Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कालिमाटीमा ३० हजार किलो गोलभेडा फ्याँकियो

०३ आइतबार , असार २०८०एक बर्ष अगाडि

तरकारी तथा फलफूलको ब्यापारिक स्थल  कालीमाटीमा तरकारी बजारका व्यापारीहरूले उचित मूल्य नपाएको भन्दै ३० हजार किलो गोलभेँडा सडकमा फ्याँकेका छन् । उनीहरुले बजारमा गोलभेडा खपत हुन छाडेको भन्दै गोलभेँडा फ्याँकेका हुन् ।

कालीमाटी थोक तथा खुद्रा बजार समितिकाअनुसार किसान र व्यापारीहरूले आइतबार बिहान करिब ३० हजार किलो गोलभेँडा सडकमा फ्याँकेको बताएको छ । कालीमाटी बजार विकास समितिले आइतबारका लागि सानो गोलभेँडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ ।

काठमाडौँमा खुद्रा बजारमा प्रतिकिलो न्यूनतम २५ देखि ३० रुपैयाँसम्म गोलभेँडा बिक्री भइरहेको छ । बजारमा गोलभेडाको मुल्य कम भएपछी मूल्य बढाउन यसो गरिएको कालीमाटीकै केही तरकारी व्यापारीहरूले आशंका गरेका छन् ।

यता गोलभेँडा फ्याँकेका व्यापारीहरूले भएन किलोको ४ रुपैयाँमा पनि गोलभेँडा बिक्री नभएको कारण गोलभेडा फ्याँक्नु परेको दाबी गरेका छन् ।