राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश छ– ‘घूष लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्’ । करीव दुई सय पचास वर्ष अघितिर बोलेका यी कुरा अहिले ठ्याक्कै उल्टो भएको छ । ‘घुस नलिने र घुस नदिने दुवै विकासका वाधक हुन्’ ।
नागरिकता बनाउनेदेखि सिफारिस लिन पनि घुस नख्वाई त हुँदै हुँदैन । तपाई सरकारी अड्डामा जानु भएको छ भने तपाईले भोग्नु भएकै होला तपाईको काम सरकारले तोकेको कागज प्रक्रिया पु¥याउँदा पनि हुन मुश्किल छ ।
ठूला घरे कान्छो, बाउको नामबाट जग्गा नामसारी गर्न मालपोत गा’को । मालपोतको ढोकैमा बसेको लेखनदासले च्याप्प समाते अनि भने के काम हो ?
ठूलाघरे कान्छो अचम्म पर्छ । र भन्छ, हाकिम भेट्न आको ?
हाकिम भेट्न आको भेट्नुस भेट्नुस् । लेखनदासले अनुहार विगार्दै भन्छ ।
किन हाकिम साप, हुनुहुन्न र ?
हुनुहुन्छ होला ? हाम्लाई के थाहा ? तपाईको हाकिम । फरक्क फर्केको लेखनदास अघि कान्छो एकटकले हेर्छ । मालपोत कार्यालयका भित्तामा टाँसिएका बडापत्र पढ्छ । ‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न’ । कान्छो दङ्ग पर्छ, जे होस अव भने देशमा गणतन्त्र आएछ । कम्तिमा भ्रष्टाचार गर्दिन गर्न दिन्न भन्ने त भएछ । मनमनै सोच्दै भित्र पसेको कान्छो दुई पन्ने कागज तेर्साउँदै फलामे झ्यालबाट सोध्छ । सर निवेदन कता पेश गर्ने होला ? भित्रबाट हेर्दै नहेरी उत्तर आउँछ । पल्लो कोठामा जानुस् ।
पल्लो कोठाको उस्तै फलामे झ्यालमा पुगेर दाहिने हात भित्र छिराउँदै कागजको निवेदन देखाउँदै कान्छो सोध्छ, सर नमस्कार । उताबाट उत्तर आउँदैन । विचरा झ्यालभित्रका कर्मचारी कम्प्यूटरमा व्यस्त छन् । फेसवुकमा च्याट गरिरहेका छन् । बेला बेलामा युट्युव र इन्स्ट्राग्राम पनि हेर्दै छन् । कान्छोको निवेदन हेर्ने फुर्सद हुँदैन ?
जेठको महिनाभित्र पंखा मज्जाले घुमिरहेको छ । तर बाहिर धेरै बेर हात भित्रै छिराएर उभिरहेको कान्छोको निधारबाट नुनिलो पसिना बगेको छ । न निवेदन हेर्छ, न जवाफ आउँछ ।
तर पनि कान्छोले कुनै हैरानी खेपेको छैन । सरकारी काम कहिले जाला घाम भन्ने उक्ति उसको मनमा छ । त्यसैले होला, विचरा कुन्नि के के को दाग भएको सेतो रङ्गले पोतिएको भित्तामा देव्रे कुम अड्याएर उभिरहन्छ, भित्रबाट कुनै जवाफ आउला कि भनेर ! बाहिर मान्छेहरू ओहोर दोहोर गरिरहेका छन् । तर झ्यालबाट फाइल बुझाउने कमै छन् । केही मानिसहरू मस्तसँग गफ चुटिरहेका छन् । ‘साला’ कहिल्यै नबन्ने भो यो देश । माल हात नपारे त कामै गर्दैनन् यार । सिस्टम सिस्टम भन्छन्, यिनीहरूको सिस्टम भनेको फर्मुला बुझ्नै गाह्रो । के भनेको, के भनेको !
