Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राजनीतिक उथलपुथलपछिको सङ्कट...

११ बिहिबार , श्रावण २०८०एक बर्ष अगाडि

राजनीतिक उथलपुथलपछिको सङ्कट...

कमल चौलागाईं
सत्ताप्राप्तिमा मात्रै केन्द्रित राजनीतिक दल र सरकारको क्रियाकलापकाप्रति हुने जनविद्रोहले प्रतिगमनलाई त निम्त्याउने होइन ? भन्ने लक्षण देखिइँदैछ । आन्तरिक स्रोतले कर्मचारीहरूको तलब पनि खुआउन नसिकिने अवस्थामा नयाँ बजेटले कस्तो परिणाम ल्याउला ? सबैको चासोको विषय बनेको छ । गठबन्धनको कमजोर सरकार र गिर्दो अर्थव्यवस्थाका बीचमा सम्भावनालाई सफलतामा पु¥याउँदै राष्ट्रिय अखण्डतालाई अक्षुण्य बनाइराख्न निम्न विशेष प्रयास गर्नुपर्नेछ ।
– राष्ट्रिय संकल्पतथा स्वराज्य र मेलमिलापः आन्तरिक र बाहृय दुवै क्षेत्रमा अस्थिर राजनीतिका कारण संशय र असहयोगको वातवरण भएकाले मुलुकको संकल्प र विश्वास जगाउन सही सिद्धान्त तथा मार्गचित्र स्पष्ट पार्नुपर्दछ । राष्ट्रिय एकता तथा सहकार्यलाई सम्बोधन गर्ने स्वराज्य र मेलमिलापलाई मार्गचित्रको रूपमा अगाडि बढाउँदा असहमतिका बीचमा सहकार्य र सहयोग प्राप्त गर्न सकी राष्ट्रिय मनोबल उच्च भइरहनेछ । औपनिवेशिक कालमा पनि मुलुकलाई स्वतन्त्र बनाइराख्न सफल रहेको नेपाली इतिहासले सही सिद्धान्त र व्यवहारमार्फत उच्चमनोबल बनाइराख्न सफल हुने हुँदा ‘स्वराज्य र मेलमिलाप’ सिद्धान्तलाई राष्ट्रियता र प्रजातन्त्रलाई सम्बोधन गर्ने सूत्रको रूपमा स्वीर्कानु पर्दछ ।
आध्यात्मिक सांस्कृतिक प्रभावमा रहेका नेपाली जनताले आफ्नो दैनिक जीवनयापन गर्दै निर्माण गरेका र अभ्यास गरिरहेको संस्कृतिलाई आत्मसात् गर्न नसक्दा समाजवाद अघि बढ्न सक्ला ? सर्वत्र छलफल भइरहेका विषय हुन् ।
राष्ट्रिय एकीकरणको नेतृत्व गरेको राजसंस्थाले राष्ट्रिय एकताको प्रतीकका रूपमा कार्य गरिरहेको विगतको इतिहासलाई राजसंस्थाको अभावमा सबैको स्वीकार्य ‘स्वराज्य र मेलमिलाप’ सिद्धान्तका आधारमा अगाडि बढाउन ढिलाइ गर्नुहुन्न । सदा स्वतन्त्र रहन यही स्वराज्यको भावनाले सम्भव भएको हुँदा स्वराज्य सबैले आफ्नो ढाक्ने सिद्धान्त हो । राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै लैजान नसक्दा विभाजित भएको राजनीतिलाई सही मार्गमा ल्याउन बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति ल्याउनु परेको थियो । राष्ट्रियता र मेलमिलापलाई सैद्धान्तिक हिसाबले प्रष्ट पारेको ‘स्वराज्य र मेलमिलाप’ सिद्धान्तमार्फत पुनः राष्ट्रिय एकीकरणको अभियानमा अगाडि बढ्नु जरूरी छ ।
ठूलो राजनीतिक उथल–पुथलपश्चात निर्माण भएको सविंधान सुधारको पख्र्याइमा रहेको छ । हरेक राजनीतिक आन्दोलनपश्चात संविधान संशोधनभन्दा पनि संविधान नै फ्याक्ने प्रवृत्तिले प्रतिगमनतर्फ मुलुकलाई पु¥याउने हुँदा धर्मको विषयमा, नागरिकताको विषयमा, पहिचानको विषयमा आवश्यक संशोधन राष्ट्रिय बहसको विषय बनाउँदै शान्तिपूर्ण रूपान्तरण गरिनुपर्नेछ ।
