Advertisement Banner
Advertisement Banner

१८ शुक्रबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

Image

पुरुषले होस् कि महिलाले हिंसा हुनुहुन्न

देवी काफ्ले

१९ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

पुरुषले होस् कि महिलाले हिंसा हुनुहुन्न

हामीलाई थाहा छ, कुनै स्वास्नी मानिसमाथि कुनै पुरूषको कुदृष्टि परेमा के हुन्छ ? हुनत स्वास्नीमानिसलाई आरोप लगाउनु अत्यन्त सजिलो हुन्छ र यो संस्कृति अत्यन्तै प्रचलित पनि छ, मानिसहरू बलात्कारीलाई दोष नदिएर, बलात्कारको सिकार स्वास्नीमानिसलाई नै दोष दिन्छन् र भन्छन् ती महिलाको लवाइ, दृष्टि वा चालचलनले नै उसलाई बलात्कारका लागि प्रेरित ग¥यो होला । कति सहज छ आरोप लगाउन ?
महिलालाई कुनै समस्या देखेमा लोग्नेमानिस सधैं लोग्नेमानिसकै पक्ष लिन्छन्, किनकी लोग्नेमानिसले नै लोग्नेमानिसको चरित्र चिनेको हुन्छ । यी लोग्नेमानिसहरूबीच एक अलिखित सम्झौता हुन्छ, एक अर्कोलाई आवश्यक परेको बेला सहयोग गर्ने र सहयोग गर्छन् पनि । यसकारण महिलाहरू सधैं प्रताडित हुने गर्छन् ।
हल्लाबाट हार स्वीकार्ने महिला हार्छन्, बिस्तारै महिलामा हौसला र आँट विकसित हुनथालेको छ । महिलाले कहिले पनि आफूमाथिको गाली बेइज्जती स्वीकार गर्नुहुन्न । हो, वर्तमान समयमा कतिपय महिला पनि पुरूषमाथि हिंसा गर्छन्, त्यस्ता अनेकन घटना समाजमा, अदालतमा देखिन थालेका छन् ।
अपराध पुरूषले गरून् कि महिलाले, अपराध अपराध नै हुन्छ । हिंसा हिंसा नै हुन्छ र हिंसा दुबैपक्षले सहनु हुन्न । हिंसामा फरफारक भए हिंसाको बढोत्तरीमा ब्रेक लाग्नसक्छ, हिंसा कम हुँदै जान्छ । समाज सभ्य हुनसक्छ, सभ्य बनाउनु पर्छ ।
महिला वा पुरूष जसले हिंसा गर्छन्, ती दण्डित हुनैपर्छ । अहिलेसम्म बढी हिंसा पुरूषबाट हुँदै आएको छ । महिलाले हिंसा गरेका घटना पनि छन् । हिंसा गर्ने शिर ठाडो पारेर उभिन सक्दैनन्, हिंसालाई कसैले पनि प्रोत्साहित गर्नु हुँदैन ।
अधिकांश मानिस आज पनि स्वास्नीमानिसबिरूद्ध हत्या–हिंसा, निरन्तर यौन शोषणलाई गलत ठान्दैनन्, किनकी समाजमा यस्ता घटना भइरहन्छन्, त्यसैले यस्ता घटना बारे सुन्ने सबैमा बानी परिसकेको छ । निश्चित रूपमा ‘केटीहरू कुनै पनि हालतमा मजाक अथवा छेडछाडकी वस्तु’ होइनन् । स्वास्नीमानिसलाई देख्नेबित्तिकै उनीमाथि सेक्सी ताना कस्न पुरूष अधिकार सम्झन्छन् तर उनीहरूलाई यस्तो अधिकार बिलकुलै छैन । उनीहरू स्वास्नीमानिसहरूसँग जथाभावी कुनै अवस्थामा पनि गर्न सक्दैनन् । त्यसो गर्नु अनैतिकताको पराकाष्ठा हो । क्रान्तिकारी लेखिका तस्लिमा नसरिनको शब्दमा ‘आइमाईको कुनै देश छैन ।’ 
मैले यो अंश साभार किन गरें कि आज पनि पुरूषहरूको दृष्टिकोण फेरिएको छैन । केही समयअघि इन्द्राणीमाथि हिंसा भयो । एउटा उच्च पदस्थ कर्मचारी अर्थात् प्रोफेसर हुन् । यस्ता उच्च तहमा पनि महिला हिंसामा नपर्ने होइनन् । ठिक यस्तै प्रबृति नेपालमा पनि बिद्यमान छ । महिला देख्नासाथ जतिसुकै जिम्मेवार वा उच्च पदस्थ होउन् उनीहरू सेक्सका लागि लोभ देखाउँछन् र सफल भएनन् भने महिलालाई चरित्र हत्या गर्न अलिकति समय पनि लगाउंदैनन् ।
आज महिला हकहितका नियम कानून बनेता पनि पुरूषको नियत बदलिएको छैन । कानुनमा महिला र पुरूषलाई समान अधिकार दिइएको छ । पुरूषहरू कुनैपनि हालतमा महिलाको अधिनमा रहन कल्पना पनि गर्दैनन् । त्यसैले त आज पनि समाजमा घटेका जुनसुकै हिंसात्मक घटनामा सबैभन्दा पहिला महिला नै दोषी देखाईन्छन् । म चाहान्छु आजका कामकाजी महिला पनि इन्द्राणी जस्तै अटल र अडिग बनेर हिंसाको प्रतिवाद गरून् । ढटेर मुकाबिला गरून् ।
अपठित र सोझासिधामाथि मात्र होइन, पढेलेखेका र आत्म निर्भर महिलामाथि पनि हिंसा हुन्छ । बिरोध गर्दा समाजले र परिवारले के सोच्ला भनेर चुप लाग्दा निर्दोष हुँदाहँुदै पनि कालो पोतिदिन्छन् । त्यसैले जो जहाँ जस्तो ठाउँमा हुनुहुन्छ आफुमाथि भएको हिंसाको डटेर बिरोध गरौं । हिंसा गर्नबाट महिला पनि बचौं ।