Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

बाहिर बाहिर मह, भित्र भित्र विष

बैकुण्ठ भण्डारी

१२ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

बाहिर बाहिर मह, भित्र भित्र विष

जो हात सो साथ, अहिलेको नेपालको मन्त्र वा सूत्र  भनेकै मिलाएर खाऔं, मिलाएरै गाऔं भन्ने हो ।
हेरौं त, आहा कति राम्रो बाटो ! बाटोभरी फूलैफूल अनि हरिया रूखहरू कत्ति मज्जाले सजाइएको  । विहान वा बेलुकी समयमा माईतीघरदेखि तीनकुनेसम्म पुग्दा त लाग्छ युरोप अमेरिका घुम्दैछु । अचेल टिकटक बनाउनेहरूको भीड पनि फोटो खिचाएर सामाजिक सञ्जाल रंगीन बनाउनेहरूको लस्कर हेर्ने हो भने त नेपाल भन्ने देशले अग्रगामी छलाङ हानिसकेछ, निकै नै विकसित भईसके । यहाँका मानवहरू यति धेरै खुशी छन् कि सायद विश्वमा यस्तो देश नै छैन । मान्छेहरू त्यत्तिकै फिनल्याण्ड फिनल्याण्ड भन्छन् । फिनल्याण्ड भन्दा हाम्रै काँठल्याण्डमा नै मान्छे खुशी छन् । नपत्याए काँठ ल्याण्डका होटल, रेष्टुरेष्ट, पवदेखि डिस्कोसम्म हेरेपुग्छ कत्ति खुशी भाका छन् । डाँडामा रहेको सवै रिसोर्टमा मानिस दंग छन् खुशी साटासाट गरिरहेका छन् । यता हे¥यो टिकटक उता हे¥यो इन्स्ट्राग्राम खुशी नै खुशी ।  
यतिमात्र हो र ? आजकल त स्वदेशदेखि विदेशमा बस्नेहरूसम्मले यस्तै सुन्दर दृश्य कैद गरेर ‘बालेनको शहर’ का रूपमा स्थापित गरिदिएका छन् । नेवार राज्य भन्दै उफ्रिनेहरूलाई हेरेको हे¥यै पारेर जनताले बालेनलाई पत्याईदिएका हुन् । त्यही पत्याईकै कारण काठमाडौं शहराँ बालेनलाई  आएपछि बाटो रंगिए, सडक चम्किए । जता हेरे पनि खुशी नै खुशी देखिए । साँच्चिै काठमाडौं बनाउँछु भन्ने ठिटौंले जोशले होला । सिंगारिएको छ । मध्यरातसम्म बबरमहलतिरको पुलमा फोटा खिच्ने र खिचाउनेहरू अरिंगालजस्तै भाका छन् । 
यति सुखी र खुशी जनता अन्त होलान र ? भन्न पनि मुश्किल पत्याउन पनि मुश्किल । नपत्याएर सुखै छैन । आजकल त्यस्तै भएको छ । एउटा दृष्टिविहिन फुटपाथमा सहजै हिड्न सक्छ । सफा र चिटिक्क पारेर रंगिविरङ्गी सिमेण्टका व्लक विछ्याएको फुटपाथ न हिजो थियो न भविष्यमा हुनेछ ! किन की अहिले छ, रमाइलो छ । समय बलवान पो छ त ? 
माईतीघर तीनकुनेको बखान गर्दै गर्दा बानेश्वर तिर पुगेर उत्तरतिर आँखा लगायो भने डाँको छाडेर रून मन लाग्छ र तिनका बाजेहरूलाई । यति धेरै खुशी जनता भाको काँठको मध्यभागमा पुगेर डाँकै छोडेर रून मन लाग्नु भनेको त फिनल्याण्ड होइन प्यालेष्टाइन पुगे जस्तो भईगो नि । आफ्नै देशमा बसेर अनागरिक जस्तो सँधै बन्दुकसँग खेलिरहनु पर्ने । 
हुन पनि त्यस्तै छ भन्छन् मट्याङग्रा कान्छा बा । बानेश्वरबाट उत्तर फर्केर सेतो घर हेर्दै कान्छा वा डाँको छाडेर रोका रे ! धोको फेरेर रून खोज्दा पुलिसले च्याप्पै समातेछ । तीन चार जनाले गर्धन ङ्याँकेर कान्छा बालाई लछार पछार पार्दै निलो भ्यानमा कोचे छन् । विचरा कान्छा बा, ठूला बाहरू ! दुई सन्तानलाई सालिक बनाएका काका बा, सेतो घरभित्रका मालिकहरू देखेरै डाँको छोडेका रैछन् । 
