Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

देशमा सैनिक चिन्ता सुरु भयो : बाशुदेव वाग्ले

१४ सोमबार , मंसिर २०७२१० बर्ष अगाडि

नेपाली सेनाका वर्तमान र पूर्व प्रधानसेनापति, रथिवृन्द एकैठाउँमा भेला भएर देशको वर्तमान अवस्थामा चिन्ता प्रकट गरेका छन्। यसरी सेनाले संकलन गरेको देशव्यापी सूचनामा आधारित भएर स्थिति राजनीतिक काबु बाहिर जान लागेको भन्दै आफूलाई एलर्ट राख्नु र आउने समयमा विशेष परिस्थिति आए त्यसलाई सम्हाल्नसमेत नेपाली सेनाले तैयारी थाल्नुलाई चानचुने हिसावमा लिने गल्ती राजनीतिक नेताहरुले गरे भने त्यो अर्को भूल हुनेछ। स्थिति काबु बाहिर गयो र राजनीतिक नेताहरुले सम्हाल्न सकेनन् भने निश्चय नै सेनालाई बोलाउनु पर्ने स्थिति आउनसक्छ। बिगत साँडे तीनमहिनादेखि निरन्तर बेकावु हुँदै गएको मुलुकको शासनव्यवस्था चरमराइसकेको छ। हिंसा र हत्याका श्रृंखला बढेर गएका छन्। अराजकता सुरसाको मुखजस्तो भइसकेको छ। मुलुक गम्भीर मोडमा पुगिसक्यो।
यद्यपि नेपाली सेना राष्ट्रवादी छ। संविधानबाहिर गएर सोच्दैन, कुनै क्रियाकलाप पनि गर्दैन। तर, राजनीतिक स्थिति भाँडिदै गएकोमा सेनाले सोझो चिताउनु स्वभाविक छ। मुलुकको हित र नागरिकको पक्षमा उभिने हो सेना। नागरिकको जीउधन नै असुरक्षित भइसकेकोले तत्काल संविधान र सरकारले नियन्त्रण गर्न नसके यो सैनिक पंक्तिले मुलुकका लागि नसोचे कसले सोच्ने? यिनले नगरे कसले गर्ने? जंगी अड्डाभित्र सैनिक विश्लेषण भयो र राजनीतिक समस्यालाई त्यही स्तरमा सुधार्न भनिसकेको छ। सुध्रदैनन् र सक्दैनन् भने नहनुपर्ने राजनीतिक दुर्घटना हुन्छ।