Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उदार तानाशाहको बिकल्प रहेन

२७ बुधबार , भाद्र २०८०एक बर्ष अगाडि

उदार तानाशाहको बिकल्प रहेन

प्रेमसागर पौडेल- नेपाल—चाइना म्यूचुअल कोपरेशन सोसाइटी - - - 
एमसीसीले पश्चिमाका दलालहरू नाङ्गेझार भए भने नागरिकता संशोधन विधेयकले अन्यको पनि मुखुण्डो उघारियो । दिल्लीमा भएको कमिटमेण्ट देशको हितमा छैन । लाखौं जनता सडकमा उतार्ने प्रधानमन्त्री पुष्पकमल दाहालको उद्घोषका पछाडि उनको अस्तित्व रक्षाको प्रश्न लुकेको छ ।
सरकार किन राष्ट्रघाती विधेयक पास गराउन र अन्य अराष्ट्रिय काम गर्न मरिहत्ते गरिरहेको छ ?
नेपाली सेना र हामी जनता मिलेर देश बचाउने अवस्था आएको महशुस हुँदैछ ।
राजनीतिक दलहरू र तिनका नेतृत्वको बोली र ब्यवहार देश तथा जनता विरोधी देखियो । बेथिति र अराजकताबाट पार पाउन उदार तानाशाह जरूरी भयो ।
नेपालजस्तो आर्थिक रूपमा टाट पल्टिन लागेको देशमा जनप्रतिनिधि भनाउँदाहरूले जुकाले जसरी देश चुस्नु कदापि राम्रो होइन । फेरि भन्छु– म मेरो देशको सार्वभौमसत्ता, अखण्डता, समृद्धि र स्थायित्वका लागि उदार तानाशाहको पक्षमा छु ।