Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

सर्वपक्षीय सरकार निर्माण गरिनुपर्छ

प्रेमसागर पौडेल

०५ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

सर्वपक्षीय सरकार निर्माण गरिनुपर्छ

देशको अवस्था यतिसम्म भययुक्त भइसक्यो कि भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने हो भने यो व्यवस्था उल्टिन्छ । शासन प्रशासनका अधिकतम व्यक्तिहरु खोरमा पुग्नेछन् । घटनाक्रमले प्रमाणित गरिसकेको छ कि यो ब्यवस्था नै भ्रष्टाचार र राष्ट्रघातमा टिकेको छ । अहिले देखिएका समस्या र अवस्थालाई सम्बोधन गर्न तत्कालै सर्वपक्षीय सरकार निर्माण गरिनुपर्छ ।
हामीमाथि जबर्जस्ती लादिएको यो असफल ब्यवस्थालाई नेपालको मौलिक राजनीति अनुकूल परिमार्जित गरेर अगाडि बढ्नुपर्छ । अन्यथा, अवस्था झन् झन् गम्भीर हुनसक्छ । संक्रमणमा रहेको देशको अवस्था संकटग्रस्त भइसकेको छ, कुनै पनि बेला ठूलै भुइँचालो गयो भने आश्चर्य नमाने पनि हुन्छ ।

अन्तमा भीम रावलको देशको स्थिति झल्काउने यो टिप्पणी– 
प्रधानमन्त्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्र संघ, महासभामा भाग लिनेबारे अमेरिकी राजदूतसँग कुरा गरेको समाचार पढियो । महासभामा भाग लिन राजदूतसँग कुरा किन ? संयुक्त राष्ट्र संघमा जान अमेरिकासँग परामर्श गर्नुपर्ने किन होला ? प्रमं, परराष्ट्र मन्त्री वा मन्त्रालयले स्पष्ट पार्छन कि ?