Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मासिक १ लाख नेपाली विदेशिदै, सम्वन्धित निकाय जिम्मेवार कहिले बन्ने ?

१५ शुक्रबार , असार २०८०एक बर्ष अगाडि

मासिक १ लाख नेपाली विदेशिदै, सम्वन्धित निकाय जिम्मेवार कहिले बन्ने ?

गत साउन देखि जेठ सम्मको ११ महिनामा करिब १२ लाख नेपाली विदेश गएकको सरकारी तथ्यांकले देखाएको छ । जसमध्ये रोजगारी र अध्ययनका लागि मात्रै ८ लाख ५० हजार नेपाली विदेश गएका छन् । चालु आर्थिक वर्षमा श्रमका लागि म्यानपावर कम्पनीमार्फत्‌ विदेशिएका नेपालीको संख्या सबैभन्दा बढी रहेको वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यसरी बिदेश जाने मध्यमा अधिकांश कामदार भएर खाडी मुलुक गएका तथ्यांकले देखेको छ । अघिल्लो वर्ष श्रमकै लागि ६ लाख २८ हजार नेपाली विदेशिएकोमा यो वर्ष असारको पहिलो हप्तासम्म ७ लाख तीन हजार विदेश गएको रोजगार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । यसरि विदेश जानेमा युवाहरुको संख्या धेरै छ । यो वर्षमात्रै ४ लाख ३६ हजारले पहिलोपटक श्रम स्वीकृति लिएको पनि तथ्यांकले देखाएको छ ।

नेपालबाट बिदेश जाने मध्ये संस्थागत रुपमा १ सय ११ र व्यक्तिगत पहलमा थप ६७ गरी १ सय ७८ मुलुकमा वैदेशिक रोजगारीमा गएका छन् । रोजगारीका लागि मात्रै होइन, अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या पनि ह्वातै बढेको देखिन्छ । यस वर्ष मात्रै ७१ देशमा अध्ययनका लागि १ लाख ५ हजार ९२ विद्यार्थीले अनुमति लिइसकेका छन् । यो संख्या गत वर्षको तुलनामा २५ सयले बढी हो ।

अहिले पनि दैनिक ५ सयका हाराहारीमा बिद्यार्थीहरुले वैदेशिक अध्ययन अनुमतिपत्र लिने गरेका छन् ।​ समग्रमा यो वर्ष मात्रै ११ लाख ६२ हजार ७२४ नेपाली विभिन्न प्रयोजनका लागि विदेश गएको अध्यागमन विभागको तथ्यांक देखाएको छ । यसरि दिन दुई गुणा रात चार गुणा गर्दै नेपालका दक्ष जनशक्ति विदेशिने हो भने देशको हालत के होला ? यसमा राज्यले सोच्ने बेला आएको छ ।

यसरि हेर्दा राज्यले जतिसुकै ठुला कुरा गरेपनि व्यवहारमा सुधार आएको देखिदैन । राज्यको फितलो नीतिका कारण स्वदेश भन्दा विदेश मोहमा आमनागरिक अग्रसर देखिन्छन । यसको रोकथामका बारेमा राज्यले बेलैमा नसोच्ने हो भने यसको परिणाम भयानक हुनेमा दुईमत नहोला ।