Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

धार्मिक र जातीय लडाईं गराइँदैछ

१८ सोमबार , भाद्र २०८०एक बर्ष अगाडि

धार्मिक र जातीय लडाईं गराइँदैछ

सुरेशकुमार पाण्डे - -
देशमा जातीय र धार्मिक संघर्षको सुरूवात गर्ने प्रयास हुँदैआएको छ । यसबाट आखिर कसलाई फाइदा पुग्ला ? साम्राज्यावादी शक्तिले यो देशलाई आफ्नो युद्धको मैदान बनाउन खोजेकै छ । यो गम्भीर विषय हो ।
हाम्रो देश बहुजाती बहुभाषि बहुधार्माक हो ।सम्विधानमा धर्मनिरपक्षता उल्लेखित छ । धर्मनिरपक्षताको अर्थ सबै धर्महरूको सम्मान गर्नु हो ।
छिमेकीले हीन्दु धर्म लाधेर देशमा आफ्नो हैकम जमाउँन खोज्दै छ भने । अमेरिकन साम्राज्यवादले आफ्नो स्वार्थ पुरागराउँन एमसीसीलाई देश भित्राएको छ ।
देशको सम्विधान २०७२ बन्नुभन्दा पहिले खास गरेर कथित जनयौद्धको ताक गरू काटेर खाने कामहरू भएकै हो । त्यो मात्र होइन कतिपय आफुलाई कम्युनिष्ट भन्नेहरूले गोरूको मासु नखानेलाई कम्युनिष्ट हुँनैसक्दैन पनि भनेका थिए ।
त्यो बिचारले त्यो वेला कस्को प्रतिनिधित्व गरेकोथियो ।त्यो त्यतीवेलाको बिषय सम्विधान निर्माण भैसकेपछि सकियो ।
त्यो एउटा युद्धको वेला थियो । भनिन्छ युद्ध र प्रेममा सबै कुरा जाती हुन्छ ।त्यस्तो कुनैकुराको असम्भव नै छैन् भनेर भनिन्छ ।
जेहौस खास गरेर आफुलाई कम्युनिष्ट भन्नेहरूको यसमा केही हदसम्म हात छैन भन्न मिल्दैन् । जातीय द्वौन्द फालाउँन धार्मिक सम्प्रकदाइक फैलाउँन देशभित्र अराजकताको बिजारोपण गर्न त्यो वेलाका कयौँ आफुलाई कम्युनिष्टका नेता हौं भन्नेहरूले गरे । उनीहरूले जानि नजानी गरेका यिनै कृयाकलापको परिणाम अहिले देश र जनताले भोग्दैछन् । वास्तबमा अदुरदर्शियताले उनिहरू चुके – उनिहरू आफैले सम्विधानको निर्माण गर्दा राष्ट्रिय जनवर गाई भनेर भन्न सहमतिमा गए ।
त्यो वेलामा थुप्रै विक्लप थियो ।गैण्डा थियो,हात्थि थियो घोंडा थियो यिनै मध्य राष्ट्रिय पसु बनाएको भए त अहिले यो बिवाद नै हुनेथिएन् । जनयुद्ध कालमा आफैले काटेर खाने अनि त्यही गाइलाई राष्ट्रिय पसुभनेर सम्विधानमा उल्लेख गर्ने किन? हामि धार्मिक कुरा नगरौँ ।
कुनैपनि धर्मले कुनैपनि पसुलाई काटेर खानुपर्छ भनेर भन्दैन होला ।तर हाम्रो देशमा देवी देवताको नाममा कुलकुलानिको नाममा बलि दिने सामाजिक परमपरा नै छ ।तर सदियौँ देखि गाइलाई भने हाम्रो देशमा बली दिएको भेटिदैंन ।
