Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

धर्म के हो ?

०५ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

धर्म के हो ?

सुरेशकुमार पान्डे - -
अहिलेका कतिपय युवाहरूलाई धर्मको बारेमा ज्ञान छैन् ।अहिले मात्र होइन सदियौँ देखुन धर्मको परिभाषालाई गलत रूपमा व्याख्य गरिंदै आएको छ ।
कतै घुम्ती छ भने त्यहाँ आँम मानिसलाई सचेत गर्ने उदेश्यले ध्वाजा बान्ने चलनलाई परमपराको रूपमा पुजापाठको जामा पहिराएको हो । कतिपयले भन्छन् के कम्युनिष्ट बनेपछि धर्म नै मान्नु हुँदैन ! यसको लागि हामीले धर्म र कम्युनिष्टको सिद्धान्तलाई गहिरो गरी अध्यायन गर्नुपर्ने हुन्छ । कसैले के भन्यो भन्दापनि भौतिकवादी दर्शनशास्त्रले के शिक्षा दिन्छ ? र धर्म भनेको केहो भन्नेवारे युवाहरू वा आम चिन्तकले अध्ययन नगरेर भन्न मिल्दैन ।
वास्तवमा धर्म त्यो होइन जो हामीले बनाएको मूर्तीमा चढाव गर्छौँ पुजागर्छौँ । एक जना कलाकारले ढुङ्गालाई तरासेर कल्पनाको देवता बनाइदियो । त्यो देवतालाई एउटा कुटिया मन्दिर बनाएर राखियो । र आम मानिसहरूले त्यो मूर्तीको पुजागर्न थाले ।त्यसैमा दान गर्ने अनि भजन किर्तन गरेर त्यहाँ आरधना गर्नथाले ।
तर उनिहरूले त्यसोगर्दा त्यो कलाकारलाई भुसुक्कै विर्सिए जस्ले आफ्नो अमूल्य समय र मिहेनत लगाएर त्यो मूर्तीको निर्माण गरेकोथियो । त्यो व्याक्ती गुमनाम हुँदै गयो वा उस्को कतै नामोनिसान छैन् ।उसलाई कसैले सम्झिंदैन ।
भौतिकवादले त्यस्तो कलाकारको सम्मान गर्नुपर्छ भनेर भन्छ ।
धर्मको नाउँमा धेरै भ्रष्टाचार र वेथितीहरू हुँदै आएका छन् । कयौँ शोशकहरूले सोझा जनताहरूलाई ठग्ने लुट्ने आधार धर्मको आडमा बनाएका हुन्छन् ।
पूर्वजनम र पूर्नजनमको कथाहरू सुनाएर ठग्ने गरेको आम देखिन्छ ।
भारतमा कयौं धर्मका जाल बुनेर बसेका तथा कथित् ठुलाठुला बाबा र उनिहरूले गरेको कालोक्रतूसको बिगतका वर्षहरूमा खुबै प्रदाफाश भएको थियो । जेल सजाएपनि काटेका थिए र काट्दै पनि छन् । उनैका चेलाहरू अहिले हाम्रो देशमा जाल थापेर बसेका देखिन्छन् । कुनैपनि बाबाले गेरू वस्त्र लगायो भन्दैमा त्यसको विश्वास गर्नु हामी सबैको लागि घातक हुनसक्छ ।
नाङ्गाहरू धर्मको नाममा नाङ्गो नाच नाच्दै हिंड्छन् । उनिहरूलाई देखेर बाउले एकातिर मुख तोप्ने छोरिले आर्को तिर मुख तोप्ने हुन्छ । हाम्रो समाजमा यस्ता धर्मका ठेकेदार आयातित हुन । यो नाङ्गाहरूको आचरणको समर्थन गर्नुलाई हामीले धर्म भन्न मिल्दैन् । आखिर धर्म भनेको केहो ? धर्म भनेको मानवहरूलाई सहि के हो र गलत केहो त्यसबारेमा सचेत गराउने । उनिहरूलाई ज्ञानको बाटो देखाउँने, दुःख सुखमा सरिक हुने सामाजिक कार्यपनि एकप्रकारको धर्म नै हो । बिदेशमा जो सामाजिक संगठनहरूले गर्दै आएका छन् । अलपत्र परेकालाई बाटो देखाउँने, असहायलाई सहयोग गर्ने, कसैले काम गराएर ज्याला दिंदैन भने त्यो सँग पिडित पक्षलाई ज्याला दिलाउने, हराएका बालबालिकाहरूको उत्थान गर्ने, महिंलाहरूको विक्रि बितरण गरेका राक्षसहरूलाई कार्वाही गर्ने र महिलाहरूको उद्दार गर्ने आदि धर्म भित्र नै पर्छन् । यो मानवीय धर्म पनि हो, मर्म पनि हो ।
