Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पश्चिमा साम्राज्यवादको रणनीति

२६ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

पश्चिमा साम्राज्यवादको रणनीति

सुरेशकुमार पाण्डे - - - -
सदियौँ देखि गुलाम नभएको देश नेपाल विरहरूको भूमि हो । जो विर अंग्रेजी हुकुमतको सामु कहिल्यै झुकेनन् । हप्तौँ सम्म खलङ्गाको नालापानी युद्धमा पानीको मुहान नै थुनेर पनि झुकाउन नसकेको अंग्रेजले नेपाल सँगको शङ्घर्षको स्वाद नचाखेको होइन ।
भारतको भूमिमा तिनसय वर्ष आफ्नो हालिमुहाली गरेको अंग्रेज नेपालीसँग किन सम्झौता गरेर पछि स¥यो ? उसलाई डर थियो नेपालीहरू सँग लडाई जितेपनि ठुलो घाटा हुनेछ । नेपालीलाई झुकाउँन त्यती सजिलो थिएन् । जति सजिलो सम्झौता गरेर जमिन र विरहरूको पौरख लुट्न सकिन्थ्यो । सन् १८१५÷१६को सुगुलीमा भएको घृणित सन्धी,र गोरखा भर्ति केन्द्र खोलेर नेपाली युवाहरूबाट पनि अंग्रेजले ठुलो फाइदा उठायो ।
नेपालीलाई उस्ले नेपालीसँग पनि लडायो र छिमेकी मुलुकहरूलाई आफ्नो अधिनस्त गराउन नेपाली फौजको प्रयोग गर्यो । इतिहासबाट सब सिकेको अंग्रेजको उदेश्य अहिले नेपालको धर्तीलाई प्रयोग गरेर चीनसँग युद्ध गर्ने उस्को रणनीति नै हो । त्यो वेला उस्ले पुराएको दिमाखले अहिलेपनि फाइदा उठाइरहेको छ ।
भनिरहनु पर्दैन् नेपाल एसियाकै ठुला÷ठुला दुइ देशको चपेटमा छ । दुइ ढुङ्गाको तरूल बनेको नेपाल भारत र चीनसँगको समुधर सम्बन्धकै कारण पनि जिवित छ । कुनै पनि एउटा देश सँग गर्ने व्यवहारमा सन्तुलन डगमगायो भने देशको अबस्था बिकराल हुनसक्छ । कहिले चिनले तान्छ भूमि, त कहिले भारतले तानिरहन्छ ।
आर्थिक अबस्थामा कम्जोर देश, थोरै जनसंख्या भएको देश नेपाललाई सुगौलीको सन्धीबाट मेची र महाकालीमा सिम्टायो । टिष्टा देखी सतलज सम्म फैलिएको बिशाल भूमी अहीले सानो भएर पनि आफ्नो अस्तित्वको लडाई लडिरहेको छ ।
हाम्रो बिदेश नीति असंलग्न छ । तर अमेरिकी एमसीसीलाई समर्थन गरेपछि हाम्रो बिदेशनीतिमा असर पर्ने प्रष्टैछ । भदौ १३ देखि ५ वर्षका लागि एमसीसी कार्यान्वयनमा गइसक्यो । लाभ के कति हुने हो, संसदले जनतालाइ बताएको छैन । 
भारतपछि अमेरिकाको नेपाल प्रवेश, यसकारण चीन सशंकित छ ।
५० करोड डलर अनुदानको नाउमा यो परियोजनाका लागि २०७४मा नेपाल र अमेरिका बिच सम्झौता भएकोथियो । एमसीसी सम्झौता ३० असार २०७६मा संसदमा दर्ता भयो । त्यो वेला एमालेका अध्यक्ष केपी शर्मा ओलि प्रधानमन्त्री थिए । २९ भदौ २०७४ मा सम्झौतामा हस्ताक्षर हुँदा नेपाली कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउपाको नेतृत्वमा सरकार थियो । १८जेष्ठ२०७४मा वार्ता टोली पठाउँदा पुस्पकमल दहाल प्रधानमन्त्री र अर्थ मन्त्री कृष्णबाहादुर महरा थिए । सुशिल कोइराला प्रधानमन्त्री हुँदा २०७१ चैत्र २३ मा निर्देशक समिति गठन भएकोथियो । २७माग२०६८मा तत्कालिन माओवादी नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री भएको वेला एमसीसी सँग समन्वय गर्न अर्थमन्त्रालय वैदेशिक सहयोग हेर्न सहसचिवलाई सम्पर्क व्यक्ति तोकिएको थियो । संसदले एकमतले एमसीसी पारित गरेपछि संसदको जिम्मेवारी हो, जनतालाई बुझाउने ।