हाम्रो समाजमा गाईको दुध खाने गोरूलाई नारेर खेत बारी जोत्ने सदियौँको चलन छ । त्यसैले होला गाई गरूको पुजा गर्नेगरिन्छ ।हाम्रो गाई प्रतिको आत्मिय समबन्धले गर्दापनि गाईलाई काटेर खान मनले मान्दैन ।
यो हीन्दु धर्ममा मात्र होइन आफुले प्रयोग गर्ने समान बस्तुलाई पुज्ने चलन सदियौं देखि जहाँकही जुनसुकै धर्म मान्ने श्रमजिविहरूको रहेको छ ।
छिमेकी मूलुक भारतमा बिगतमा विफको खुबै बिरोध भयो ।तर राज्यले पत्ता गर्दैजाँदा करडौँ रूपियाको कारोबार मुम्वैमा मात्र विफमै भयको देख्यो ।खास गरेर हरियाणा, पञ्जाब उत्तरा खण्ड,उत्तराअंञ्चल, हिमाचलको केही हिस्सामा अहिलेपनि हीन्दु बिचारको व्यापकता छ । त्यो ठाउँमा किसानहरूले गाइ पुज्ने चलन आम छ तर कयौँ ठाउँहरूमा गरूको मासु खाने चलनपनि छ ।
तर पनि त्यसको बिरोधगर्दा सरकार नै पल्टिनसक्ने देखेपछि यो वेला जहाँ जस्तो अबस्था देख्छन राजनेताहरू उस्तै बन्छन् ।आफ्नो सत्ता बलियो बनाउँन त्यो बिषयलाई बिस्तारै उठाउन छाडिसकेकाछन; उनिहरू चुप बसेकाछन् ।हामि अहिले जताततै नजाउँ बरू हामि हाम्रो देशले बनाएको नियम तर्फ केन्द्रित हुनुपर्छ ।
एकातिर राष्ट्रले गाइलाई राष्ट्रिय पसु भनेर घोषणा गरेको छ ।
यदि देशको संविधान मान्नेहो भने गाइ गोरूलाई काटेर नखानुपर्ने हो ।गाई काटेर खानमात्र होइन उनीहरूमा अङ्गभङ्ग गरि हातपाइ गरे पनि कैद र पचास हजार सम्म जरिमाना तोकेको छ ।
यदी खानैपर्छ भने देशको सम्विधानलाई संसोधन गरेर राष्ट्रिय जनावर अरू कुनै बनाऊँ ।जब हामिलाई थाहा छ अधिकांस जातिहरूले विफ खान्छन् भन्ने त्यो नियम बदल्न पनि सकिन्छ ।तर नियमनै बनाए पनि कसैलाई जवर्जस्ति खिलाउँन सकिदैन् ।कसैले खान्छन,कसैले खांदैनन्, यसलाई कुनैपनि धर्म र जात सँग जोडेर मुल्याङ्कन नगरौँ । हाम्रो देशमा सदियौं देखि गाइ गोरूको मासु खाने चलन थियो तर यसरी खुलेआम काटेर खाने चल्तिचलन थिएन् । लडेर मर्यो भने कतिपय मानिसहरूले खाने चलन थियो । तर देशमा कम्युनिष्ट पार्टिको उदय भएपछि यसबारेमा छलफल प्रशिक्षाणहरू निरन्तर हुँदै आएका छन् ।
एउटा खशी बोका  कुखुरा र अन्य चराचरिङ्गा काट्दा पाप नलाग्ने र गाइ काट्दा पाप लाग्ने भनेको गलत नै हो ।सबै प्रराणीहरूको हत्या गर्नु निश्चित रूपमा गलत नै हो । हामीले सकेसम्म मासु नखाएकै राम्रो हो । तर हामी खासगरेर नेपालीहरू एउटा सिकार गरेर खाने सिकारीको रूपमा चितपरिचित छौँ । गर्भै देखुन हामीले मङ्श खाँदै आएकाले छाड्न पनि गारै छ ।