समाजमा छुवाछुतको बिरूद्धमा आवाज उठाउँने व्यवहारपनि धार्मिक हो । देशभित्र जातिय छुवाछुतको बिरोधमा बिगतमा लामूसमय देखि लड्दै आएको कम्युनिष्ट चिन्तकहरू नै हुन् । त्यो मात्र होइन सदियौँ देखि सन्सारभरिका श्रमजिविहरूको हक हित अधिकार र रक्षा शुरक्षाका लागि आवाज उठाउँदै आएका कम्युनिष्टहरू नै हुन् । उपरोक्त उधारणहरूले कम्युनिष्ट बन्नका लागि धर्म छाड्नुपर्छ भन्ने बिचारलाई गलत साबित गर्दछ । कम्युनिष्टको सुरूवात गरिब श्रमजिवि, महिला असाय बालबालिका र वृद्धाहरूको लागि नै भएको देखिन्छ । वर्गिय संघर्ष भनेको शोषक र शोषितहरूको बिचको लडाई नै हो  ।
कम्युनिष्ट बिचारधारा भनेको विश्व श्रमजिविहरूको दर्शन हो ।
तर अहिले कतिपय आफुलाई कम्युनिष्ट भन्नेहरूले वर्ग संघर्षलाई छाड्दै गएका छन्, द्वन्दवादका सिद्धान्तहरूलाई छाड्दै गएका छन् । र, पुरै कम्युनिष्टका आधारभूत सिद्धान्तहरूलाई छाड्दै गएका छन् । उनिहरूले बिस्तारै कम्युनिष्टको लोगों र नामलाई पुँजिवादलाई फाइदा पुराउन प्रयोग गरेको कुरा खसोखास देखिन्छ । तैपनि यी कर्मकाण्डी कम्युनिष्टहरु हामी कम्युनिष्ट हौं भन्छन् । अचम्म छ कम्युनिष्ट चरित्र ?
कतिपयले धर्म भनेकोलाई परिवारको धर्मसँग र पुजा पाठसँग तुलाना गरेका हुन्छन् । ति दुबै मध्य एउटा पुजा पाठ र अन्धविश्वासलाई भौतिकवादी चिन्तकहरूले मान्दैनन् ।भौतिक वादि बिचार भनेको नै आध्यात्मकवादको ठिक उल्टो बिचार हो ।
तर पारिवारिक सम्वन्ध दिदी बहिनी, दाजुभाईको पवित्र नाता रगतको हुन्छ र त्यसलाई कम्युनिष्टहरूले सम्मान गर्दछन् । फरक यत्ती हो कि कम्युनिष्टहरूले गलत गरेको छ भने परिवारकै मानिसलाई पनि सजाएको हुनुपर्छ भन्ने मान्यता राख्छन् । अर्थात पारिवारिक समस्या भन्दा वर्गिय समस्यालाई पहिलो प्राथमिकता दिनेगर्छन् । धर्मको वाख्य गर्नेहरूले गलत बिचार समाजमा छरेर जनतालाई त्यसको असर नकारत्मक पर्नु स्वभाविक हो । जस्तै बिगतको छापा बिद्रोह ताक साठी वर्ष पुगेकालाई गोली हानेर मार्छन्“ भन्दै कम्युनिष्टहरूलाई बद्नाम गर्ने काम भयो । माओवादी आंन्दोलन ताक आम जनतामा जवर्जस्ति गोरूको मासु नखानेलाई कम्युनिष्ट नै भनिदैंन् भनेर भ्रम छर्ने काम भयो । मन्दिर भत्काए, बाहुनको घरमा दलितलाई जवर्जस्ति घुसाएर उनिहरूले लगाएका जनाई काटे । के उनिहरूले गरेको त्यो अभियान सफल भयो त ? कुनै पनि काम जनताको चाहाना बिपरित गरिन्छ भने त्यो सफल हुनसक्दैन् । त्यसैले बस्तुगत अवस्था अनुसार पाइला चाल्नुपर्छ भनेर कम्युनिष्टहरूले भन्दै आएका छन् । धर्मको नाउमा स्वर्ग नर्कको कथा सुनाएर जनतालाई लुट्ने व्यवहारको बिरोध कम्युनिष्टले गर्छ । यो पनि एकप्रकारको धर्म नै हो । किनभने कुनै पनि अञ्जान सोझासाझा मानिसहरूलाई ठगहरू द्वारा ठग्न रोकिन्छ भने त्यसलाई धर्म नै मान्नुपर्छ । मानवीय धर्म ।
बिभिन्न किमदन्ती वा नभएका बिचारहरूलाई अन्धभक्त भएर विश्वास गर्नु हुँदैन् भन्ने बिचार नै भौतिकवादी बिचार हो । त्यसैले युवाहरूले बतासे अभियानमा नलागेर अध्ययन गरेर मात्र कुनै बिचारलाई छोप्नुपर्छ भन्ने मलाई लाग्छ । लहै लहैमा पछि लाग्नु कोरा हो, परिपक्वता हुनसक्दैन । अध्ययन र सत्य बुझेर कुनै विचार वा विश्वासमा लाग्नु उचित हुन्छ, यसतिर सबैले सोचौं ।