युवाहरूमा पनि यस्तो आइपरेको समस्याबाट कसरी जोगाउँने भन्नेबारे सरकार सचेत रहनुपर्दछ ।
बिभिन्न देशभित्र रोजगारीका लागि पुगेका नेपालीहरू त्यँहाको स्थानिय समस्याहरूमा परेर अकालमा मारिएका हुन्छन् । विसं २०६१ मा जोर्डन हुंदै इराकमा पुगेका १२ जना नेपालीहरूले ज्यान गुमाएका थिए । आतङ्वादी समुह सुन्निले भदौ १५गते राती हत्यागरेको थियो । साँचैभन्दा सधैभरी हाम्रो देशका श्रमजिविहरूको अन्य देशका श्रमजिविहरूको भान्दा अतिरिक्त समस्य हुन्छन् । पहिलो श्रमजिवि दोस्रो प्रवाशी श्रमजिविहरूको समस्या । आम श्रमजिविको भन्दा प्रवाशमा बसेका नेपालीहरूको अतिरिक्त समस्य बढी हुनेगर्छन् । जुन देशमा त्यहाँको स्थानिय आतङ्कवादीहरूको सिकार पनि हामि नेपालीहरू नै हुँनुपर्दछ । हाम्रो देशभित्र रोजगार उपलब्द नहुँनु र सरकारले बिभिन्न देश सँग श्रम सम्झौता गरेर नेपाली युवाहरूलाई बिदेशमा रोजगारीकालागि पठाउने व्यबहारले गर्दा युवाहरू अर्को देशमा अपहेलित मात्र हुँदैनन् । त्यो देशको मजदुर श्रमजिविहरूको आँखाको कसिङ्गर समेत बन्न पुग्छन् । नेपालीहरू आर्काको देशमा गएर त्यहाँको धनी साहु महाजन वा कम्पनीहरूमा उनिहरूले तोकेको ज्यालामा उनिहरूले तोकेको काम गर्न बाध्य हुन्छन् । त्यसले गर्दापनि स्थानिय श्रमजिविहरूको दृष्टिमा नेपाली मज्दुर वा श्रमजिविहरू बर्गिय मित्र हुँनुको सट्टा दुश्मन जस्तै हुनपुग्छन् । आसामको मेघालयबाट सन १९८६मा नेपाली श्रमजिविहरूलाई अत्यन्तै अमानविय अत्याचार गरेर मेघालयबाट खेदिएको थियो । आसमको बोडो आतङ्कवादीहरूले नेपालीहरूलाई आसाम छाड्ने कयौं पटक अल्टिमेटन् समेत दिएका थिए । आर्काको देशभित्र नागरिकको दयानिय अबस्था छ । तर सरकारलाई उनिहरूको चित्कार सुन्ने फुर्सत नै छैन् । एकातिर नेपालको दर्दनाक अबस्था अर्को तिर वेरोजगार युवाहरूलाई बिदेश पठाउंने नाउमा मैनपावरको लुट र दोहोरो चरित्रले गर्दा उनिहरूले पठाएका कामदारहरू अशुरक्षित हुंनु, समयमा काम नपाउंनु पाएपनि जुनकाम भनेर पठाएको हो त्यो काम र समय नपाउंनु आदि मैनपावरहरूले गरेको बद्मासी हो । जसलाई सरकारले पत्ता लगाएरकार्वाही गर्नुको साटो अपराधीहरूलाई आम माफी दिंदै आएका छन् ।
अहिलेको सरकारको योजना जसरी भएपनि बिदेशीले पठाएको सङ्घियतालाई सहि साबित गर्न सरकारले लगाएको जोडले यही बताएको छ । देशमा कर्मचारीलाई दिने तलब छैन्, कहिले मास्टरहरूको हड्ताल हुन्छ,कहिले डाक्टरहरूको हड्ताल हुन्छ । तर सरकारले उनिहरूलाई छक्काउँदै हड्ताललाई दमन गर्दै आएको जगजाहेर छ । ।अहिलेको यो अपबित्र गठबन्धनको सरकारका राम्रो कार्य एउटापनि गरेको छैन् । बरू अहिले सम्मकै नराम्रा कृयाकलापहरू यही सरकारले गर्दै आएको देखिन्छ ।
सरकारले गरेको राष्ट्रघाती सम्झौताहरू एमसीसी,र नागरिकता बिधेयकहरू सबैको सामुछन् । त्यस बाहेक यो सरकारले अपराधीहरूलाई दिएको आम माफीको लामो लिष्ट छ । अहिले धेरैजसोले यो सरकारको अपराधी, तस्कर गुण्डाहरू सँगको गठबन्धन त छैन् भनेर सङ्का जाहिर गर्दै आएका छन् । खुलेआम हत्या गरेका हत्याराहरूले आम माफि पाएपछि देशैभरिका सर्वसाधारण नागरिकहरूमा एकप्रकारको डर त्रास छाएको देखिन्छ । खुद देशका प्रधानमन्त्री जस्तो सिटमा बसेकाले आफुले पाँच हजार मानिस मारेका भन्छन् । कहिले प्रधानमन्त्री बन्न आफुलाई भारतले सहयोग गरेको स्विकार गर्छन् । यो अपराधीकरण नभए के हो ?