गत हप्तादेखि प्रवेश गरेको मनसुनका कारण देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव परेको छ । मनसुनको प्रभाव परेको देशको भूभाग बहेको बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी, स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण हाल देशभर आंशिक देखि सामान्य बदली भईरहेको छ । कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा समेत भइरहेको महाशाखाले जनाएको छ ।
आज दिनभरी देशभर आंशिक देखि सामान्य बदली रहने बताईएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
राति कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जानकारी दिएको छ ।