Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

महानगरपालिकाले ११ महिनामा ८ अर्ब राजस्व सङ्कलन गर्‍यो

०५ मंगलबार , असार २०८०एक बर्ष अगाडि

 

चालु आर्थिक वर्षको ११ महिनामा काठमाडौँ महानगरपालिकाले ८ अर्ब रूपैयाँ राजस्व सङ्कलन गरेको छ । आव २०७९/८० को ११ महिनामा आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी ८ अर्ब २९ करोड ९५ लाख ५९ हजार २७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागले जानकारी दिएको छ । यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशत मात्रै हो ।

महानगरपालिकाले चालु आ.व.का लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो । यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको जनाएको छ ।  राजस्व सङ्कलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ महानगरपालिका ४ अर्ब ८५ करोड रूपैयाँ आन्तरिक आयको राजस्व लक्ष्यमध्ये ४ अर्ब ७७ करोड रूपैयाँ उठाएको हो ।

विभागका अनुसार आव २०७८/७९ मा महानगरले ३ अर्ब ७२ करोड रूपैयाँमात्रै आन्तरिक आय सङ्कलन गरेको थियो । महानगरपालिकाले आन्तरिक आयतर्फ घरबहाल करमा १ अर्ब ९२ करोड १२ लाख ८० रूपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आ.व.मा महानगरपालिकाले यो शीर्षकमा २ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । त्यसैगरी सम्पत्ति करमा आवको भन्दा १२ करोड रूपैयाँ बढी ९१ करोड ३३ लाख रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।

महानगरलाई राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँट भएर आउने रकमले असर परेको बताईएको छ । महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वबाट १ अर्ब ५५ करोड ८९ लाख रूपैयाँ जम्मा गरेको छ । राजस्व बाँडफाँट पाउनुपर्नेमा महानगरपालिकालाई प्राप्त भएको अघिल्लो आ.व.को भन्दा झन्डै १ अर्ब रूपैयाँले कमी भएको देखिन्छ । गत आव २०७८/७९ मा राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम १ अर्ब ७५ करोड ५४ लाख रूपैयाँ थियो ।

गत आवमा २ अर्ब ५८ करोड २५ लाख रूपैयाँ राजस्व बाँडफाँटबाट आउने रकम लक्ष्य राखेकामा जेठ मसान्तसम्म २ अर्ब ७५ करोड ५४ लाख रूपैयाँ अर्थात् १०६ प्रतिशत बाँडफाँट भएको थियो । तर चालु आव ३ अर्ब ४१ करोड ३१ लाख लक्ष्य राखेकामा १ अर्ब ५५ करोड ८९ लाख रूपैयाँमात्रै उठेको हो ।

महानगरपालिकाको राजस्व विभागका अनुसार चालु आवको राजस्वको लक्ष्य भेटन् नसक्नुमा महानगरलाई प्राप्त हुने राजस्व बाँडफाँट भएको विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिएका छन्  ।