तल भेटेको लेखनदास दुईचार वटा फाइल वोकेर आईरहेको छ । कान्छोलाई देख्छ र भन्छ, भेट्नु भो हाकिम सापलाई ? ऊ त्यो पल्लो कोठा हो हाकिम सापको ! नदेखेको भए मैले देखाईदिए, मुस्कुराउँदै ढोकाबाट लेखनदास पंखाको हावा खाँदै कम्प्युटरमा ‘च्याट’ गरिरहेका कर्मचारीका पुग्छ । त्यतिञ्जेलसम्म पनि कान्छोको हात भित्रै छ । ती कर्मचारीले कान्छोलाई वास्तै गर्दैनन् । लेखनदासको फाइल हेर्दै नहेरी कुन्नी के लेख्छन् र सहि गर्छन् । भरे भेटौला भन्दै लेखनदास बाहिर निस्कन्छ । ठूला घरे कान्छो ठूला ठूला कुरा सुनेको थियो, म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न कण्ठै पारेको थियो । तर उसैको काम सेतो सर्ट लगाउनेले गर्दिएन, निवेदन नै हेर्दिएन । कान्छोले विचार ग¥यो, यो त अति भो म नियममा बस्नेको निवेदन पनि नहेर्ने लेखनदासको काम सक्ने ? हाकिम कै मा जान्छु । काठको बोर्डमा प्रमुखको नामअगाडि बाहिर लेखिएको देख्छ ।
यति भएपछि कान्छो त्यही ढोकाबाट यसो मुण्टो भित्र छिराउँछ । कुर्सीमा त हाकिम होइनन् मुख पुछ्ने रूमाल मात्र छ । सोफामा बसेका केही व्यक्ति देश बनाउँछु भनेर चुनाउ जितेका नेता जस्तै कुरा गरिरहेका छन् । कान्छो जस्ता साधारण सेवाग्राही ढोकामा हाकिम कुरेर बसिरहन्छन् । ‘सिस्टम’ मिलाएर फाइल लिएर आएका व्यक्तिहरू फटाफट ढोकाको कुनाबाट मुस्कुराउँदै निस्कन्छन् ।
ठूला घरे कान्छोको मनमा खुल्दुली हुन्छ । कतै हाकिम ढोको छिड्की पारेर बसेका त छैनन् । जे पर्ला पर्ला पनि छिर्छु भन्दै फाइल वोकेर छिर्छ । हाकिमसाप दुइचार जना विचौलियासँग निकै ठट्टिएर पो बसेका रहेछन् । कान्छोले निर्भिक भएर सोध्यो ? हाकिम साप को हुनुहुन्छ ? उपरखुट्टि लगाएर बसेकाले सोधे ? किन के गर्नु प¥यो ?
कान्छोले सानले सोध्यो हाकिम बाहिर भनेर लेखिएको छ । त्यसैले सोधको । ती भलाद्मीले भने हाकिम मै हुँ । के प¥यो भन्नुस् ? के प¥यो हगेटमा भ्रष्टाचार विरोधी नारा टाँस्ने अनि काम विचौलिया राखेर गराउने ? कर्मचारी सेटिङ्गमा काम गर्ने अनि भित्र बसेर, सेवाग्राहीलाई झुक्याउने ?
हाकिमसँग बसेको व्यक्तिले कान्छोलाई भन्छ– ‘तपाईको काम के हो भन्नुस्न, मालपोतमा सिँधै काम हुन्छ ? तल जानुस् लेखनदाससँग प्रकृया मिलाएर आउनुस ?
कान्छो पनि के कम ठाडो स्वरमा भन्छन्, कहाँ के गर्न पर्छ भन्ने कुरा मलाई थाहा छ । तपाईलाई त्यही लेखनदास र यहाँ आउने विचौलियासँग समन्वय गराउने लाज छैन । सरकारले तलव दिएको यही विचौलियासँग मिल्न हो ?
कान्छोको प्रश्नले हाकिम अलि हच्किन्छन्, ल भैगो धेरै कुरा नगर्नुस् काम के प¥यो भन्नुस् । यो एउटा निवेदन दर्ता गरी प्रक्रियामा काम गर्न खोज्दा तपाईका कुनै पनि कर्मचारीले सही कुरा बताएनन् । यो कोठाबाट त्यो कोठा त्यो कोठाबाट तल विचौलिया । तपाई आफै दलालसँग मस्त ! सेवाग्राहीको काम कसरी वन्छ ? तलव खाएर पनि भ्रष्टाचार ! सेतो कपडाको साख जोगाउनु पर्नेमा अत्याचार ।
हाकिमलाई अलि पारा चलेछ क्यार ! कान्छोलाई हकार्न खोजे– सवै एउटै हुँदैनन बुझ्नु भो ? कान्छोले पनि हका¥यो– जसका कारण तलव खाईरहनु भएको छ त्यही जनतालाई सास्ती ? अव सहिन्न । सरकारी तलव, भत्ता, सवारी साधन आवश्यक सवै सेवा सुविधा सरकारी त्यसमाथि पाइलै पिच्छे घूस । खाऊ खाऊ कमिशनले देश बर्बाद बनाउ । सवै अवाक्क !