साउदी अरबको जेद्दा स्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली हानाहान भएको छ । कारमा आएका आक्रमणकारीले गोलि चलाएपछी त्यहाँका सुरक्षा गार्डले प्रतिकार गर्दा गोलि हानाहान भएको हो ।
जेद्दा स्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु भएको बतईएको छ । मृत्यु हुनेमा एक जना आक्रमणकारी र अर्का एकजना नेपाली सुरक्षा गार्ड भएको बताईएको छ ।
हतियारसहित कारमा आएका आक्रमणकारीले नेपाली सुरक्षा गार्डमाथि गोलि प्रहार गरेका थिए । गोलि प्रहार भएपछी नेपाली सुरक्षा गार्डले प्रतिकार गर्दा दुबै जनाको मृत्यु भएको बताईएको छ ।
यसअघि पनि उक्त वाणिज्य दूतावास बाहिर सन् २०१६ मा पनि विष्फोट गराइएको थियो भने सन् २००४ मा भएको आक्रमणमा ४ साउदी सुरक्षाकर्मी र ५ जना दुतावासमा काम गर्ने स्थानीय कर्मचारीको मृत्यु भएको थियो । गोली प्रहारबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।