Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

एसिसी यू–१६ इस्टर्न जोन कपमा नेपालको विजयी सुरुवात

१५ शुक्रबार , असार २०८०एक बर्ष अगाडि

एसिसी यू–१६ इस्टर्न जोन कपमा नेपालको विजयी सुरुवात

मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा थाइल्याण्डलाई २ सय २५ रनले हराउँदै नेपालले विजयी सुरुवात संगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ ।

दोस्रो खेलमा नेपालले दिएको २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो । लगातार दोस्रो हार बेहोरेको थाईल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ । थाईल्याण्डको तर्फबाट ईशान बनर्जीले १६ र दानुफोन फुआंग्योटपिनिटले १३ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेन ।

त्यस्तै नेपालका तर्फबाट स्पिनर सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए । उनले ३।२ ओभरमा एक मेडनसहित ८ रन दिएर ५ विकेट हात पारे । त्यस्तै, अशोक धामीले ३ र कप्तान अभिषेक तिवारीले २ विकेट लिएका थिए ।

त्यसअघि बांगीस्थित ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन बनायो । नेपालका लागि निरजकुमार यादव र नरेन भट्टले अर्धशतकीय पारी खेले । ४३ बलको सामना गरेका निरजले ७ चौका र ६ छक्कासहित ७४ रन बनाए । उनले २१ बलमै अर्धशतक पूरा गरेका थिए ।

त्यस्तै निरजले ४० रन बनाएका सूर्यांशु कोइरालासँग पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । यस्तै, नरेनले ४२ बलमा ५ चौकासहित अविजित ५४ रनको इनिङ खेले । सन्तोष यादवले ४२, कप्तान अभिषेक तिवारीले १४ र विकेटकिपर आशिष लुहारले १३ रनको योगदान दिए ।

प्रतियोगितामा नेपालले दोस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सातवटा राष्ट्र सम्मिलित यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । समूह ‘ए’ मा नेपालसहित मलेसिया र थाइल्याण्ड रहेका छन् भने समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया रहेका छन् ।