Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने सडक अवरुद्ध

३१ बुधबार , जेठ २०८०एक बर्ष अगाडि

मनसुन भित्रिएसंगै परेको वर्षाका कारण पहिरो खस्दा हेटौँडा देखि काठमाडौँ जोड्ने दुई सडक खण्ड अवरुद्ध भएका छन् । हेटौँडा काठमाडौँ जोड्ने कान्तिलोक पथ र हेटौँडा कुलेखानी सिस्नेरी सडक अवरुद्ध भएको हो ।

बुधवार राती परेको वर्षाको कारण कान्तिलोक पथ अन्तर्गतको ललितपुरको भट्टे डाँडामा पहिरो खसेको छ । पहिरोको कारण सडक अवरुद्ध भएको छ भने केही सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

सडकमा पहिरो खस्दा हेटौँडाबाट काठमाडौँ जोड्ने हेटौँडा कुलेखानी सिस्नेरी सडक खण्ड अवरुद्ध भई यातायात सेवा बन्द भएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ सिस्नेरीमा बिहीबार बिहान ५ बजेको समयमा पहिरो खसेको हो  ।

सडक अवरुद्ध हुँदा काठमाडौँ हेटौँडा आवतजावत गर्नै सवारी साधनहरू बाटोमै रोकिएकाले सडक खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाए लगत्तै सडक सञ्चालनमा ल्याइने प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताएका छन् ।  साथै उनले हेटौँडाबाट काठमाडौँ आवत जावतका लागि वैकल्पिक सडकको प्रयोग गर्न समेत आग्रह गरेका छन् ।