अहिले थुप्रै जिव जन्तु पसूपंक्षीको रक्षाकालागि पाइला चाल्नेहरू पनि मानिसनै हुन् । बिगतका वर्षहरू भन्दा दिनानुदिन यसक्षेत्रमा मानिसहरू अगाडी आएका छन् ।पशु पंक्षिलाई शमरक्षा गर्नुपर्छ भनेर लगातार आवाजपनि उठाउँदै आएकाछन् ।
अहिले धरानमा सय वर्ष पहिले बनेको मन्दिरको सामुन्य चर्च बनेपछि बिवादहरू चर्किंदै आएको छ । वास्तविक रूपमा जस्ले नजिकै चर्च बनाए त्यो एकप्रकारले लडाइको सुरूवात गराउँन नै भएकोहो ।हर्कसाङ्पांग मियर जस्ता एउटा जिम्मेवार व्यक्तिबाट त्यसबारेमा हलुङ्गो रूपमा लिनुलाई ठिक भन्न सकिदैन । हर्क साङपाङको त्यो कांडमा हात छ छैन त्यो छुट्टै बिषय हो ।उनि एउटा मिहेनती व्यक्ति मध्यका राष्टभक्त हुन भनेर समाजले अहिले सम्म चिन्दै आएको छ ।
एउटा देशको मियर जस्तो गरिमामय पदमा बसेका व्याक्तिले यस्ता धार्मिक घटनाहरूमा आफुलाई तटस्त राख्नुपर्छ । तर उनीहरू आफैले पनि चर्चको समर्थन गरेको जस्तो अनुभूति भएको छ ।
एकातिर राज्याले समावेसि र समाजवाद अनमुख भन्छ र आर्को तिर पुसुको पनि जात निर्धारित गर्छ यो दोहोरो मापदण्ड अपनाएर देशको शान्ति सुव्यवस्थामा खलल् पुराउन खुद राज्य लाईपरेको छ । एउटा देशमा विभिन्न धार्मिक र भाषिक समुदायका मानिसहरू भएपनि देशको सम्विधान त एउटै हुन्छ । हामी सबैले त्यो सम्विधानलाई मानेर अगाडी बढ्नुपर्छ । देशको संविधान भन्दा माथि कुनैपनि व्यक्ति हुँनुहुँदैन । सम्विधान बनाउँदा सबै जात जाति र भाषा भाषिको स्वतन्त्राको हक हितको रक्षामा ध्यान दिनुपर्दछ । देशभित्र एक पल्ट सम्विधान बन्यो भन्दैमा त्यो अन्तिम होइन् बरू यसमा समय समयमा संशोधन गरेर कुनैको हक हितको बारेमा संविधानका बुँदाहरू राख्न सकिन्छ । सम्विधानमा उल्लेख बिषयहरूलाई बदल्नका लागी संङ्घर्ष गरेपनि उल्लेख बिषयलाई कार्यन्वयन गर्नुपर्दछ ।
अहिले सामाजिक सञ्जालमा ब्यापक रूपमा गाइ गोरू काटेर खाने जस्ता कुराले हाम्रो गम्भिर ध्यान खिचेको छ । यो अहिले सामन्य बिवाद जस्तो देखिएता पनि भयङ्कर हुनसक्नेछ । यसबारेमा बिना भेदभावको निश्पक्षीय छानबिन गरेर सबैलाई न्याय दिन सक्नुपर्छ । अहिले सरकारले धरानको बिषयमा जनताको ध्यान खिचेर एम सीसी जस्ता राष्ट्रघाती बिषयलाई लागु गराउने प्रयत्न गर्दैछ । देशमा अंग्रेजहरूलाई भित्राउने पुल आफै सरकारले नै बनाएको हो । अमेरिकन साम्राज्यवादलाई देशभित्राउन सरकारले जनतामा जातीय र धार्मिक कार्ड फ्याक्दैछ । धर्म र जातीय लडाई कहिल्यै सिद्भिएन; बरू देश नै सिद्धियो । कहिले कसैलाई न्याय मिल्न सकिन् ।