भारतमा हुन लागेको १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपाल कुवेतसँग भिड्दै छ । आज भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा हुने खेलमा नेपाल कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
बुधबार भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा उद्घाटन हुने खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने छ । उक्त उदघाटन खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।
भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा साफका ६ र २ आमन्त्रित राष्ट्र गरी ८ टोली सहभागी हुनेछ । साफ च्याम्पियनसिपको पहिलो संस्करणदेखि नै खेल्दै आएको नेपालले हालसम्म एक पटक उपविजेता बनेको छ ।
समूह ए मा नेपाल र कुवेतसँगै आयोजक राष्ट्र भारत र पाकिस्तान छन् । बुधबार नेपाल र कुवेतको खेल सकिएपछी राति ७:४५ बजे पाकिस्तान र भारतबीच दोस्रो खेल हुने बताईएको छ ।