जिम्बाबेमा योजना हुने आइसीसी क्रिकेट विश्वकप क्वालिफायर आजदेखि सुरु हुने भएको छ । आज उद्घाटन खेलमा नेपाल र आयोजक जिम्बाबेको प्रतिस्पर्धा गर्दै छन् ।
नेपाली समय अनुसार अपराह्न १२:४५ बजेदेखि खेल सुरु हुनेछ । त्यस्तै अपराह्न १२:४५ बजेकै समयमा समूह ए मा रहेका अमेरिका र वेस्टइन्डिज पनि खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेल असार ५ मा अमेरिका र असार ७ मा वेस्टइन्डिजसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्ने तालिका रहेको छ ।
यसअघि नेपालले दक्षिण अफ्रिका र जिम्बाबे पुगेर दुई/दुई अभ्यास खेल खेलेको मध्ये तीन खेलमा हार र अन्तिम एक खेलमा ओमानविरुद्ध जित हासिल गरेको थियो । विश्वकप क्वालिफायर खेल्ने १० देशलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् भने समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।
दुवै समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन ।
खेलको अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । प्रतियोगिता असार ३ गते देखि २४ गतेसम्म जिम्बाबेमा हुनेछ ।