संविधानलाई अझै नागरिकले अपनत्व ग्रहण गरिसकेको देखिदैन । संविधानलाई सबैको स्वीकार्य बनाउनुपर्नेछ । संस्कृति, स्वराज्य र समाजवाद ः संविधानले नै समाजवादलाई स्वीकारेको अवस्थालाई मौलिक नेपाली परम्परा अनुरूप परिभाषा गर्दै दिगो बनाउन संस्कृति र स्वराज्यको सिद्धान्तले सहयोग गर्ने हुँदा सांस्कृतिक समाजवादको नयाँ अवधारण विश्वमा स्थापित गराउन सकिन्छ । तीन सय पैसठ्ठी दिन नै तिथिपर्व मनाइने नेपालमा सांस्कृतिक समाजवादको अभ्यास दैनिक रूपमा जनताहरूले अभ्यासमा ल्याइरहेका हुन् । ‘सम’ उपसर्ग र ‘कृ’ धातु मिलेर बनेको संस्कृति शब्दको अर्थ भूषणभूत सम्यक चेष्ठा छ । जुन चेष्ठाहरूद्वारा मनुष्य आफ्नो जीवनका समस्त क्षेत्रमा उन्नति गर्दै सुख–शान्ति प्राप्त गर्दछन् ।
यस्ता चेष्ठाहरू नै मनुष्यका वैयक्तिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक आदि सबै क्षेत्रमा लौकिक–पारलौकिक अभ्यूदयको अनुकूल देहन्द्रिय, मन, बुद्धि, चित्ताङ्कारको चेष्ठा नै उसको भूषणभूत सभ्यक चेष्ठाया संस्कृति हो । एवं प्रकार मनुष्यको लौकिक–पारलौकिक सर्वोभ्यूदयको अनुकूल आचार–विचार नै संस्कृति हो । आध्यात्मिक सांस्कृतिक प्रभावमा रहेका नेपाली जनताले आफ्नो दैनिक जीवन यापन गर्दै निर्माण गरेका र अभ्यास गरिरहेको संस्कृतिलाई आत्मसात् गर्न नसक्दा समाजवाद अघि बढ्न सक्ला ? सर्वत्र छलफल भइरहेका विषय हुन् । हाम्रो संस्कृति के समाजवाद निर्माणको मार्गमा बाधक हुन् ? द्वन्द्वात्मक भौतिकवादमा आधारित कम्युनिष्ट सिद्धान्तले वर्ष दिनभरि नै तिथि–पर्वका आधारमा मनाइने संस्कृतिहरूप्रति उदासीनता वा उपेक्षा गर्नाले जनताको मन जित्न सक्लान् ? विविध प्रश्नहरू देखिन्छन् । बहुधार्मिक, बहुसांस्कृतिक स्वरूपको नेपाल सांस्कृतिक पर्यटनको माध्यमले समृद्धिमा पुग्न सक्ने हुनाले त्यसतर्फ स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । नेतृत्व वर्गमा इच्छाशक्ति र समभाव विकास हुनैपर्छ  खुला संग्रहालयका रूपमा रहेको नेपाल आज पनि विदेशी पर्यटकहरूका लागि आर्कषणको केन्द्र रहेकाले दैनिक अवलोकनस्थल बनेको छ ।
पशुपतिनाथ र विश्वव्यवस्था ः आस्थाका आधारमा विश्वका हिन्दूहरू पशुपतिनाथको दर्शनमा आउने भए तापनि नयाँ विश्व व्यावस्थाको प्रेरक तथा आधार स्थलका रूपमा प्रचार र व्यावस्थापन गर्न सक्दा वार्षिक पचास लाख धार्मिक पर्यटकहरूलाई नेपाल भित्र्याउन सकिन्छ ।
संस्कृति र सम्पदाहरूलाई पर्यटनको स्रोतका रूपमा प्रचारप्रसार तथा व्यवस्थापन गर्न सक्दा संविधानले परिकल्पना गरेको समाजवादका साथै आर्थिक समृद्धि पनि ल्याउने हुँदा ठोस कार्यक्रम अगाडि बढाउनुपर्दछ । धार्मिक सांस्कृतिक पर्यटनको प्रवद्र्धनको उद्देश्यले नेपाल–भारत चेम्बर अर्फ कमर्सद्वारा नेपाल र भारतका प्रमुख तीर्थस्थलहरूको सचित्र पुस्तक प्रकाशन गर्नुका साथै छलफललाई अगाडि बढाएको पाइएको छ । एक अर्ब पच्चीस करोडभन्दा माथि रहेको भारतीय जनतालाई नेपाल भित्र्याउन सक्दामात्रै पनि नेपालको पर्यटनको विकास सम्भव हुन सक्छ । गैरसरकारी क्षेत्रको प्रयासमा सरकारी सहयोगले भारत–चीन तथा विश्वका पर्यटकहरू नेपाल भ्रमणका लागि उत्साहित हुँदै मुलुकको अर्थतन्त्र मजबुत हुने हुँदा निम्न भ्रमण पथ, पर्यटक गन्तव्य, प्राकृतिक सौन्दर्यताको विशेष प्रचार हुनु पर्छ । वर्षभरि नै सम्पदा र संस्कृति महोत्सवको आयोजना गरी आर्थिक समृद्धिका साथै विश्वलाई नै सभ्य बनाउने अभियानको थालनी गर्न सक्ने देखिन्छ ।