सुरेशकुमार पाण्डे :
गरिब जनताहरूलाई धनिबन्ने रहर त अवस्य हुन्छ होला तर कसरी धनी बन्ने कतैबाट चुहुँदै छ भने त्यो भाँडो भरिँदैन । सबैले शान्ति सुव्यवस्था चाहन्छन् । तर त्यस्तो कसरी आउँछ ? कसले ल्याउँछ ? त्यसबारे सबै अनभिज्ञ छन् । उनिहरूले कुनै नयाँ औतारको जन्महुन्छ र राम्रो व्यवस्था ल्याउँछ भनेर आस गरिरहन्छन् ।
मैले बिगतमा कयौं लेखहरूमा लेख्दै आएको एउटा “शब्द केहो भने हाम्रो देशका जनताहरू मिहनेती छन् , बहादुर छन् । अर्कैको लागि बफादार पनि हन्छन्; तर चमत्कारमा भने अघात विस्वास गर्छन् ।“ अन्धबिस्वासी र रूढिवादी रूझानका बढी छन् । त्यसैको फाइदा उठाएर हाम्रा दुश्मनहरूले शान्तिपूर्वक रूपबाट लगातार आकारमण पनि गर्दै आएकाछन् । छिमेकी देशबाट नेपाल आएर प्रवचन दिनेकाम बिगतमा तमाम बाबाहरूले गर्दै आएकाथिए ।यसलाई सांचैभन्ने हो भने एक प्रकारको शान्तिपूर्वक आकारमण नै भन्नुपर्छ । जो धर्मको नाममा जातिको नाममा र सहयोगको नाममा लगातार आकारमण हुँदै आएकोछ ।
त्यो मात्रै होइन भाषा, संस्कृति समेतमा लगातार आक्रमण हुँदै आएको छ ।
भारतमा एकजना चन्द्रास्वामी जो पछि जेलको सजाय पाए । उनि यती प्रसिद्ध थिए की ठूलाठूला राजनीतिक पार्टीका धाख्ड नेताहरूका धर्म गुरूको भूमिका निर्वा गरेका थिए । उनि जेलको सजाए काट्ने वेला त्यो वेला भारतिय कांग्रेस ‘आई’ का नेता पिवी नरसिंह राव र सीताराम केसरी जस्ता नेता चुनाव जितेपछि सरकार बनाउन उनैको आशीर्वाद लिन जेलमा पुगेका थिए । त्यस्ता बाबाहरूले पनि नेपाली नेताहरूलाई आशीर्वाद दिन आउने र नेता जाने चलन थियो ।
नेपालको सन्दर्भमा भन्नुप्रदा अहिले नेपालमा आफुलाई कम्युनिष्ट भनेर नथाक्नेहरूको बहुमत देखिन्छ । तर उनिहरू अहिलेपनि रूढिग्रस्त छन् ।देशभित्र भौतिकवादको अनिकाल नै छ भनेर बुझ्नुपर्छ । यस्ता उदारणहरू भेटिन्छन् ।
देशभित्र छिमेकी मूलुकले समेत धर्मको नाममा ठुलो राजनीति गर्दै आएकाछन् । त्यो मात्र होइन अहिले डेड् दशकबाट भारतमा बिजेपीको सरकार आएपछि जोडतोडले रोजी बेटीको समबन्धका कुरागर्दै बिजेपी नेताहरूको आगमन र उनिहरू सँग जोडिएका धार्मिक बाबाहरूको नेपालमा ओइरोलागेको हामिले देखिरहेकाछौँ । बाबा रामदेव र स्वामी बालकृष्णलाई नेपाल भारतको ज्वाइंट बनाएर नेपालमा उनिहरूले खुब प्रभाव पार्न प्रयात्न गर्दै आएका छन् । उनिहरूको मुख्य श्रोत भनेको योग र जडिबुटीद्वारा निर्मित औषधी र घरेलु उपभोगका बस्तुहरूको बजार नै हो ।
केही वर्ष यता सच्चा सौदा सिर्साका धर्मगुरू र हिसार बर्वाला हरियाणकै रामपाल सहितको देशभरी प्रचार गराएका छन् । ’फ्री’ मा किताबहरू घर घरै पुराएर प्रभाव प्रार्न जोड दिएको देख्दा यो काममा पनि कुनै नेता वा मन्त्रीको हात हुनसक्छ भनेर बुझ्न गारो पर्दैन् । उनिहरू भारतिय प्रसासन द्वारा दण्डित गरिएका अपराधीहरू नै हुन् । आखिर हाम्रो देशलाई अपराधी जन्य धर्मगुरूहरू किन चाहियो ?
