Advertisement Banner
Advertisement Banner

२९ बुधबार, माघ २०८२10th February 2026, 12:33:31 am

बुद्धधर्मको महिमा-“अन्तिम सम्म रहने धर्म नै बुद्व धर्म हो“

०६ शनिबार , श्रावण २०८०३ बर्ष अगाडि

बुद्धधर्मको महिमा-“अन्तिम सम्म रहने धर्म नै बुद्व धर्म हो“

विश्वविख्यात वैज्ञानिक आन्सटाईनलाई  संसारमा  मानव सभ्यताको अन्तिम सम्म कुन धर्म रहला भनी प्रश्न गर्दा उनले भनेका थिए “अन्तिम सम्म रहने धर्म नै बुद्व धर्म हो“ जवकि उनी यहुदी थिए । मलाई उनको भनाइ को प्रमुख कारण वैज्ञानिक छ जस्तो लाग्छ । अरू सवै धर्म एक आपसमा लड्छन तर बुद्व धर्मले मनुष्य लाई निश्चित नियममा बाधेको हुन्छ जुन नियम मानवीय र सहनशील छ । म आफु हिन्दु कुलमा जन्मे पनि मन देखिनै बुद्विष्ट हु तर हिन्दु धर्मका देवी देवतालाई पनि मानेकै हुन्छु । कर्मकाण्डी बाहुनवाद , जातियता मानव जातिको सवभन्दा ठूलो शत्रु हो । हुनत बुद्व धर्म सरकारी धर्मको रूपमा रहेको म्यानमार र थाईल्याण्ड  जस्तो देशमा पनि त्यहाको बौद्ध मार्गी सैनिक सत्ताले बुद्वमार्गी जनतालाई दमन गरिरहेछ । जवकि चीनमा बुद्वका विहार चैत्यहरू जस्तो बुथाई सान( मञ्जुश्री को जन्मस्थल )  मा जादा हामी सँगै जाने कम्युनिस्ट पार्टीका सदस्य पनि भएका  अधिकारीहरूले त्यहाँ बस्दा रक्सी र मासु नखाई दिन सुक्ष्म संकेत गर्थें । वुथाई सानका दुई बटै पहाड जस्ता अग्ला चैत्यहरू नेपालवाट गएका अरनिकोले बनाएका हुन । चीनको धेरै भुभागमा नेपाल चिनियाँहरूले बनाएका असंख्य मुर्ति , प्यागोडा र अन्य कलाकृति हरू बनाएको पाईन्छ । थान्का पनि नेपाल बाट नै चीनमा गयो । नेपाल र चीन विचको बौद्ध धर्मको बारे चीन अध्ययन केन्द्र ले केही अनुसन्धान र कितावहरू प्रकाशित गरेको छ । बुद्व धर्मको प्रख्यात विद्वन स्वर्गीय मीन बहादुर शाक्यले चीनमै गएर बुद्वभद्र सम्वन्धमा गर्नुभएको योगदान बारे पुस्तक लेख्नुभएको हो । चीन अध्ययन केन्द्रको अनुरोधमा शाक्यले अरनिको बारेमा पनि अन्वेषण गर्दै लेख्दै हुनुहुन्थ्यो तर वित्नुभयो । त्यो किताब अझै प्रकाशित हुन सकेको छैन । उहाँका छोराहरू लागिरहेछन तर म आफु चीन अध्ययन केन्द्र मा नरहेको बराबर भएको ले यसवारे मलाई केही थाह छैन ।चीन अध्ययन केन्द्रले सुरू सुरूमा नै नेपाल – चीन बौद्ध धर्मको सम्वन्धमा एउटा सम्मेलन गरेको थियोे । भाग लिन चीनवाट पनि बुद्विष्ट विद्वानहरू नै आएका थिए ।सामाजिक सञ्जाल, मदन रेग्मी ।

बौद्ध गन्धार– नेपालीकरण राजन कार्की -  शुद्धोधनकी  रानी महामाया वोधिसत्व गर्भमा रहेको दश महिना हुँदा आफ्ना माता पितासित भेट गर्ने इच्छाले माइतीघर देवदह जाने भइन् । माइती जाँदैगर्दा बाटोमा सालको रूखसहितको लुम्विनी बगैँचामा आराम गरिन् । त्यहीँ नै महामायाले पुत्रलाई जन्मदिइन् । सिद्धार्थ जन्मिए । लुम्बिनी बगैँचामा बुद्धको जन्मदेखि महापरिनिर्वाण, महा–उपेदेश, अन्त्येष्ठी र बुद्धअस्तुहरूका वितरणसम्मको इतिबृतान्तको पुस्तक हो– बौद्ध गन्धार । यो पुस्तक पाकिस्तानी पुरातत्वविद इशान एच. नदीमले लुम्बिनीको भ्रमणपछि लेखेका हुन् । यो पुस्तकको नेपालीकरण गोरखा एक्सप्रेसका सम्पादक राजन कार्कीले २०६६ सालमा प्रकाशित गरेका हुन् । यो कृति देशका सबै ठूला पुस्तकालय र त्यस समयदेखि राजनीति गर्ने र ठूला प्रशासक धेरैका हात हातमा पु¥याइएका छन् ।