न्याय मार्ने सेतो घरमा बसेका काला मान्छेहरूको भीडले मिलाएरै खाऔं, मिलाएर गाऔं भन्दा कान्छा बा को मन कुँडिएको रे ? सेतो घरभित्र बसेकाले आफ्नो स्वार्थ पूरा गर्न जस्तो सुकै गठवन्धन पनि गर्दा रैछन् । काका बाले दुई सन्तानलाई सालिक बनाको न्याय मार्न होइन, न्याय पाउन भन्थे तर उनी न्याय खोज्न धाउँदा धाउँदै एक वीस वित्न लाग्यो भनेर पो डाँको छाडेका रैछन् । यस्ता अन्यायमा परेकाहरू कति छन् कति ?
विचार र सिद्धान्तलाई लोप्पा ख्वाईदिएर सेताघरमा डाँका हालेका छन् रे ! ज्यानमारालाई सहमतिका नाममा माफी दिने तन्त्र देखेर काका बा हरेक दिँन डाँको हाल्छन् र रून्छन् । हजारौं काका बा का छोराछोरीलाई सालिक बनाउनेहरूले डाँका डालेर हाँस्छन् । कहिले सुनसँग मितेरी लगाउँछन् ! कहिले ललिता निवासका जग्गासँग काकाका सन्तानले लगाएको गुनसँग मितेरी लगाउँदैनन् । 
सकेसम्म मिलेर खाने हो । मिलेरै गाउँने हो । काले काले मिलेर खाऊँ भाले भनेजस्तै । सत्ताको रसस्वादमा पल्किसकेका सेतोघरका काला विचार भाकाहरूले बषौंदेखि मिलेर लुटिरहेका छन् । ज्यानमारा, डकैती, तस्करी, भ्रष्टहरूहरू यिन मित्र  बनेका छन् । आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि जनताले तिरेको कर तर मार्ने सेतो हात्ति (प्रदेश) का लागि लडेका छन् । त्यो सेतो हात्ति न हिजो काम लागेको थियो, नत भोली नै काम लाग्ने देखिन्छ । सेतो हात्तिकै कारण गणतन्त्रको उपहास भएको छ । उपहास बनाउनेहरू उही कान्छा वा का छोराछोरीलाई सालिक बनाएर आफूलाई आर्यघाट नपुगुञ्जेलसम्म मालिक बनाउनेहरू नै हुन् । 
हाम्रो देशमा काका बाहरूले अन्याय सहिदिनु पर्ने ! नि नानीका बाहरूले अन्याय गरिरहुनु पर्ने । अनि बालेनहरूले अन्यायका विरूद्ध न्यायका लागि संघर्ष गर्नु पर्ने ! कठै, सुन्दर हरियाली देखेर मात्र हुँदो रहेनछ । सेतो घरकाले त अलि पर रहेको अर्को रातो टर्मिनलबाट हरेक दिन दशौं हजारलाई मुण्ट्याईरहेका छन् । तै पनि यो देशमा बस्न लायक भईनस् ! पढिस् जा गएर गोरू जस्तै जोतिनु । अनि हाम्रा किड्नी फेर्न र ज्वाई छोरी, छोरा बुहारीलाई फिनल्याण्डी जस्तै खुशी बनाईदिनु भन्दै घचेडी रहेका छन् । 
इजरायलले १२  पढाउँछ अनि १८ वर्षको उमेरमा देशको लागि प्यालेष्टाईनसँग लड्न सिकाउँछ । तर हाम्रा देशकाले १२ सम्म घरबार बेचेर पढाउन लगाउँछन अनि १८ वर्ष भएपछि बाउ आमालाई ऋणको भारी वोकाएर विदेशी भूमिमा जोत्न पठाउँछन् । पढ्न जानेहरूको असली हविगत पनि जोतिने नै हो । स्वदेशको खाएर विदेशमा जोत्न जाने, कठै ।
सुन ल्याओस् कि नून ल्याओस् । सुन जति उनलाई नुन जति कुनलाई ?  हाँसो लिएर फर्कनु त परै जाओस् ! आँशु नै लिएर आओस् । हामी सेता घराँ बस्नेले मिलेर खाने हो । मिलेर गाउँने । दोहोरी खेल्न जान्या छ । माओवाद रेफ्रि भाकै छ । एमाले कांग्रेस मिलाकै छ । सहमति र सहवासमा एमाले होस् कि कांग्रेस मधेश होस् की राप्रपा । समाजवाद होस् जनवाद । सिके राउतदेखि रविको खाओस्सम्म पनि मिलेरै खाने हो । मिलेरै जाने हो ! आखिर जनता त भेंडा नै हुन् । जता जता लखेट्यौ उतै उतै भाग्ने । हरियो घाँस देखाउँना साथ फेरि फर्केर आँ गर्न आउने । 
यो देश त हाम्रो पेवा हो । मिलाएर खाऔं, मिलाएर संसदमा रेशम फिरिरी भन्दै गाऔं !