Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बालेनको निर्णयले दोलखामा प्रभाव, यातायात ठप्प

०३ आइतबार , असार २०८०एक बर्ष अगाडि

काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट मात्र  बससेवा सञ्चालन गर्नुपर्ने नियम लगाएपछि दोलखामा सार्वजनिक यातायात प्रभावित भएको छ । नयाँ बसपार्कबाट बससेवा सञ्चालन गर्ने कि नगर्ने भन्ने बिषयमा पूर्वअरनिको र रोल्वालिङ यातायातबीचको विवाद बढेपछि सार्वजनिक यातायात प्रभावित भएको हो । 

दुई वटा पूर्वअरनिको र रोल्वालिङ यातायात सेवाबीच बढेको विवादका कारण दोलखामा सार्वजनिक यातायात ठप्प भएका छन् । दुवै यातायात व्यवसायी र मजदुरहरु एक अर्काको प्रतिकार गर्दै आन्दोलनमा उत्रिएपछि अवस्था तनावपूर्ण भएको बताइएको छ ।

सोमबार बिहानैबाट दोलखामा पूर्व अरनिको यातायातका बस र सुमो सञ्चालनमा अवरोध गरेर यातायात व्यवसायी र मजदुर आन्दोलनमा उत्रेका छन् । आन्दोलनलाई मध्यनजर गर्दै दोलखाको सदरमुकाम चरिकोटमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नयाँ बसपार्कबाट अनिवार्य बस सञ्चालन गर्नुपर्ने नियम लगाएपछि रोल्वालिङ यातायातले नयाँ काउन्टर खोलेको थियो । तर, पूर्व अरनिको यातायातले नयाँ बसपार्कबाट यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ । दुवै यातायातका मजदुरबीच पटक पटक झडपको अवस्था सिर्जना भएको छ भने लामो तथा छोटो दुरीका यातायात ठप्प हुँदा यात्रु मारमा परेका छन् ।

काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट मात्र  बससेवा सञ्चालन गर्नुपर्ने बताएपछि रोल्वालिङ यातायातले सेवा सञ्चालन गर्ने र पूर्वअरनिको यातायातले नयाँ बसपार्कबाट यातायात सञ्चालन नगर्ने निर्णय गरेपछि दोलखामा दुई यातायात ब्यबसायी बिच बिबाद शुरु भएको हो ।