Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पोखरामा चीनको सिचुआन एअरलाइन्स अवतरण

०५ मंगलबार , असार २०८०एक बर्ष अगाडि

आज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमान सफल अवतरण गरेको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ जनवरी १ तारिकबाट सञ्चालनमा आएको उक्त विमानस्थलमा चीनको छेन्दु–तियान्फु विमानस्थलबाट पहिलो उडान भरेको हो ।

चीनको सिचुआन प्रान्तको छन्तुबाट आएको सिचुआन एअरलाइन्सको चार्टर उडानले १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेत सोही विमानमा पोखरामा विमानस्थलमा अवतरण गरेका छन् ।

आगामी शुक्रबार र शनिबार पोखरामा ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रयागन बोट फेस्टिभल’ हुँदैछ । त्यसैको लागि छन्तुबाट पोखरा विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले चार्टर्ड उडान गरेको बताईएको छ । उक्त उडान मार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रुलाई पर्यटनमन्त्री सुदन किरातीलगायतले स्वागत गरेका छन् ।