एकातिर हिन्दुधर्मको आडमा नागाहरू देखी इच्क्षाधारीहरूको देशमा आतङ्कनै छ । विगत ‘आदि पुरूष’को लेखकले नेपाललाई भारतको एउटा प्रान्तको तुलना गर्दै भनेकाथिए की नेपाल सन १९९३÷९४तिर भारतबाट अलग भएको थियो ।त्यसको बिरूद्धमा थुप्रै सँग संसँथाहरूले आवाज उठाए तर सरकारले सुन्या नसुनाई गर्यो । काठमाण्डौ जिल्लाका मेहेर बालेनले त्यसको बिरोधमा शंघर्ष गर्दै आएकाछन् ।तर अन्य कुनै पनि राजनीतिक पार्टिले बालेनको साथ दिएको देखिएन् ।
अहिले अर्का एकजना भारतिय धर्म गुरू भनिने धिरेन्द्र कृष्ण शास्त्रिले पहिलो दिन प्रवचनमै त्यही शब्दहरू दोराएर आफ्नो असली रूप देखाइ सकेकाछन् ।
आर्कोतिर अमेरिकी साम्राज्यवादीहरूले देशका नागरिकहरूलाई बिभिन्न बहानामा धर्म परिवर्तन गराएर इसाई बनाउँदै आएका छन् । यिनीहरूले मन्दिर गुम्बाहरू चर्चहरूको निर्माण गराएर धार्मिक अबस्था खलबलाईदिने प्रयात्न गर्दै आएकाछन् ।
अहिले २७ वर्षिय भारतिय धर्मगुरू बागेश्वर बाबा धिरेन्द्र कृष्णा शास्त्री प्रवेश गरेका छन् । बागेश्वरी बाबा अहिलेका धिरेन्द्रका (प्रदादा) जिजु हुन । ४ जुलाई १९९६मा गाडाÞ गाउँ छत्तरपुर मध्यप्रदेशमा पिता रामकृपाल र माता सरोज गर्गको तेस्रो सन्तान हुन । उन्को एउटा भाई र एउटी बहिनी छन् ।
आफु हनुमानको भक्त भएको बताउँदै र दाबा गर्दै आएकाछन् । धिरेन्द्र पहिलो दिनकै प्रवचनमा बिबादित बयान दिएर चर्चामा आएका छन् ।
एक पटक एकजनाले मसँग यति शक्ति छ, मैले आँखा जुँदाएपछि जेपनि हुनसक्छ भनेर दावा गर्दै थिए । अहिले आफुसँग शक्ति भएको भन्दै आएका छन् ।
सवाल कसैसँग के खुबी छ त्यो हो । धर्म र चमत्कारको नाउँमा आर्काको देशभित्र पुगेर त्यँहाको राष्ट्रियता र अखण्डताको र स्वाभिमानको बिरूद्धमा बोल्ने अधिकार कसैलाई पनि नहुनुपर्ने हो । सरकारको नाङ्गो दलाली घृणायोग्य छ ।
देशका जनताहरू समयमै सचेत र संगठित नहुने हो भने हाम्रो देशको अबस्था दयनीय र तरल त छँदैछ, देश सिक्किमीकरण हुनसक्ने पनि छर्लङ्गै छ ।