अब प्रवेस गरौं छिमेकीको उदेश्य तिर ! बिगत केही वर्ष देखी खास गरेर भारतको आजादी पछिको एकदशकलाई छाडेर त्यसपछिका वर्षहरूमा नेपाललाई हेर्ने दृष्टिकोणमा भारतको गुणत्मक फरक छ । भारतको आजादीमा नेपाली जनताहरूले जुनप्रकारको भूमिका निर्वाह गरेका थिए, त्यसको बद्लामा हामीले छिमेकी मुलुक सँग जस्तो अपक्षा गरेका थियौँ त्यसको ठिक उल्टो भयो । हस्तक्षेप जारी छ ।
नेपालले इमानदारी र बफादारी देखाएपनि छिमेकले बिस्तारै देशको सार्वभौमिक्तामाथि गरेको कुदृष्टी कै परिणाम आज देशको अबस्था प्रष्ट देखिन्छ । छिमेकीहरूलाई सुस्त सुस्त आफ्नो उपनिवेस बनाउँने भारतको प्रयासनै रहँदै आएको छ । सन १९४७ पछि जव भारतले आजादी प्राप्त गर्यो उस्ले अंग्रेजको पदचिन्हमा आफुलाई हिंडाल्न थाल्यो । भारत सँग फुटेको पाकिस्तानको पूर्वको एउटा हिस्सालाई स्वतन्त्रताको नाउमा अलग राष्ट्र १९७१ बाँग्लादेश भारतकै रोहवरमा बेग्लै देशको रूपमा अस्तित्वमा आयो । र सिक्किम सन १९७५मा भारतको एउटा प्रान्त बनायो । त्योभन्दा पहिले सिक्किम स्वतन्त्र मुलुक नै थियो । त्यहाँको राजा च्वगेल सिक्किमका जनताले स्वतन्त्रता चाहान्थे । त्यसैको फाइदा उठाएर भारतले सिक्किमका राजासँग बारम्बारको सम्झौता गर्दै राजालाई पेण्डुलुम बनायो र लेण्डुपको सहयोगमा पुरै देशमाथि कब्जा जमायो । यही अवस्था अहिले नेपालको छ ।
हाम्रा नजिकका शक्तिशाली देश भारत र चीन नै हुँन् र चीन भन्दापनि नजिकको सम्बन्ध हाम्रो सदियौं देखि भारत सँग रहंदै आएको छ । हाम्रो रहनसहन परम्परा र खुला सिमानाका कारणले पनि भारत र नेपालको आम व्यक्तिहरू वेरोक टोक आउने जाने चलन रहँदै आएको छ । र भारतको आजादी पछि सन १९५०मा भएको शान्ति तथा मैत्री सन्धिले पनि दुबै देशका जनताहरूले आवतजावत गर्ने छुट दिएकाले वेरोकटोक आउने जाने गरिन्छ । नेपालीहरू मज्दुरी गर्न भारत पस्छन् भने भारतियहरू नेपालमा आएर व्यापार र आआफ्नो पेसा गर्दछन् । त्यसकारणले हाम्रो भाषा, संस्कृती रहन सहन भेषभुषा आदीमा समानता देखापर्द छ । अहिले त भारतको बिहार जस्तै नेपालका मधेशहरू बनेकाछन् । कपाल काट्ने र कवाडी देखि लिएर ठुला ब्यापारीहरू भारतीय नै छन् ।
सन १९५० को सन्धिलाई गम्भिर रूपमा अध्ययन गरेर यसबाट भएको असमान पक्षलाई हटाउनैपर्छ । यस सन्धिले दिएको अधिकार लिएर पञ्चशीलको आधारमा सन्धि गरेर जानु पर्दछ । तर हाम्रा नेताहरूले सन्धिलाई नै चुनावी मुद्धा बनाउँदै आएका छन् । सरकारको बाहिर भए भने असमान सन्धि भन्ने र त्यसको खारेजीको मागलाई लिएर आन्दोलन गर्ने । उही राजनीतिक पार्टी सत्तामा पुग्यो भने त्यो सन्धिलाई असमान नदेख्ने । र त्यस्तै प्रकारका असमान सन्धि निरन्तर जारी छन् ।
अहिले भारत सँगसँगै पश्चिमा साम्राज्यवाद नेपाल भित्र पसेको छ । त्यो अवसर हाम्रै दलाल नेताहरूले प्रदान गरेका छन् । एउटा धर्मको माध्यमबाट, आर्को एमसीसी जस्तो राष्ट्रघाती सम्झौताबाट अंग्रेज फेरी हाम्रो देशभित्र पस्ने मौका पाएको छ । देशमा पहिले एकमात्र हिन्दु धर्म र त्यो हिन्दु धर्मले गरेको बिभेदका कारण दलित समुदायहरूको वीचमा इसाई धर्मको पासा फाल्न सफल भएको छ ।
देशले धर्म निरपक्ष अपनाएर सबै धर्मलाई सम्मान दिने प्रावधान गरेको छ । तर हिन्दु र इसाई धर्मको बिचमा शंङ्घर्ष हुने धमिलोपन सिर्जित गरिदैछ । देशको यस्तो कहालीलाग्दो अबस्थालाई देखेर पनि जिम्मेवार हुन कोही सकेका छैनन् । देशभक्तहरू राष्ट्रियताको लागि एकगठ हुनुको साटो अनेकतामा लाग्नु दुःखलाग्दो बिषय हो ।