Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मुग्लिन–नारायणगढ सडकमा पहिरो यातायात ठप्प

१५ शुक्रबार , असार २०८०एक बर्ष अगाडि

मुग्लिन–नारायणगढ सडकमा पहिरो यातायात ठप्प

मुग्लिन–नारायणगढ सडक खण्ड हिजोदेखि झरेको पहिरोका कारण अवरुद्ध भएको छ । हिजो साँझदेखि पहिरो पन्छाउन शुरु गरिएको भएपनि राति फेरि लेदो र ढुंगा झरेका कारण यातायात आगमन ठप्प भएको हो ।

हिजो दिउँसो पहिरो रोकिएपछि पन्छाउन थालिएको तर राति फेरी पानी परेपछि झरेको पहिरोको कारण यातायात दुवैतर्फ चलन नसक्दा सवारी साधनको लामो लाइन लागेको मुग्लिनस्थित इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पूर्वबाट आएका र जाने ठूला सवारी साधनलाई त्रिभुवन राजपथअन्तर्गत नौबिसे–पालुङ–भैंसे–हेटौंडा भएर आवतजावत गर्न भनिएको छ । राजमार्गस्थित ३ नम्बर पुलमा गएको पहिरो पन्छाउन सहज नभएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो ।

इलाका प्रहरी कार्यालयका अनुसार साना सवारी साधनहरुलाई चित्लाङ–कुलेखानी–भीमफेदी–भैंसे–हेटौंडाको मार्ग प्रयोग गर्न र पश्चिमतर्फका सवारी साधनलाई पोखरा हुँदै बुटवल निस्कने वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको बताईएको छ ।