Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

आज धान दिवस मनाईदै

१५ शुक्रबार , असार २०८०एक बर्ष अगाडि

आज धान दिवस मनाईदै

२०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि मनाउना शुरु गरिएको धान दिवस आज मुलुकभर मनाइँदै छ । सोहि बमोजिम हरेक बर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

नेपाल कृषि प्रधान देश भएका र यहाका अधिकांश नागरिकको कृषि पेसामा लाग्ने भएकाले पनि धान दिवसको महत्व हुने गरेको हो । आज अधिकांश किसानहरु खेतमा काम गरी दही चिउरा खाएर असार १५ अर्थात धान दिवस मनाइ रहेका छन् ।

मध्य गर्मीको यो समयमा धान रोपाई संगै युवा-युवतीहरु खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्दै असार १५ लाई धुमधामका साथ मनाउने गर्दछन भने कतिले असारे गित समेत गाउने गर्दछन ।

यसरि कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्दछन । दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास समेत गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा समेत मनाउने प्रचलन रहेको छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँद छन् ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्दक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने समेत बताइएको छ ।