बरिष्ठ पत्रकार तीर्थ कोइरालाले ३३ वर्ष नेपाली सेनामा कार्यरत पूर्व जनरल केशरबहादुर भण्डारीसँग अन्तर्वार्ता लिनुभएको छ । पूर्व सहायक रथी केशर बहादुर भण्डारी सुरक्षा विषयमा विद्यावारिधि गर्ने सुरक्षाविद हुनुहुन्छ ।
जनरल केशरबहादुर भण्डारी भन्नुहुन्छ– नेपाली सेनाको स्ट्रेन्थ भनेको ५ छन् । ल्बmभ, ँबmभ, भहउभचष्भलअभ, लभगतचबष्तिथ, भहअभउतबदष्ष्तिथ। अरू कुनै देशसँग यो स्ट्रेन्थ छैन, यहीकारण नेपाली सेनाको स्ट्रेन्थ विकेको छ । यसको भरमग्दुर सदुपयोग गर्नुपर्छ । अहिलेको सहभागिताभन्दा धेरै बढाउनु पर्छ । अन्तरराष्ट्रिय स्तरको सैनिक क्षमता बुद्धि गर्नुपर्छ । कमीकमजोरी हटाउनु पर्छ । नेपाली सेनाको युएन पार्टिपिटेशनलाई औद्योगिक स्तरमा बढाउनु पर्छ । प्रविधियुक्त नेपाली आधुनिक सेनासँग कसैले प्रतिस्पर्धा गर्न सक्दैन । देशको रिकगनिशन पनि बढ्छ । सेना अत्याधुनिक प्रविधायुक्त हुनसके देशलाई धेरै प्रकारका लाभ हुन्छन् ।
संख्या घटाएर क्षमता बढाउन जे गरे पनि हुन्छ । संख्याअनुसार पुगेको छैन, स्ेट्रन्थ बढाउनु पर्छ । भूराजनीति, चुनौति हेर्दा अहिलेको संख्या ठिकै छ । फायर पावर, मोविलिटी र कम्युनिकेशन व्यापक अत्यााधुनिक बढाउन सक्ने हो भने घटाउँदा पनि फरक पर्दैन । तर शान्ति सेना र यसलाई जोड्ने हो भने पव्लिकबाट लिएर पनि व्यापक बढाउन सकिन्छ । सक्छौं आधा रेगुलर, फौज, आधा थप फौज पव्लिकबाट पनि लिन सकिन्छ, जुन जुनसुकै बेला घटाउन सकिन्छ ।
गोर्खा सेनाबाट नेपाली सेना भयौं, सुरक्षाका दृष्टिले कहाँ छौं भन्ने सम्बन्धमा जनरल भण्डारी भन्नुहुनछ– सेनामात्र हेरेर हुन्न, राजनीति सही दिशामा किन छैन भनेर बुझ्नुपर्छ । जंगी सेनाले डुबिसकेपछि उतार्ने होइन, डुब्नै नदिने हो । यसमा राजनीतिक, आर्थिक, कूटनीतिक, सामाजिक, पर्यावरण, धर्म, भाषा, संस्कृति, परम्परालगायतका थुप्रै विषय आउँछन्, जुन खलबलिएको अवस्था छ । न्यायालय, संसद, कर्मचारी, सुरक्षा निकाय विथोलिएको छ । लथालिङ्ग अवस्थामा पुगेको छ । कुनै कुनै नेताहरू चिन्ता गर्छन्, आफै बिगार्ने आफै चिन्ता गर्ने अनि नसुध्रिने ? जसले नेपालको अस्तित्वमा दख्खल दिने अवस्था आइसक्यो ।
चीन इण्डिया मिलाउन सक्छ भने त्यो नेपालले मात्र सक्छ । म भारतले बनाएको प्रधानमन्त्री भन्ने बुझाइले नेपाली नेताले आफ्नो महत्व आफै घटाइरहेका छन् । रूस युक्रेन वारमा भारत तटस्थ बस्यो, नाटोमा गएन तथापि मोदीले भारतलाई अघि बढाएका छन् । बुझ्नुपर्छ भारत कहिले पनि सुपर पावर बन्न सक्दैन ।
नेपाली नेताले सेनाको महत्व बुझ्नुपर्छ र विश्व सैनिक आधुनिक प्रविधियुक्त बनाएर अघि बढ्नु पर्छ ।