Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

बालबालिकामा मोवाइलको दुस्प्रभाव

देवी काफ्ले

१२ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

बालबालिकामा मोवाइलको दुस्प्रभाव

बिज्ञान र प्रबिधि हरेक मानिसलाई जोडेको छ । प्रविधिबाट कोही पनि भाग्न सक्दैनन् । मोबाइलको व्यापक प्रयोग हुन थालेपछि मान्छेहरूको ब्यवहार परिवर्तन भएको छ । यसको प्रत्यक्ष असर बच्चामा परेको छ । मान्छेहरू आजकल एकल परिवार बस्न रूचाउँछन् । सानो  परिवार रूचाउँछन् । प्रबिधिमा ब्यस्त रहन रूचाउँछन् । प्रविधिले मानिस मानिस जोड्यो, यो जोडनले बालबालिकामा दुस्प्रभाव पारेको विषयमा हामीले कति सोचेका छौं, बिचारेका छौं ? किनकि आजका बालबालिका नै भोलिका कर्णधार हुन्, कर्णधार निर्बल बन्यो भने घर, समाज, देश कसरी मजबुत हुनसक्छ ? यो विषयमा चिन्तन गर्न अबेर भएन र ?
बालबालिकासमेत एकान्त मनपराउन थालेका छन् । जुन बेला पनि घोप्टिएर मोवाइलमा मस्त ब्यस्त हुन चाहन्छन् । उनीहरूलाई केही भन्यो भने डिस्टर्व अनुभूत गर्छन्, रिसाउँछन्, चिडचिडाहट व्यवहार देखाउँछन् । यस प्रकारले मोवाइलको दुस्प्रभावका कारण कतै हामी आउने पुस्तालाई दिग्भ्रमित त पारिरहेका छैनौं ?
बालबालिका हुन् कि हुकिएकाहरू एक्लोपनमा रहन चाहन्छन् । त्यहि प्रक्रिया चलिरह्यो भने डिप्रेशनमा जाने खतरा पनि उत्तिकै हुन्छ । आँखामा खराबी आउन सक्छ । सम्झाउन खोज्यो, बालबालिका तपाईलाई के थाहा छ भन्छन् । घरमा बुढापाकाको कुरा सुन्न कसैले चाहँदैन । पुस्ता ग्याप हुनथालिसक्यो । ईन्टरनेटको पहुँच नागरिकमा बढ्दै जाँदा बालबालिकाले पढाइ तर्फ ध्यान जान छाडेको छ । शिक्षाको गुणस्तर बढ्नुपर्नेमा मोवाइलको दुरूपयोग बढ्दा सानैदेखि सामाजिक मर्यादा, पढाइमा ध्यान सबै नष्टभ्रट हुनथालिसकेको बुझेकै छौं ।
ईन्टरनेटको प्रभावले नै बच्चाहरू अपराधीक कृयाकलापमा लागेका समाचारहरू आउन थालेका छन् । बलात्कार तथा हत्यामा संलग्नता देखिन थालेका घटनालाई हेरेर सुनेर पनि हामी नदेखेजस्तै अन्जान बनेर बस्यौ भने भोलीको अवस्था के होला ?
सबैभन्दा ठूलो घातक स्थिति त ईन्टरनेटमा ब्यस्त बालबालिकाले हाम्रो संस्कार जान्ने मौकै नपाउने भए । बिदेशी संस्कारलाई खुशिसाथ अवलम्वन गर्न मन पराउछन् । हाम्रो आफ्नो संस्कार उनिहरूलाई नाटक लाग्न थाली सकेको छ । सहयोगी भावना त बिल्कुलै दुर भैसकेको छ । काम बिना जीवन धान्न मुश्किल छ।परिवारको एक सदस्यको कमाईले मात्रै घर चल्दैन।श्रीमान श्रीमती दुवै काममा ब्यस्त हुनुपर्छ । यस्तो बेलामा बच्चालाई भुलाउने एक मात्रै उपाय मोबाइल बनेको छ । यसरी बच्चाको साथीकै रूपमा मोबाइल भएपछि उसले आफन्त, छिमेकी चिन्ने सम्भावना नै भयन।बेलुका परिवारका सदस्य जम्मा भएपछि पनि आआफ्नो मोबाइलमा ब्यस्त हुने प्रबृतिले पनि बच्चा एक्लिएका हुन्छन् ।
 आजको घर घरको यक्ष प्रश्न भनेको कसरी सुधार्ने बच्चालाई ? भन्ने हो ।
सुधार्नुपर्ने कुराहरू धेरै छन् । बच्चालाई सुधार्न परिवारका ठुला सदस्य सुध्रिनु जरूरी छ । दिनभर काममा गयपनि बेलुका सबैसँगै बसेर कुरा गर्र्नुु, आआफ्ना कामका अनुभव सुनाउनु, बच्चाहरूलाई रमाइला कथा सुनाउनु, ईतिहासका कुराहरूलाई कथाको रूपमा सुनाउने गर्नुपर्ने हो । अभिभावकको ध्यान यसतिर छैन । कसैलाई एकापसमा घुलमिल हुने फुर्सदै छैन । चाडपर्व, सांस्कृतिक कार्यक्रमहरूमा सकेसम्म बच्चाहरूलाई सामेल गराउने काममा पनि कमी आएको छ । सबैभन्दा महत्वपूर्ण भुमिका पारिवारिक जमघटको रहन्छ । आजैबाट बच्चाप्रति ध्यान बढाउने हो भने पनि उनिहरूको ब्यवहार परिवर्तन पक्कै हुनसक्छ । यसतिर सोच्ने कि ?