मुस्लिमहरुको दोश्रो ठुलो पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन् । मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर महान् पर्व बकर इद मनाउन लागेका हुन् ।
आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा सामुहिक नमाज पढेर मनाउने यो बकर इद पर्व इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा मनाइने गरिन्छ । यस अवसरमा मुस्लिम धर्मावलम्बीहरुले सामूहिक नमाज पढेर शुभकामना आदानप्रदान गर्ने गर्दछन ।
काठमाडौँको जामे मस्जिदमामा आज बिहानै देखि नमाज पढ्नेको घुईचो देखिन्थ्यो । इस्लाम धर्मावलम्बीहरूले जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढ्नुका साथै शुभकामना आदानप्रदान समेत गरेका छन् ।
मुस्लिम समुदायको बकर इद पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।