कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आवेदन माग गरेको छ । नतिजा सार्वजनिक गर्न इच्छुक सस्थाहरूलाई एसएमएस, आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न असार १२ गतेभित्र आवेदन दिन माग गरेको हो ।
आफुले जानकारी दिन चाहेको सेवाको विवरण खोलेर संस्था वा कम्पनीले आवेदन दिनसक्ने बताईएको छ । नतिजा प्रकाशनका लागि एसएमएसबाट सूचना दिन ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार, एसएमएस, आइभीआर र वेबसाइट सेवाका लागि एक लाख रूपैयाँ राजश्व बुझाउनुपर्ने सूचना मार्फत जानकारी दिइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको नतिजा प्रकाशित गरेपछि मात्रै नतिजा सम्बन्धी विवरण उनीहरूलाई प्रदान गरिने र सोही आधारमा प्रकाशन गर्नुपर्ने पनि सुचनामा जनाईएको छ ।