Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पहिलोपटक पोखरामा अन्तर्राष्ट्रिय विमान अवतरण गर्ने

०५ मंगलबार , असार २०८०एक बर्ष अगाडि

२०८० असार ६ गते बुधबार पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण गर्ने भएको छ । चीनको छेन्दुबाट उडेको सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको हो । 

चीनको छेन्दुबाट उडेको उक्त जहाज ९ बजेर २५ मिनेटमा पोखरामा अवतरण गर्ने तयारी रहेको छ । अवतरण पछी १ घण्टा पोखरामै अडिने बताईएकोछ । पोखराबाट काठमाडौँ उड्ने र काठमाडौँबाट पुनः चीन फर्किनेछ ।

पोखरामा बिहीबारदेखि हुने नेपाल–चीन ड्रागन बोट रेस फेष्टिभलमा आफ्ना खेलाडी ल्याउन सिचुवानले न्यारोबडी ३१९ चार्टर्ड गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिचुवानलाई उडान अनुमति दिएको बताईएको छ ।सिचुवानमा नेपालबाट गएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहित उच्च पदस्थ अधिकारीहरू र चिनियाँ खेलाडीहरू पोखरा आउने कार्यक्रम रहेको छ । जहाजमा १ सय ३० जना यात्रु आउने बताईएको छ ।

गत २०२३ जनवरी १ तारिखका दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । चार्टर्ड जहाज आउने भएपनि त्यसपछि पनि नियमित उडान भने अझै अन्योलमै रहेको बताईएको छ ।